२० वर्षदेखि स्टेज कार्यक्रममा ब्यस्त छन् हाँस्य कलाकार जीतु नेपाल । स्वदेश र विदेशमा गरेर ३ हजार बढी पटक दर्शकलाई हँसाइसकेका छन् । उनले धेरै मान्छेका विषयमा ब्यङ्ग्य गरेका छन् । लाग्छ, अब नाम चलेका कोही ब्यक्ति उनको ब्यङ्ग्यबाट अछुतो छैनन् ।
सार्वजनिक छवि भएका ब्यक्तिका कमी कमजोरीलाई ब्यङ्ग्यात्क रुपमा प्रस्तुत गर्दा दर्शक खुसी हुन्छन् भन्ने उनलाई लाग्छ । तर, दर्शकलाई खुसी बनाउन सजिलो नभएको उनको भनाई छ । अनलाइनखबरले सुरु गरेको ‘हसाउँदाका दुःख’ स्तम्भमा उनले आफ्नो अनुभव यसरी शेयर गरे ।
२. विदेशमा कार्यक्रम गर्दा साउण्डले निकै ठूलो समस्या आउँछ । भर्खरै अमेरिकाको न्यू भेन्चरमा पनि त्यस्तै भयो । इको साउण्ड रहेछ, मैले बोलेको आवाज मै तिर फर्कियो ।
यसो दर्शकलाई हेरें, उनीहरुले पनि रेस्पोन्स नगरे जस्तो लाग्यो । मैले बोलेको सुनिएको छ की छैन भनेर सोध्न मिल्ने अवस्था पनि थिएन । निकै छोटो प्रस्तुति दिएँ र स्टेजवाट ओर्लिए । स्टेजवाट झरेपछि पो थाह पाएँ दर्शक त वान्समोर भनिरहेका रहेछन् ।
३. रेडियो अडियोको कार्यक्रम थियो । याक यण्ड यति होटलमा मैले स्टेज प्रस्तुती दिनुपर्ने थियो । कार्यक्रमका लागि स्टेजमा पुगें । ठिक अगाडी मेरी श्रीमती मलाई नै हेरिरहेकी रहिछन् । विवाहपछि यसरी श्रीमतिकै अगाडि स्टेज प्रस्तुती दिन लागेको पहिलो पटक थियो । श्रीमतिको अनुहार देखेपछि मलाई यस्तो लाज लाग्यो मैले प्रस्तुती दिनै सकिन । मलाई पहिलो पटक त्यसरी लाज लागेको थियो ।
४. बिरामी भएको वेला सार्है गार्हो हुन्छ । यो दिन कार्यक्रम गर्ने भनेर हामीले आयोजकसँग सम्झौता गरिसकेका हुन्छौं । कार्यक्रम गर्ने दिन ज्वरो आईदिन्छ । म एकजना बिरामी भएको कारण कार्यक्रम सार्ने कुरा पनि हुन्न । अनि विरामी हुदा पनि कराउँछु ।
५. २० वर्ष अगाडिकै कुरा हो । सन्तोष पन्त दाईहरुले हरेक वर्ष एकेडेमीमा गाईजात्रा गर्नुहुन्थ्यो । दमन र मैले सन्तोष दाईलाई फकाउँदा फकाउँदा एक दिन जम्मा ७ मिनेट समय पायौं ।
प्रधानमन्त्री हुनुहन्थ्यो शेर बहादुर देउवा । स्टेजमा पुगेपछि पो देखें उहाँ त हामीलाई नै हेरिरहनु भएको रहेछ । सरकारलाई ब्यङ्ग्य गर्न भनेर गएको प्रधानमन्त्रीलाई अगाडि देखेपछि के भो के भो । कती मिनेट प्रस्तुती दिइयो के के भनियो, थाह भएन । यती कुरा थाहा छ, भोलिपल्ट सन्तोष दाइले स्टेजमा छिर्न नै दिनु भएन ।



No comments