नयाँ दिल्ली— विश्वकप क्रिकेटमा अष्ट्रेलियासँग भारत पराजित भएसँगै सोसल मिडियामा बलिउड हिरोइन अनुस्का शर्माको तीब्र आलोचना भएको छ। भारतीय ब्याट्सम्यान बिराट कोहलीले कमजोर प्रदर्शन गरेपछि उनकी प्रेमिका अनुस्काको आलोचना भएको हो।
बिराट १ रनमा आउट हुँदा अनुस्का रंगशालामै थिइन्।
१३ बलमा १ रन बनाएर बिराट आउट भएका थिए। त्यसअघि टेलिभिजन स्क्रिनमा अनुस्कालाई देखाएको थियो। अनुस्कालाई स्क्रिनमा देखाउँदा बिराटको ध्यान भंग भएको भन्दै भारतीय क्रिकेट प्रशंसकले बलिउड हिरोइनको आलोचना गरेका हुन्।
दर्शकदिर्घामा बसेकी अनुस्का बिराटको विकेट जाँदा स्तब्ध देखिएकी थिइन्। यसअघि बिराटले अनुस्काकै उपस्थितिमा सतक प्रहार गरेका थिए।
भारतीय टोलीको हौसला बढाउन अनुस्का सिड्नी स्थित रंगशाला गएकी थिइन्।
तर सोसल मिडियामा अनुस्काको बचाउमा पनि कोही कोही उत्रिएका छन्।
लेखक चेतन भगत अनुस्काको बचाउमा देखिएका छन्। 'कुनै खेलाडीले राम्रो नखेल्दा मान्छेहरु उसको साथीमाथि प्रहार गर्नु निकै अपसोच हो। भावनामा बगेर यस्तो भेदभाव नगरौं', भगतले ट्विट गर्दै भनेका छन्।
Tagged with: sports
About Unknown
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)



No comments