Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » मधेसी नेता वार्ताका लागि काठमाडौं आउन थाले
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं- भदौ २६, । सरकारले संविधानसभाको प्रक्रिया दुई दिनका लागि स्थगन गरेको भोलिपल्ट मधेसवादी नेताहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव शुक्रबार साँझ काठमाडौं आएका छन् । अध्यक्ष यादव शुक्रबार साँझ नै बुद्ध एयरको विमानबाट काठमाण्डौँ आएका छन् ।
शुक्रबार काठमाडाैं अाएका यादव शनिबार पार्टीको कार्यक्रममा सहभागी हुन भन्दै भोजपुरतिर लागेका छन् ।
यस्तै तौलिहवाको कार्यक्रम सकेर भैरहवा पुगेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव शनिवार बिहान ९ बजेर २० मिनेटको बुद्ध एअरको विमानबाट काठमाण्डौँ आएका छन् ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने भैरहवाबाट जलेश्वरतिर लागेका छन् ।
शुक्रबार तीन दलको बैठकले संविधानसभाको प्रक्रिया दुई दिनका लागि स्थगन गरेपछि सरकार र आन्दोलनरत पक्षवीच वार्ताको वातावरण बन्न लागेको हो ।
‘वार्ताका लागि पहिलो ढोका खुल्यो, सरकार एक कदम पछि हटेकोमा धन्यवाद छ,’ तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले अनलाइनखबरसँग भने,’वार्ताका लागि अब सरकार अझै एक कदम पछाडि हट्नुपर्छ, शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीबाट भइरहेको दमन रोकिनुपर्छ ।’
आन्दोलनरत दलका तर्फबाट वार्ताका लागि नेताहरु काठमाडौं आउने क्रमसँगै प्रमुख तीन दलका नेताहरुसमेत वार्ताको वातावरण बनाउन लागिपरेका छन् ।
वार्ताका विषयमा मधेसी मोर्चामा कसैको पनि विमती नरहेको र मोर्चाभित्र सबैको एक मत रहेको सोनलले बताए ।
महतो भन्छन्- वार्ताबाटै निकास खोज्नुपर्छ
वार्ताका लागि सबै नेता काठमाण्डौँतिर लागे पनि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने कपिलवस्तुबाट जलेश्वरतिर हिँडेका छन् । यद्यपि उनले आफू वार्ता विरोधी नभएको प्रतिक्रिया दिएका छन् ।
‘म वार्ता विरोधी होइन, सबै समस्या समाधान वार्ताबाटै हुनेछ, तर मधेसमै पहिलो चरणको वार्ता भए मधेसी जनताको भावनासँग जोडिने थियो’ अध्यक्ष महतोले अनलाइनखबरसँग भने, ‘काठमाण्डौमा सबै मधेसी दल वार्तामा बसे हाम्रो प्रतिनिधित्व पनि हुन सक्छ ।’
तपाई काठमाण्डौँ किन जानुभएन भन्ने जिज्ञासामा महतोले भने-‘जनकपुर र जलेश्वरमा मेरो पार्टीका जिल्ला नेतासहित ६ जनाले शुक्रवार ज्यान गुमाएपछि म उता जान लागेको हुँ ।’

कार्यक्रममै मोबाइलको घण्टी बजेपछि
स्रोतका अनुसार शुक्रबार कपिलवस्तुको तौलिहवामा कार्यक्रम जारी रहँदा मधेसी मोर्चाका सबै शीर्ष नेताको मोबाइलमा पालैपालो घण्टी बजेको थियो । त्यसरी आएको टेलिफोनपछि नेताहरु काठमाण्डौँ जाने मनस्थितिमा पुगेका थिए । उपेन्द्र यादव काठमाण्डौँ पुगेलगत्तै मोर्चाका अन्य घटकका अध्यक्षहरु माथि काठमाण्डौ आउन थप दबाव परेको स्रोतले बतायो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply