Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » राष्ट्रपतिको मत परिणाम घोषणामा सभामुख झुक्किएपछि …भण्डारी स्वयम् आफ्नो मतसंख्या सुनेर क्षणिकरुपमा ‘नर्भस’ देखिइन् ।
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, कात्तिक, ११  । नेपालको दोस्रो राष्ट्रपति तथा पहिलो महिला रास्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित गरेको घोषणा गर्ने क्रममा सभामुख ओनसरी घर्तीमगरको जिभ्रो लटपटिएर भण्डारीको प्राप्त मत उच्चारण गलत भयको थ्यो ।
भण्डारीले प्राप्त गरेको मत संख्या तीन सय २७ हुनुपर्नेमा घर्तीले हड्वडाएर दुई सय २७ भन्नपुगेकी थिइन् । राष्ट्रपतिमा जितका लागि दुई सय ९९ सय मत आवश्यक पर्छ ।
नेपालको पहिलो महिला सभामुखका रुपमा निर्वाचित घर्तीले पहिलो महिला राष्ट्रपतिका रुपमा भण्डारीको नाम घोषणा गर्ने संयोग पनि उनलाई मिलेको थियो ।
सभामुखको हैसियतमा चलाएको दोस्रो वैठकमा उनले राष्ट्रपतिको घोषणा गर्ने अवसर पाइन् । मत परिणाम वाचन गर्ने क्रममा घर्तीले सुरुमा कुलबहादुर गुरुङको मतसंख्या सहि भनिन् ।
दोस्रोमा भण्डारीको मतसंख्यामा भने चिप्लिइन् । भण्डारीको जित पहिल्यै सुनिश्चित रहेेको अवस्थामा ताली पिट्न ठिक्क परेका सभासदहरु सभामुखले ‘एमालेकी उम्मेदवार विद्यादेवी भण्डारीले दुई सय २७ मत ल्याउनुभएको छ’ भनेपछि अल्लमल्ल परे । भण्डारी स्वयम् आफ्नो मतसंख्या सुनेर क्षणिकरुपमा ‘नर्भस’ देखिइन् ।
तत्कालै संसद सचिवालयका महासचिवले दुई सय होइन तीन सय भनेर सभामुखलाई सम्झाएपछि उनले ए भन्दै सच्याएर सहि संख्या वाचन गरे पनि अघिल्लोपटक गरेको गल्तिमा क्षमायाचना भने गरिनन् ।
सभामुख घर्तीले दोस्रो प्रयासमा सहि मतसंख्या भन्दै विजेता घोषणा गरेपछि संसदभित्र हुटिङ र हाँसो  एकसाथ गुञ्जियो । रस्त्रपतिमा बिजेता विद्याको अनुहारमा पनि खुशी छायो । छेउमा रहेका एमाले उपाध्यक्ष बामदेव गौतम निकैबेरसम्म हाँसिरहेका थिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply