Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भूकम्प पीडितलाई गुणस्तरहीन सामान वितरणको आशंका
«
Next
Newer Post
»
Previous
Older Post

१८ वैशाख, काठमाडौं । भूकम्प पीडितहरुलाई विदेशबाट आएका राहत सामग्रीको व्यवस्थापन र वितरण वैज्ञानिक नभएको भनेर आलोचना भएपछि प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार स्थलगत अवलोकन गरी त्यसबारे जानकारी लिएका छन् ।एयरपोर्टस्थित नेपाली सेनाको ११ नम्बर बाहिनी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, कार्गो कम्प्लेक्स र अन्तराष्ट्रिय टर्मीनल भवनको स्थलगत अवलोकन गरी कोइरालाले राहत सामग्रीको व्यवस्थापन र वितरणबारे जानकारी लिएका हुन् ।


सेना भन्छ-राहत सामग्री कम आयो

विदेशी राष्ट्र र दातृ निकायबाट नेपालमा राहत तथा उद्धार सामग्रीको ओइरो लागेको छ । ६ दिनको अवधिमा नेपालमा ७ अर्ब राहत आएको थियो । अहिले पनि राहत सहयोग आउने क्रम जारी छ । ति सबै राहत सामग्री नेपाली सेनामार्फत् वितरणको व्यवस्था मिलाइएको छ । विदेशबाट पठाएका राहत सामग्री संकलन गरी वितरण गर्न सरकारले स्थापना गरेको कमाण्ड पोष्ट अन्तराष्ट्रिय कार्गो कम्प्लेक्समा राखिएको छ ।

११ नम्बर बाहिनी र कार्गो कम्प्लेक्स कमाण्ड पोष्टमा पुगेका कोइरालालाई नेपाली सैनिक अधिकृतहरुले विदेशबाट राहत कम आएको जानकारी दिएका थिए । कमाण्ड पोष्टमा करिब ११ ट्रक जतिमात्र सामान रहेको जानकारी दिएका थिए । विदेशबाट राहत सामाग्री ठूलो परिणाममा आइनपुगेको र भएको जति वितरण गरिरहेको सैनिक अधिकृतहरुको भनाइ थियो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply