दक्षिण कोरिया र जापानले उत्तर कोरियामा परमाणु परीक्षण गरेपछि ५.१ म्याग्निच्यूडको भूकम्प आएको दाबी गरेका छन् ।
जुन स्थानमा भूकम्पको केन्द्रबिन्दु थियो, त्यसको नजिकै उत्तर कोरियाको परमाणु केन्द्र हो । भूकम्प गएपछि चीन र जापानले उत्तर कोरियामा परमाणु परीक्षण भएको बताएका हुन् ।
यो परीक्षणबारेमा उत्तर कोरियाको तर्फबाट चाँडै नै केही घोषणा हुन सक्ने आकलन गरिएको छ । यदि दुई देशले दाबी गरेजस्तै यो कुरा सत्य सावित भयो भने उत्तर कोरियाले यो तेस्रो पटक परमाणु बम परीक्षण गरेको हुनेछ ।
दक्षिण कोरियाको सरकारी समाचार एजेन्सीका अनुसार उनको देशमा आपतकालिन मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सन् २००६ देखि यता उत्तर कोरियाले पुनगेई-री परीक्षणस्थलमा तीन पटक भूमिगत परमाणु परीक्षण गरिसकेको छ ।
अमेरिकी भूगर्भ विभागको सर्भे अनुसार बुधबार गएको भूकम्पको धक्का पुनगेई-रीबा ५० किलोमिटरको दुरीमा जमिनबाट १० किलोमिटमुनि रेकर्ड गरिएको छ ।
जापान सरकारले पनि उत्तर कोरियामा बुधबार गएको भूकम्प परमाणु परीक्षणको नतिजा भएको जनाएको छ ।
सरकारका शीर्ष प्रवक्ता र मूख्य सचिव योशिहिदे सुगाले भने, 'विगतका मामिला हेर्ने हो भने अहिले पनि उत्तर कोरियाले परमाणु परीक्षण गरेको अनुमानलाई पुष्टि गर्न सकिन्छ ।'
No comments