पतिपत्नीबीच सम्बन्धका धेरै कारण हुने गर्दछन् । त्यमसा आन्तरिक कलह, वैचारिक मतभेद पारिवारिक बेमेल आदि कारणबाट सम्बन्ध विच्छेद हुने गरेका घटना धेरै छन् । तर, एउटी श्रीमतीलाई आफूलाई दिनमा ३/४ पटक सेक्स नगरेको भन्दै सम्बन्ध विच्छेद गर्न अदालतमा मुद्दा हालेपछि सबै आश्चर्यमा परेका छन् ।
यस्तो विचित्रको घटना संयुक्त अरब इमिरेट्सको दुबईमा भएको हो । जहाँ एउटी श्रीमतीले आफ्नो श्रीमान दिनमा ३/४ पटक सेक्स गर्न असफल भएको भन्दै उनीसँग सम्बन्ध विच्छेदको माग गरेकी छन् । उनले आफै सेक्सुअल्ली सन्तुष्ट नभएकाले श्रीमानसँग सम्बन्ध विच्छेद गर्न चाहेको बताएकी छन् ।
खाडी मुलुकको लोकप्रिय पत्रिका गल्फ न्युजमा प्रकाशित समाचारअनुसार श्रीमतीले आफ्नो वैवाहिक जीवनका बारेमा विस्तारबाट खुलासा गर्दै भनेकी छन्–मलाई शारीरिक रुपमा सन्तुष्ट गर्न र मेरो उत्तेजना शान्त पार्न श्रीमानबाट दिनमा ३ देखि चार पटकसम्म यौनसम्पर्कको इच्छा राख्नु छ। तर, मेरा श्रीमान हप्तामा ३ देखि ४ पटक मात्र सेक्स गर्न सफल छन् ।
महिलाले अदालतमा श्रीमान आफ्नो इच्छा पूरा गर्न असफल भएकाले सम्बन्ध विच्छेद गर्न चाहेको बताइन् । तर अदालतले भने सम्बन्ध विच्छेदका लागि यति कारण पर्याप्त नभएको भन्दै सम्बन्ध विच्छेद स्वीकार गर्न नसकिने बताएको छ।
अदालतले सम्बन्ध विच्छेद स्वीकार नगरेपछि महिलाले आफ्नो श्रीमानलाई श्रीमतीको इच्छा पूरा गर्ने आदेश दिन माग गरिन् । उनले भनिन्–कि त मेरा श्रीमानलाई मेरो इच्छा पूरा गर्न आदेश दिइयोस् अन्यथा सम्बन्ध विच्छेदको माग स्वीकार गरियोस्।
यद्यपि अदालत यो मुद्दाको अन्तिम निर्णयमा पुगिसकेको छैन । अदालतले उनका श्रीमानलाई मेडिकल जाँचका लागि अस्पताल पठाएको छ। अस्पतालमा उनको शारीरिक रुपमा यौन सम्पर्कका लागि फिट छन् वा छैनन् ? उनी आफ्नी श्रीमतीलाई किन सन्तुष्ट गर्न सकिरहेका छैनन् ? जस्ता विषयको जाँचपछि अदालत अन्तिम निर्णयमा पुग्ने भएको छ। एजेन्सी



No comments