संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आहवान गरेको अनिश्चिकालिन आम हडतालको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा २१ जना घाइते भएका छन् ।
प्रहरीले समान्य रुपमा वल प्रयोग गरेर आन्दोलकारीलाई शान्तपार्न खोजेपनि झडप उग्र रुपमा परिणत हुँदै जादा सदरमुकामको अवस्था तनावपुर्ण वनेपछि स्थानीय प्रशासनले सोमबार साढे चार वजेदेखि मंगलबार विहान ५ वजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
प्रदर्शनकारीहरुले स्थानीय प्रशासनले लगाएको कर्फ्युको अवज्ञा गर्दै जिल्ला प्रहरी कार्यालयमाथि आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीले चलाएको रवरको गोली लागेर २१ जना आन्दोलनकारी घाइते भएका हुन् । उनीहरुको गौरमा उपचार भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले शान्तिपूर्ण आन्दोलन एकाएक अराजक बन्दै गएपछि बाध्य भएर प्रहरीले बल प्रयोग गर्नुपरेको तथा स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु लगाएको बताउनुभयो ।



No comments