काठमाडौं, फागुन ८ । प्रस्तावित देवानी कानुनमा पत्नीले परपुरुषसँग वा पतिले परस्त्रीसँग यौन सम्बन्ध राखे पतिपत्नीबीच सम्बन्ध बिच्छेद गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसै गरि पतिले पत्नीको इच्छा बिना जबर्जस्ती करणी गरेमा समेत पत्नीले पतिसँग सम्बन्धविच्छेद गर्नसक्ने प्रस्ताव देवानी कानूनमा गरिएको छ । अाजको गाेरखापत्रमा समाचार छ ।
पतिले जाँड रक्सीको मातमा पत्नीलाई दुःख दिने र पत्नीको इच्छा नहुँदा पनि जबर्जस्ती यौन सम्पर्क गर्ने गरेका घटना सञ्चारमाध्यमहरुमा धेरै हुने गरेकोले यस्तो कानुनको व्यवस्था गरिएको सांसदहरुको भनाई छ ।
सम्बन्ध विच्छेदसम्बन्धी यो व्यवस्थामा पत्नीका लागि सम्बन्ध विच्छेद गर्न सक्ने छवटा व्यवस्था उल्लेख गरिएको छ भने पतिले पत्नीको मन्जुरीबिना पनि सम्वन्ध विच्छेद गर्नसक्ने चारवटा कारण प्रस्ताव गरेको छ ।



No comments