२७ माघ, विराटनगर । मधेसी मोर्चाका नेता एवं तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको विदेभ अन्त्य नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
विभेद अन्त्य नहुँदासम्म आन्दोलन गर्ने भन्दै उनले राज्यलाई झुकाएरै छाड्ने बताए ।
तमलोपा अध्यक्ष ठाकुरले सीमांकन आफूहरुको मुख्य माग भएको बताए । यसबारे कार्यदल स्तरमा समेत सहमति खोज्न सकिने उनको भनाइ थियो ।
सञ्चारकर्मीको प्रश्नमा नेता ठाकुरले मधेसी मोर्चाको विधान विपरितको गतिविधि गरेकाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई सचेत गराएको बताए ।



No comments