Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » » » कपिलवस्तुका किसान कम्बाइन हार्भेष्टर तर्फ आकषिर्त
«
Next
Newer Post
»
Previous
Older Post

कपिलवस्तु, कात्तिक  ४ । यतिबेला कपिलवस्तुका कृषकलाई धानबाली काट्ने र थन्क्याउने चटारोले भ्याई नभ्याई भएको छ । परापुर्बक कालदेखि हसियाँले धान काटेर भित्राउने किसानहरु अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन । कम समयमा धेरै भूभागको धान काट्न सकिने हुनाले उनिहरुले कम्बाईन हार्भेष्टरको प्रयोग गदै आई रहेका छन ।
नयाँ यान्त्रिक प्रविधि कम्बाइन हार्भेष्टरले धान भित्रयाउँदा समय, श्रम र लागतमा बचत हुने भएकाले यस तर्फ किसानहरु आकषिर्त भएका हुन् । धान काट्ने, केलाउने र परालको व्यवस्थापन एकैपटक गर्ने भएकाले यस क्षेत्रमा यो प्रविधिको प्रयोगमा उल्लेखनीय वृद्धि भएको हो ।
कृषि मजदुरको समस्याबाट पीडित हुने गरेका यस भेगका किसानले समयमा धान भित्रयाउन नसक्दा थप नोक्सानी व्यहोरिरहेका थिए । कम्बाइन हार्भेष्टरको प्रयोगले यो समस्याको निराकरण गर्ने भएकाले यसको प्रयोगमा आफूहरु उत्साहित भएको किसानहरु बताउँछन् ।
धान पाकेपछि त्यसको व्यवस्थापनमा ठूलो जनशक्तिको आवश्यकता पर्ने, धेरै समय र लागत लाग्ने तथा कृषि श्रमिकको अभावमा समयमा धान भित्र्याउन नसक्दा त्यस जमिन गहुँ लगाउनसमेत ढिलो भई त्यसको उत्पादनमा प्रतिकूल प्रभाव पर्ने गर्दथ्यो ।
अहिले गाउँमै कम्वाइन हार्भेष्टर मेसिन भित्रिएपछि कम लागतमा समयमै कृषि कार्य गर्न सजिलो भएको शिवराज नगरपालिका १२ महुलीका किसान राम कुमार गुप्ताले बताए ।
यो प्रविधिबाट आधा भन्दा कम खर्चमा धानि भित्र्याउन सकिन्छ । भाडामा लिएर गत वर्षकरिब तीन बिगाहामा जग्गामा यो मेसिनको प्रयोगले धान भित्रयाउन पाउँदा परम्परागत तरिकाभन्दा झन्डै २५ प्रतिशत लागतमा कमी आएको गुप्ताले बताए ।
परम्परागत तरिकाले धान भित्रयाउँदा प्रति बिघा १८ देखि २० हजार खर्च लाग्ने गरेकामा कम्वाइन हार्भेष्टर मेसिनवाट धान भित्रयाउँदा प्रति बिघा पाँच हजारमात्र खर्च लाग्ने गरेका छन् ।
पछिल्लो समयमा तराईका जिल्लाहरुमा कम्वाइन हार्भेष्टर मेसिन बहुउपयोगी भएपछि यसप्रति कृषकको आकषर्ण बढ्दै गएको कृषि कार्यालाय कपिलवस्तुले जनाएको छ । अहिले कपिलवस्तु सहित विभिन्न जिल्लामा ३५ वटाभन्दा बढी कम्वाइन हार्भेष्टर मेसिनको प्रयोग हुने गरेको अनुमान कृषि कार्यालायले गरेको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply