Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » उमेर र अनुहारको सुन्दरताका लागि सेक्स
«
Next
Newer Post
»
Previous
Older Post

एजेन्सी । स्कटल्याण्डस्थित रोयल एडिनबर्ग अस्पतालका शोधकर्ताहरुका अनुसार युवा देखिनका लागि त न कुनै कृतिम श्रेङ्गार आवश्यक छ न त कुनै क्रिम, फेसियल वा माइश्चराइजरको ।
उनीहरुका अनुसार अनुहारमा निखार ल्याउनका लागि कस्मेटिक प्रयोग गर्नुको सट्टा सेक्स गर्नु आवश्यक छ। शोधकर्ताहरुले ‘यो असली आवश्यकता’ माथि प्रकाश पार्दै भनेका छन्–कम अन्तरालमा सेक्स गर्दा (हप्तामा कम्तीमा तीनपटक) मानिसको उमेर उसको वास्तविक उमेरको तुलनामा कम देखिने गर्दछ ।

उनीहरुका अनुसार सेक्स क्रियामा रम्नु कसरतरत हुनु समान हो। किनभने सेक्स गर्नु शारीरिक गतिविधि अर्थात कसरत श्रेणीमा पर्दछ । परिणमतः अनुहारमा निखार आउँछ र शरीरको सम्पूर्ण छालामा कसिलोपन बन्छ । शोधकर्ताहरुले यस विषयमा एउटा दिशानिर्देशन पनि गरेका छन् ।

त्यो हो प्रेमपूर्ण आलिंगन, चुम्बन, एकनिष्ठ सेक्स अर्थात श्रीमतीसँग मात्र सेक्स गर्दा यसबाट आफूले चाहेको परिणाम प्राप्त हुने गर्दछ । किनभने एकतर्फ यताउता गएर यौन रोगबाट संक्रमित हुने खतरा रहँदैन भने अर्कोतर्फ कुनै पूर्वतयारी गरिएको सेक्सले तनाव मेटाउने गर्दछ ।

यसका साथै लुकेर डराएर गरिने सेक्सले त्रास र भय बढाउने गर्दछ । जसले मानसिक तथा शारीरिक रुपमा स्वास्थ्यमा खराब असर पार्दछ । परिणमतः बुढो हुने प्रक्रिया तिब्र रुपमा बढ्दछ । त्यसैले भयमुक्त सेक्स क्रिया आवश्यक छ त्यो श्रीमतीसँग मात्र सम्भव रहेको अध्ययनको ठहर छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply