Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सभापति देउवालाई टक्कर दिन पौडेल पछि हटे कांग्रेसमा निस्किय अर्का नेता
«
Next
Newer Post
»
Previous
Older Post

 भर्खरै सम्पन्न १३ औं महाधिवशेनबाट नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई च्यालेन्ज दिदै पार्टीकै एक जना प्रभावशाली नेता अगाडी बढेका छन् ।


महाधिवेशनपछि संसदीय दलको नेता छान्ने तयारीमा रहेको कांग्रेसमा देउवासँग भिडेर २ पटक पराजित भएका रामचन्द्र पौडेल भने थाकेका छन् । पौडेलको ठाउँमा निर्वाचित केन्द्रीय सदस्य एवं निवर्तमान महामन्त्री प्रकाशमान सिंह देउवालाई टक्कर दिन मैदानमा उत्रिने तयारी गरेका हुन् ।

गणेशमान पुत्र सिंह आगामी २४ गते हुने संसदीय दलको निर्वाचनमा देउवासँग भिड्न तयार भएको कांग्रेस स्रोतले जनाएको छ । सभापतिमा हारेका रामचन्द्र पौडेललाई सर्वसम्मत संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव देउवाले अस्वीकार गरेपछि सिंह अघि बढ्न लागेका हुन् ।
स्रोतका अनुसार सोमबार पौडेल निवास बोहोराटारमा बसेको बैठकले प्रकाशमान सिंहलाई संसदीय दलको नेतामा चुनाव लडाउने गरी छलफल भएको र देउवाबिरुद्ध चुनावी मैदानमा आउने लगभग तय भएको छ ।
देउवासँग दुईपटक पराजित भएका पौडेललाई संसदीय दलको नेतामा चुनाव नलड्न उनी निकटका नेताहरुले सुझाव दिएपछि पौडेल पछि हटेका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply