Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल !
«
Next
Newer Post
»
Previous
Older Post

आफुलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै इटालीका एकजना पुरुषले आफ्नै श्रीमती विरुद्ध त्यहाको अदालतमा मुद्धा हाले । यदि उनको अभियोग प्रमाणित भयो भने उनकी श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ ।
घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले मुद्धा हालेका हुन् । उनले आफ्नी श्रीमती विरुद्ध दिएको फिरादपत्रमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको पछिल्लो दुइ वर्षसम्म जारी रहेको उल्लेख छ ।
साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफु निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । आफुले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरेपनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ ।
उनको अर्को आरोप झनै गम्भीर छ । आफु श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा लात्ताले हिर्काएर घचेटेको उनको गुनासो छ ।
यो अनौठो लाग्ने मुद्धाको पेशी आगामी अक्टोबर १२ मा तोकिएको छ र वादीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जेल सजायँ हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply