१८ मंसिर, काठमाडौं । बाढी प्रभावित तमिलनाडुलाई ढिला वास्ता गरेको भन्दै आलोचना भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार हवाइ निरीक्षण गरे । र, १ हजार करोड सहयोगको घोषणा गरे ।
तर, मोदीको प्राविधिक टीमले बाढी पीडितप्रति मोदी संवेदनशील छन् भन्ने सन्देश दिन प्राविधिको दुरुपयोग गरे । जुन लुक्न सकेन र भारतीय प्रधानमन्त्री मोदी फेरि एकपटक मजाकको पात्र बनेका छन् ।
बाढी प्रभावित क्षेत्रमा निरीक्षणका क्रममा चेन्नइमा हेलिकोप्टर निकै तल ल्याउन लगाए । उनले हेलिकोप्टरको झ्यालबाट बाढी प्रभावित क्षेत्र हेर्न खोजे । तर, निकै धमिलो देखियो । त्यही तस्वीर उनले तत्कालै ट्वीट गरे ।
र, समाजिक सञ्जालमा मोदी मजाकको पात्र बने । मोदीले अन्तरिक्षमा गएर हेलिकोप्टरको झ्यालबाट हेरिरहेको तस्वीर ट्वीट गर्दै बीबी नामक प्रयोगकर्ताले लेखेका छन्, जब कुनै देश भ्रमण गर्न बाँकी रहेन ।’
No comments