Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » आर्थिक अवस्था कमजोर हुनाका कारण ११ कक्षा पछि पढाईलाई निरन्तरता दिन नसकेका एक युवाले गरे विभिन्न वैज्ञानिक आविष्कार ।
«
Next
Newer Post
»
Previous
Older Post

 फागुन ११– पोखरा,  छैठौं पोखरा क्यान इन्फोटेक मेलाको मुख्य आकर्षक बनेका छन् लमजुङको इसानेश्वर गाविसका यिनै युवा रदि मियाँ । औपचारिक रुपमा एसएलसीसम्म मात्र पढेका र आर्थिक अवस्था कमजोर हुनाका कारण ११ कक्षा पछि पढाईलाई निरन्तरता दिन नसकेका यिनै युवाले विभिन्न वैज्ञानिक आविष्कारहरु गरेका छन् । त्यस मध्ये मेलामा उनले नै घरेलु सामाग्रीहरुबाट बनाएको अल्ट्रालाइट र रोवर्टले दर्शको भीड तानेको छ ।
मोटरसाइकलको इन्जिनमा काठ, फलाम, स्टिल आदिको प्रयोग गरेर बनाएको यही अल्ट्रालाइटको परिक्षण उडान उनले गत असोजमा आफ्नै गाउँमा गरेका थिए । गाउँमै परिक्षण गर्ने क्रममा चौरको सतह नमिलेकाले र रनवेको लम्बाइ कम भएकाले उनको प्रयास असफल भयो । त्यति मात्र होइन, उनको अल्ट्रालाइटको पखेँटा पनि भाँचिन पुग्यो । मियाँका अनुसार उनको अल्ट्रालाइटलाई कम्तिमा ३ सय मिटरको रनवे चाहिनेमा त्यो नपुगेर उनी असफल भएका हुन् ।
त्यस लगत्तै गाउँकै विभिन्न मेलाहरुमा रोवर्टहरु प्रदर्शन गर्न जाँदा र आर्थिक संकटका कारण उनले यसको पँखेटा मर्मत गर्न सकेका छैनन् । यो जहाज बनाउन मात्र उनले करिब ८ लाख खर्च गरेकाले थप खर्च गर्न आफुँलाई गाह«ो भएको उनी बताउँछन् । उता खुल्ला परीक्षण गर्न पनि विभिन्न सरकारी अनुमति चाहिने र ति प्रक्रियाहरु आफुँलाई थाहा नभएकाले आफ्नो जहाज त्यसै थन्केको उनी बताउँछन् । रदि अगाडी भन्छन्,“सरकारले अनुमति दिए म यो जहाज डेढ घण्टासम्म आकाशमा उडाउन सक्छु ।”
निम्न आय भएका रदिले कसरी यत्रो पैसा जुटाए होलान् भन्ने हाम्रो जिज्ञासामा उनी भन्छन्,“काम गर्दै जाँदा अहिले मलाई सहयोग गर्ने थुप्रै महानुभावहरु भेटिनुभएको छ ।”
यही अल्ट्रालाइट बनाउन पनि उनलाई परदेशमा रहेका आफन्तहरुले सहयोग गरेका थिए । रदिको क्षमताको बारेमा जानकार आफन्तहरुले उनको अल्ट्रालाइट प्रोजेक्टका लागि केही पैसा पठाएको र त्यहीबाट सेकेण्ड ह्याण्ड मोटरसाइकल र अन्य सरसामाग्रीहरु किनेर काम गरेको उनी बताउँछन् । बेला बेलामा हुने मेला महोत्सवहरुबाट पनि उनलाई धेरथोर सहयोग प्राप्त हुने गरेको छ ।
उनी वैज्ञानिक आविष्कारका अलावा चित्रकला र काष्ठकलामा पनि निपुर्ण छन् । उनले बनाएको काठका आकर्षक फर्निचर तथा काष्ठकलाहरु गाउँमा हात हातै बिक्रि हुने गरेका छन् भने उनका चित्रकलाको पनि जोकोहीले प्रशंसा नगरी रहन सक्दैनन् । यसैबाट प्राप्त हुने रकम पनि उनले आफ्नै रुचिको क्षेत्रमा लगानी गरिरहेका छन् ।
कक्षा ७ मा पढ्दा पानीबाट बिजुली उत्पादन गरेर बत्ति बालेका मियाँले हालसम्म नेपाली बाबुका अलावा विभिन्न प्रकारका साना ठूला रोवर्टहरु, नमुना स्काभेटर, काठको उड्ने पुलती आदि आविष्कार गरिसकेका छन् ।
उनमा वैज्ञानिक ज्ञानका कारण भन्दा पनि अद्भुत कल्पना क्षमता र काममा लागि पर्ने स्वाभावको कारण यो सबै सम्भव भएको हो । उनी एकपटक देखेको सामानको नक्सा घर गएर सजिलै उतार्न सक्छन् र त्यस कै आधारमा त्यस्तै उपकरण बनाउन कस्सिन्छन् । बनाउँदै परिक्षण गर्दै गर्ने क्रममा नै उनले सफलता प्राप्त गर्ने गरेका छन् ।
उनलाई सहयोग गर्नका लागि क्यान इन्फोटेक कास्कीले उनलाई मञ्च कै छेउमा निःशुल्क स्टल प्रदान गरेको छ भने पोखरा विश्वविद्यालयको रोवर्टिक्स क्लबका सदस्यहरुले उनको स्टलमा आएका दर्शकहरुको जिज्ञासा मेटाउन सहयोग गरेका छन् । उनलाई सहयोग गर्न चाहनेका लागि इन्फोटेक कै बैंकिंग पार्टनर सिद्धार्थ बैंकले हेलो पैसा खाता खोलिदिएको छ, जसको खाता नं. ९८१६४३१२६९ मा उनलाई आर्थिक सहयोग गर्न सकिने रदि मियाँका व्यवस्थापक नेशन शर्माले बताए ।
शर्माका अनुसार पोखराबाट करिब १२० किलोमिटर परको उनको गाउँबाट ट्रकमा हालेर पोखरा ल्याइएको अल्ट्रालाइट र रोवर्टहरुलाई फिर्ता लैजानै पनि आर्थिक समस्या पर्ने देखिएको छ । “क्यान कास्कीसँग पनि यसको बारे कुरा भइरहेको छ”, शर्माले भने, “यदी सहयोग पाइएन भने बल्ल बल्ल ऋण खोजेर यहाँसम्म ट्रकमा हालेर ल्याइएका सामानहरु फिर्ता लानै मुस्किल पर्नेछ ।”

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply