Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » फेसबुकले ल्याउँदैछ ब्रेकिङ न्यूज एप
«
Next
Newer Post
»
Previous
Older Post

सोसल मेडिया देखि स्नापच्याट बुलेटिन सम्म. वेबसाइट देखि ब्लग सम्म,  हामीले हजम गर्ने समाचारका माध्यमहरु निरन्तर परिवर्तन भैरहेका छन् र यो मेसोमा सोसल मिडिया साइट फेसबुक पनि अगाडि आएको छ ।
फेसबुकले एउटा यस्तो एप बनाउने विषयमा काम गरिरहेको बताइएको छ जसले फेसबुक प्रयोगकर्ताको मोबाइलमा ब्रेकिङ न्यूज अलर्ट पठाइदिन्छ । फेसबुकले यसका लागि विभिन्न समाचार एजेन्सी तथा प्रकाशकहरुसँग कुरा गरिरहेको बताइएको छ ।
फेसबुकले पठाउने यस्ता ब्रेकिङ न्युज अलर्टहरु टि्वटर म्यासेज जस्तै हुनेछन् र एक सय अक्षर सम्मका रहनेछन् ।
ब्यापारी इनसाइडरका अनुसार सुरुमा यो एपले प्रयोगकर्तालाई आफ्नो मनपर्ने पब्लिकेसन तथा आफ्नो रुचीको विषय तथा स्टेसन छनोट गर्ने मौका दिनेछ र सोही अनुरुप समाचार अलर्ट प्रयोगकर्तालाई पठाउनेछ ।
एप मार्फत पठाइने त्यस्तो अलर्ट अर्थात् नोटिफिकेसनमा सम्बन्धित मिडियाकेा समाचारको लिंक पनि दिइनेछ, जहाँ क्लिक गरेर प्रयोगकर्ताले आधिकारिक साइटमा गएर पूरा समाचार पढ्न पाउनेछन् ।
फेसबुकले विभिन्न मिडियाबाट ब्रेकिङ न्यूज अलर्ट आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराएर कस्तो फाइदा प्राप्त गर्ने हो त्यो प्रष्ट नभएको भएपनि फेसबुकले हरेक लिंक क्लिक भएबापत सम्बन्धित समाचार साइटबाट निश्चित रकम लिने मापदण्ड तय गर्नसक्ने अनुमान गरिएको छ । अर्थात् फेसबुकले यसलाई विज्ञापनको रुपमा कमाउने श्रोत बनाउन सक्नेछ ।
तर फेसबुकका प्रवक्ताले भने यस्ता हल्ला तथा अनुमानको विषयमा आफुले केही नबोल्ने बताएका छन् । यद्यपि श्रोतका अनुसार अहिले यो एप प्रारम्भिक परीक्षणको चरणमा छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply