Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » बलिउड नायिकाको ‘स्कीन सर्जरी’का लागि नेपाली चेली बेचिएको आशंका
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं,  । बलिउड नायिकाहरुको छाला प्रत्यारोपणका लागि पनि नेपाली किशोरीहरुको त्यस तर्फ बेचबिखन हुन थालेको आशंका गरिएको छ ।
केही भारतीय पत्रकारहरुले बेचबिखनविरुद्ध क्रियाशिल नेपाली अधिकारकर्मीहरुसँग उक्त मामला बारे जिज्ञासा राखेपछि नेपाली चेलीहरुको छाला अन्य मुलुकमा सर्जरीका लागि प्रयोग हुन थालेको समेत आशंका गरिएको छ ।
मावन बेचबिखनविरुद्ध क्रियाशिल शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले भनिन्, ‘हामीले यस्तो घटना अहिलेसम्म  फेला पारेका थिएनौ तर केही भारतीय पत्रकारले हामीलाई यसबारे सोधेपछि हामी गम्भिर भएका छौं,’  ‘यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।’
बलिउड नायिकाहरुको स्कीन सर्जरी र प्रत्यारोपणको प्रयोजनका लागि समेत दलालहरुले नेपाली चेलीहरुलाई बिभिन्न प्रलोभनमा पारेर दोस्रो मुलुक लैजाने गरेको हुनसक्ने दनुवारले बताइन् ।
किशोरीहरुको छाला कोमल र राम्रो हुने भएकाले धनाड्य महिलाले आफूलाई सधैं सुन्दर देखाउन यस्ता प्रयोग गर्ने गरेको विज्ञहरुले पनि बताएका छन् । ‘कतिपय ठाउँमा यस्तो स्कीन सर्जरी गरेको पाइएको छ,’ छालारोग विशेषज्ञ डा. निलम ठाकुरले भनिन् ।

शक्ति समूहका अनुसार पछिल्लो समय महिला बेचबिखनको शैली फेरिएकाले बेचबिखन नियन्त्रण अभियान झनै चुनौतिपूर्ण बनेको छ । सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा शक्ति समूहकी अध्यक्ष दनुवारले भनिन्, ‘विदेशीसँग विहे, गोवा, तेस्रा मुलुकका क्यासिनो तथा बार, सेरोगेसी मदर जस्ता प्रक्रिया र ठाउँ बेचबिखनका नयाँ गन्तव्य बनेका छन् ।
पछिल्लो समय काठमाडौंका डान्स बार र क्याबिनबाट हराइरहेका किशोरी तथा युवतीहरु भारतको गोवाका क्यासिनो तथा डान्सबारहरुमा भेटिएका छन् । त्यहाँ उनीहरुलाई यौन बजारमा बेचिएको छ ।
त्यस्तै भूकम्प अगाडि चीनको खासा र ल्हासामा पनि नेपाली चेलीहरु पुर्‍याइएका थिए । ‘उनीहरुलाई त्यहाँ यौन प्रयोजनका लागि दलालले लगेका हुन्,’ शक्ति समूहले भनेको छ ।
म्यारिज व्यूरोहरुमार्फत कोरियन तथा चिनियासँग बिहे गराएर लैजाने र उता लगेपछि हिंसामा पार्ने अन्तर्राष्ट्रिय गिरोह पनि नेपालमा बलियो बन्दै गएको प्रहरीको अपराध अनुसन्धान व्यूरोले जनाएको छ ।
बेचबिखनका नयाँ शैलीको अध्ययन गरिरहेकी दनुवारले भनिन्, ‘अहिले ठमेल चेलिबेटी बेचबिखनको ट्रान्जिट बनेको छ । त्यहाँ लगेर केही महिना डान्स सिकाउने र त्यसपछि पर्यटक भिसामा तेस्रो मुलुकका डान्स बार तथा मसाज सेन्टरमा पुर्‍याउने ठूलो गिरोह छ । वास्तवमा महिला बेचबिखन अहिले नेटवर्क बिजनेशका रुपमा फस्टाएको छ ।’
शक्ति समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ - भूकम्प प्रभावित जिल्लाका ७ सय किशोरीहरु बेचबिखनको जोखिममा रहेको तथ्यांक समेत शक्ति समूहले सार्वजनिक गरेको छ । ‘यसका लागि मिडियाले चेतना जगाउनुको विकल्प छैन,’ 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply