Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यी १० तरिका अपनाउनुहोस् आफ्नो तौल आफै घटाउनुहोस्
«
Next
Newer Post
»
Previous
Older Post

मानिसको तौल कुनै खास १/२ दिनको खानपिन तथा खास उमेर मा प्रबेश गरेको कारण मात्र बढेको नभई 
लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो । यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस् । बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, ‘जोसंग धैर्य हुन्छ, चाहेको कुरा पाउन सक्छ’ । तौल घटाउन पनि समय लाग्छ । शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि सक्छ, तर, यसो भयो भन्दैमा धैर्य गुमाउनु हुँदैंन, केही समय पर्खनुहोस्, विस्तारै तौल घट्दै जानेछ । यहाँ तौल घटाउने केहि टिप्स दिएका छन् यी नियम लाई आफ्नो दैनिकी संग ढाल्नु होस् अबस्य फाईदा मिल्ने छ !

१, नाश्तापछि पानीलाई मुख्य ड्रिंक बनाउनुहोस्– नास्ताको बेला सुन्तलाको रस, चिया, दूध लिन सकिन्छ, तर, त्यसपछि दिनभर पानीमात्र प्रयोग गर्नुहोस्, कोल्ड ड्रिंक छुँदा पनि नछुनुहोस् र चिया कफीमा पनि नियन्त्रण राख्नुहोस् । यसबाट तपाईंले दैनिक करिब २ सय ५० क्यालोरी कम गर्नु सक्नुहुनेछ ।

२, तीत पटक हैन, ४–५ पटक थोरै थोरै खानुहोस– दक्षिण अफ्रिकामा भएको एक अध्ययनले के देखाएको छ भने बिहान, दिउँसो, बेलुकी खानुको सट्टा ५–६ पटक थोरै थोरै खाने मानिसले ३० प्रतिशत कम क्यालोरी उपभोग गर्छ । दिनको धेरैपटक खाँदा शरीरले कम इन्सुलिन निकाल्छ जसले ब्लड सुगरलाई सही राख्छ र भोक पनि कम लाग्छ ।

३, दैनिक ४५ मिनेट हिड्नुहोस्– दैनिक ३० मिनेट टहलिनाले तपाईंको शरीरमा तौल बढ्न पाउँदैंन, यदि तौल घटाउन चाहनुहुन्छ भने कम्तीमा पनि ४५ मिनेट टहलिनुस् । यसो गर्ने भने खानपानमा परिवर्तन नल्याइकन पनि तपार्ई एक वर्षमा कम्तीमा पनि १५ किलो तौल घटाउन सक्नुहुनेछ । तर, टहलिने काम भने बिहानको स्वच्छ हावामा गर्नुपर्छ । यसका लागि बिहान सबेरै उठ्ने बानी बसाल्नुस् ।

४, निलो रंगको बढी प्रयोग गर्नुहोस्– निलो रंगले भोक कम गर्छ, यहीकारण रेष्टरेन्टहरुमा यसको प्रयोग कम हुन्छ । यस्तै, खाना खाँदा निलो प्लेट प्रयोग गर्नुहोस्, टेबलमा निलो कपडा प्रयोग गर्नुहोस् ।

५, आफ्नो पूरानो कपडा दान दिनुहोस्– यदि तपार्इंले तौल घटाइसक्नु भएको छ भने आफ्ना पूराना ठिक नभएका कपडा दान दिनुहोस् । यसो गर्नाले एक त तपाईंलाई दान दिन पाएकोमा आत्मसन्तुष्टि हुनेछ भने अर्कोतिर फेरि मोटाएमा कपडा किन्नुपर्नेछ भनेर तपाईं तौल नियन्त्रणमा उत्प्रेरित हुन सक्नुहुनेछ ।

६, खाना खान सानो प्लेट प्रयोग गर्नुहोस्– अध्ययनका अनुसार जति भोक लागेपनि यदि तपाईंको अगाडि थोरै खाना राखिएको छ भने थोरै खानुहुनेछ र धेरै खाना राखिएको छ भने धेरै खानुहुनेछ । त्यसैले कम खाना खान सानो थालमा थोरै खाना राखेरै खानु उपयुक्त हुनेछ । चिया कफीका लागि पनि सानो कप नै प्रयोग गर्नुपर्छ ।

७, पानी बढी भएको खाना खाने– पेल्सिभेनिया स्टेट युनिभर्सिटीमा भएको एक अध्ययनले के पाइएको छ भने गोलभेंडा, लौकाजस्ता कुरा खानाले क्यालोरी कम हुन्छ ।

८, कम चिल्लो भएको दुध प्रयोग गर्ने– चिया, कफी बनाउँदा या दूध पिउँदा कम चिल्लो भएको दुध मात्र प्रयोग गरौं, यस्तो दुधमा क्याल्सियम बढी र क्यालोरी कम हुन्छ ।

९, बढी हिड्नुहोस्– जति बढी हिड्नुहुन्छ, उति बढी तपाईंको क्यालोरी खर्च हुन्छ । लिफ्टको ठाँउमा सिढीको प्रयोग गर्नुहोस्, वरिपरीका ठाउँमा पैदलै हिड्नुहोस्, अन्यत्र सम्भव नभएपनि कमसेकम दिनको एकदुईपटक छतको चक्कर मार्नुहोस् ।

१०, कागती र मह प्रयोग गर्ने– हरेक बिहान हल्का मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्नाले तौल कम हुन्छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply