Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » मलेसियामा आत्महत्या गर्न खोज्ने एक नेपालीलार्इ पानीको फोहोरा हानेर बचाइयो
«
Next
Newer Post
»
Previous
Older Post

क्वालालम्पुर माघ २१ । मलेसियाको जोहरबारुमा रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेका एक नेपालीलाई अग्नि नियन्त्रकहरुले बचाएका छन् ।
पीडित नेपाली नागरिक भएको र उनी २० वर्षको भएको खुलेको छ । स्थानीय संचारमाध्यम अनुसार उनले ७.६२ मिटर अग्लो कटहरको रुखबाट हाम फालेर आत्महत्या गर्न खोजेको जनाएका छन् ।
सर्वसाधारणले खबर गरेपछि जोहरबारु फायर स्टेशनबाट टोली पुगेको थियो । अग्नि नियन्त्रकको टोली पुग्दा युवक अर्धनग्न अवस्थामा रुखको टुप्पोमा थिए ।
अग्नि नियन्त्रकहरुले तत्काल भूईमा एयर कुशन विच्छ्याए त्यसपछि रुखको टुप्पोमा रहेका युवकलाई पानीको पोहोरा हानेर कुशनमाथि खसाइयो ।
नेपाली युवकको उद्धारका लागि १४ जना अग्नि नियन्त्रक खटिएका थिए । यति गर्न  उनीहरुलाई झण्डै एक घन्टा लागेको थियो ।
जोहरबारु फायर स्टेशनका प्रवक्ताले आत्महत्या गर्न खोज्ने नेपाली युवक मानसिक सन्तुलन गुमाएको हुन सक्ने बताए ।
मलेसियामा पछिल्लो समयमा नेपालीहरुको आत्महत्यका घटना बढिरहेका छन् । सन् २०१५ मा करिव ४१५ जना नेपालीले मलेसियामा ज्यान गुमाएका थिए । जसमध्ये थुप्रै आत्महत्या गर्नेहरु पनि थिए ।
ठूलो सपना बोकेर बैदेशिक रोजगारीमा गएका श्रमिकहरु भनेजस्तो आम्दानी नहुँदा निराश बन्दै आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply