Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नेपाललाई नहेपन भारतीय कम्युनिष्ट पार्टीले प्रधानमन्त्री मोदीलाई भन्यो-
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, कात्तिक २० । भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले नेपालप्रति लिएको नीतिलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको कडा आलोचना गरेको छ । उसले बतायो मोदी सरकारले नेपालप्रति हेपाहा नीति लिएको छ ।
सम्पादकीय नै लेखेर कम्युनिष्ट पार्टीले ‘पिपुल्स डेमोक्रेसी’मा  मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालका मधेसी दलहरुलाई सहयोग गरेको बताएको छ ।
उसले लेखेको छ, ‘नरेन्द्र मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालसँगको सुमधुर सम्बन्ध बिगार्ने गरी मधेसीलाई समर्थन गरेका छन्, जो बिहारको सीमा क्षेत्रमा छन् ।’
‘नेपाललाई चीनतिर जान बाध्य पारिएको छ र चीनबाट एक हजार मेटि्रक टन पेट्रोल ल्याउन सम्झौता भएको छ, भारतको नाकाबन्दीविरुद्ध असन्तुष्टि जनाउन नेपालका परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघ गएका छन् । सार्कका अधिकांश देशले नेपाली जनतामाथि लादिएको नाकाबन्दीबारे चासो व्यक्त गरेका छन्’ सम्पादकीयमा भनिएको छ ।
भारतीय कम्युनिष्ट पार्टी सन् २००४ को चुनावपछि कांग्रेस आईसँगको गठवन्धन सरकारमा सामेल थियो । सो पार्टीका महासचिव प्रकाश करात र नेता सीताराम यचुरी लगायतका नेताले नेपालको शान्ति प्रकृयामा सहजीकरणको भूमिका खेलेका थिए ।
भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव एवं पिपुल्स डेमोक्रेसीका सम्पादक सीताराम येचुरी नेपालमा लोकप्रिय छन् । नेपालको माओवादीलाई राजनीतिको मुलधारमा ल्याउन उनले पनि भूमिका खेलेका थिए ।
पिपुल्स डेमोक्रेसीले केही परराष्ट्रविदहरुसँग पनि कुराकानी गरेको छ, जसले भारतका कारण नेपाल चीनतर्फ ढल्किएको भन्दै चिन्ता जनाएका छन् । पछिल्लो दिनमा भारतीय नागरिक समाजले मोदी सरकारको गलत विदेश नीतिका कारण नेपालमा भारतविरुद्ध जनमत बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
भारतका पूर्वन्यायाधीश, पत्रकार तथा राजनीतिक दलका नेताहरुले नेपालसँग हेपाहा व्यवहार नगर्न सरकारलाई आग्रह गर्दै आएका छन् ।
नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले झण्डै दुई महिनायता नेपालमा नाकाबन्दी लगाउँदै आएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply