Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» »Unlabelled » एयर काष्ठमण्डपका पाइलट र को-पाइलटलाई सहिद घोषणा गर्न माग
«
Next
Newer Post
»
Previous
Older Post

कालिकोट । कालिकोट उद्योग वाणिज्य संघले एयर काष्ठमण्डपको विमान दुर्घटनामा मृत्यु भएका पाइलट र को-पाइलटलाई सहिद घोषणा गर्न  माग गरेको छ ।

जुम्लाका लागि नेपालगञ्जबाट उडेको उक्त विमान शुक्रबार कालीकोटमा दुर्घटना हुँदा पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानाको मृत्यु भएको थियो । विमानमा सवार नौ यात्रुहरु सकुशल रहे ।

आइतबार कालीकोट उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै आफू मरेर पनि यात्रुहरुलाई जोगाउन सफल पाइलट न्यौपाने र को-पाइलट रानालाई सहिद घोषणा गर्न माग गरेको हो ।

संघका अध्यक्ष सुर्यबहादुर शाहीसहितको टोलीले बुझाएको ४ बुँदे ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘आफ्नो ज्यानको प्रवाह नगरी अरुको ज्यान बचाएर आफ्नो ज्यानको आहुति दिने पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानालाई सहिद घोषणा गर्न पहलका लागि माग गर्दछौं ।’

यसैगरी मृतक र घाइतेहरुलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घटना छानबिन गर्न स्थानीयस्तरमा समिति बनाउन पनि माग गरिएको छ ।

उद्योग वाणिज्य संघको टोलीसँग प्रमुख जिल्ला अधिकारी श्रेष्ठले केन्द्रमा विज्ञसहितको छानविन आयोग बनिसकेकाले स्थानीयस्तरमा अर्को समिति गठन गर्नु औचित्य नहुने जवाफ दिएका थिए । उनले अन्य मागहरु जायज भएकाले पर्यटन र गृहमन्त्रालयमा पठाइदिने बताएका थिए ।

दुर्घटनामा मृत्यु भएका पाइलट न्यौपानेको आइतबार अन्तेष्टि गरिएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply