Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » » » नेपालमै बन्यो पेट्रोल, एक लिटरले सय किमि माइलेज
«
Next
Newer Post
»
Previous
Older Post

भारतले नाकाबन्दी दगाएपछि नेपालमा यतीबेला वैकल्पीक इन्धनको बहस चलिरहेको छ । यस बीचमा नेपालका युवा वैज्ञानीकहरुले विभिन्नखाले अध्ययन अनुसन्धानहरु गरिरहेका छन् ।

हालै मात्र दाङमा युवाहरुले सल्लाको खोटोबाटै मोटरसाइकलको सफल परिक्षण गरिसकेका छन् । घोराही नगरपालिका–११ निवासी युवा वैज्ञानिक मार्सल रोकाले सल्लाको खोटोबाट इन्धन उत्पादन गरेर सवारी साधन चलाई सफल परीक्षण समेत गरेका छन् ।
जंगलमा पाइने सल्लाको खोटोलाई प्रशोधन गरी सवारी साधन चलाउने इन्धन उत्पादन र सफल परीक्षण गरिएको हो । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा सो इन्धनले काम गर्ने रोकाले दाबी गरेका छन् ।

उनले मोटरसाइकलको पेट्रोल पाइपमा खोटोको इन्धनलाई जोडेर मोटसाइकलको सफल परिक्षण गरेका हुन् । बैज्ञानीक रोकाले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी खोटोको इन्धनबाट मोटरसाइकल चलाउन सकिने विधि आफूले तयार पारेको दाबी गरे । दाङका प्रहरी प्रमुख, एसपी कुबेर कडायतले उक्त खोटोको इन्धनबाट मोटरसाइकल चलाएका थिए ।

रोकाका अनुसार एक लिटर खोटोको इन्धनबाट मोटरसाइकलमा एक सय किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । खोटोलाई प्रशोधनका लागि बिभिन्न रासायनिक पदार्थहरु मिसाउनुपर्ने रोकाले बताए । उनले यसरी तयार पारिएको इन्धनको मुल्य जम्मा ७० रुपैयाँ मात्र पर्ने बताए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply