Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यदि यस देशका जनता यति धेरै मुर्ख हुँदैन थे भने यिनी माथि म कसरि सासन गर्थे होला ?
«
Next
Newer Post
»
Previous
Older Post


बादशाह अकबरको दरबारमा सबै आ-आफ्नो काममा व्यस्त थिए अकबरले बिरबल तिर हेर्दै भने "बिरबल, केहि दिन देखि मलाई एक समस्याले सताई रहेको छ, सायद तिमीसंग यसको जवाफ हुन् सक्छ !
बिरबलले सिर निहुराउदै भने सरकार समस्या भनि बक्सियोस म तपाईको समस्याको समाधान गर्ने कोसिस गर्ने छु !
अकबरले भने – बिरबल मलाई यो जान्नु छ कि दुनियामा सबभन्दा मुर्ख मानिस कुन देशमा छन् ?
बिरबलले एक छिन सोचेर भने सरकार यो प्रस्नको जवाफ खोज्न म संसारको सबै देश घुम्नु पर्छ सबै देश घुमेर त्यो देशको जनताको बारेमा जानकारी लिनु पर्ने हुन्छ ! यो सबै काम पुरा गर्न मलाई पुरा ३ साल लाग्छ !
अकबरले तुरंत जवाब दिए ठिक छ म तिमीलाई २ सालको समय दिन्छु आजको ठिक २ साल पछी सारा दरवारिया सामुन्ने तिमीले यसको जवाफ दिनु पर्ने हुन्छ !
बिरबलले स्वीकार्दै आफ्नो यात्रा सुरुवातको अनुमति मागे ! बिरबलले दरवार छोडेको पुरा ३ हप्ता मात्र भएको थियो अकबरलाई बिरबल बिना सुनसान महसुस हुँदै थियो ! अकबर मन मनै यो सोच्दै थिए कि यति खेर बिरबल कुन देशमा घुम्दै होलान ? यतिकैमा दरवारमा एक अनौठो सन्नाटा छायो ! यतिकैमा अकबरले आफ्नो अगाडी बिरबललाई हात जोडेर उभिएको देखे ! अकबरले आश्चर्य भएर सोधे तिमि यति छिटै कसरि आयौ ? अनि मेरो सवालको जवाफ खै ? बिरबलले भने – सरकार मलाई हजुरको जवाफ प्राप्त भईहाल्यो त्येहीकारण छिटै आएँ !
अकबरले बिस्तारै भने त्यसो भए बताउ मेरो सबालको जवाफ को हो ?
बिरबलले पनि चलाखीपूर्ण ढंगले भने सरकार मेरो जवाफ सुनेर हजुरले मालाई कुनै दण्ड दिन पाउनु हुने छैन !
अकबरले भने ठिक छ दण्ड मिल्ने छैन !
बिरबलले नम्र स्वरमा भने सरकार दुनियामा सबभन्दा मुर्ख मानिस हाम्रै देश हिन्दुस्थानमा रैछन !
अकबरले केहि कडा स्वरमा भने – तर तिमि अरु कुनै देश जादै नगई कसरि भन्न सक्छौ हाम्रै देशका जनता सबैभन्दा मुर्ख छन् भनेर ?
ज्यु सरकार मैले यो ३ हप्तामा जे जे यो हिन्दुस्तानमा देखे त्यसबाट नै मैले हजुरको सवालको जवाफ पाए जुन हजुरलाई बताउदै छु ! 
यति भनेर बिरबलले आफ्नो ३ हप्ताको यात्रामा भएको वृतान्त भन्न सुरु गरे !
त्यस दिन म बिस्व भर्मनको लागि बिहानै घरबाट बोरि बिस्तर बांदेर हिडे २ दिनको घोडसवार हुँदै हिन्दुस्थानको एक सानो शहरमा पुंगे जाँहा रिसले चुर भएका मानिस एक सडकमा जम्मा भएर गाडीमा आगो लगाउदै थिए साथै ईटा, ढुंगा हानेर दोकानहरु पनि तोडफोड गर्दै थिए ! मैले भिडबाट एक युबकलाई तानेर सोधे यो सब किन हुँदै छ ?
युबकले भने की शहरमा पिउने पानीको टंकीमा एक मुसा डुबेको कारण भएको !
त्यसैले जनतालाई रिस उठ्यो पहिले त यस शहरको उच्च पदको व्यक्तिलाई बेसमारी कुटपिट गरे फेरी तोडफोड सुरु भयो !
मैले उक्त युवकलाई फेरी सोधे – टंकीबाट मुसालाई कसले निकाल्यो ? 
जवाफ पाए – मुसा त अहिले पनि त्यसै टंकीमा डुबी रहेको छ ! त्यसलाई निकाल्ने त सरकारको काम हो !
मैले उक्त भिडलाई समजाउनु पर्यो भनेर कोसिस गर्दै भने यो तोडफोडले त आफ्नै नोक्सान हुँदै छ ! यदि यसरी गाडी तोडफोड गरेर के तापाईहरु गधामा चढेर आफ्नो-आफ्नो काममा जानु हुन्छ ? दोकान र दोकानमा राखेको सामान तपाईहरुकै हो जसलाई जलाएर आखरी नोक्सान कसको हुन्छ ?
यो सुन्ना साथ् यो सरकारी जासुस हो यसलाई छोड्नु हुँदैन भनेर मेरो पछाडी लागे !
म त्यहाँ बसे मेरो ज्यानको खतरा देखेर त्यहाँबाट भागेर मेरो ज्यान बचाएँ ! 
भोलीपल्ट म त्यो शहर छाडेर कुनै अर्कै शहरको यात्रा तर्फ बढें ! अर्को शहरमा फेरी मैले यस्तो घटना देखे जुन घटना नर्कमा पनि घट्दैन होला ! शहरको बाटो रगतले लत्पतिएको थियो सडक किनार चारै तर्फ स्त्री, पुरुष तथा बच्चाहरुको लासै लासले भरिएको थियो गाई, बाख्रा, पशु-पन्छीका लास पनि यत्र तत्र फैलिएका थिए ! सम्पूर्ण शहरका घर आगोको लापेटोमा थियो !
मैले सडकको किनारमा दुखि भएर बसेको एक बुढा मानिससंग सोधें – के कुनै दुस्मनको फौज आएर यो सब घटना भयो ?
बुढा मानिसले आसु पुस्दै भने – शहरमा हिन्दु र मुसलमानको बीच झगडा भयो अनि यो मारकाट र आगजनी सुरु भयो !
मैले अचम्बित हुँदै सोधे – अनि झगडा चै कसरि सुरु भयो ?
उनले भने – एक आवारा सुगुर दौडिदै मस्जिद भित्र पस्यो कसैले चिल्लाउदै भन्यो की यो हिन्दु कै काम हो ! बस दुवै समुदाय बीच तरवार हानाहान चल्यो जो पनि अगाडी आयो त्यसको यो गति भयो !
मैले त्यो देखन सकिन र म घोडा चढेर त्यस शहर देखि निक्लें !
यतिकैमा तेस्रो हप्ता सुरु हुँदै थियो म मनमनै सोच्दै थिए अब हिन्दुस्थान छाडेर अरु कुनै देश जानु पर्ला तबसम्म भगवान मलाई यस्तो कू-कृत्य देख्नु नपरोस ! तर मैले बोलेको यति सानु स्वर भगवानले पनि किन सुन्थे र म हिन्दुस्थान कै कुनै एक शहर हुँदै जाँदै थिएँ यतिकैमा युबाहरुको एक जत्था मिलेर छानी छानी केहि मानिसहरुलाई कुट्दै थिए ! म एक घाईते मानिसलाई लिएर हस्पिटल पुगे तब पत्ता चल्यो सबै चिकित्सक पनि हड्तालमा रैछन ! मैले त्यस घायल ब्यक्तीलाई त्यही छाडेर केहि जरुरि सामान लिन बजार गएको त सारा दोकान बन्द छन् कुनै एक आध दोकान खुलेका भए पनि त्यहाँका साहुजीहरु आधा भाचिएको खुट्टा लियर आफ्नो टुटे फुटेको दोकान हेरेर रुदै छन् ! उनीहरुलाई सोद्धा थाहा भयो कि उनीहरुले बन्दमा सहयोग नगरेकोले यस्तो भयो !
यो सारा घटनाको जानकारी पाउन एक युवकलाई सोधे उसले भन्यो – सरकार अकबरले २ दिन पहिले घोषणा गरे कि ८० प्रतिशत पीछ्डीएका मानिसलाई आरक्षण दिईने छ ! त्यसैको बिरोधमा पीछ्डीएका मानिसलाई छानी छानी पिटीदै छन ! सारा शहर बन्द गरिएको छ !
मैले त्यो युबकलाई भने यी पिछडी जातीलाई कुटेर के पाईन्छ ? अरे कुटनै छ भने उसलाई कुट जसले यो घोषणा गर्यो ! हड्ताल, मारपिट र तोडफोड गर्नाले त आफ्नै नोक्सान त हुन्छ नि ! मेरो उक्त कुरा नसुने झैँ गरेर उक्त युवक लाठी बोकेर फेरी दोकान तोडफोड गर्न थाल्यो !
मैले मन मनै सोचे की यहाँका जनता त मुर्ख छन् नै यहाँको सासक त झन् नै मुर्ख रैछ जसले यस्तो दंगा फैलायो ! त्यसैले मैले अब अन्त जान जरुरि छैन यहिबाट हजुरको सवालको जवाफ मिलेको महसुस गरे !
बिरबलको यस्तो कुरा सुनेर अकबरले मुस्कुराउदै भने बिरबल तिम्रो यो कुरा सुनेर मलाई धेरै खुशी र राहत महसुस भयो !
बिरबलले आश्चर्य चकित हुँदै अकबरतर्फ हेरेर भने – मैले कुरा बुझिन सरकार ?
अकबरले बिरबललाई सम्झाउदै भने – बिरबल यदि यो देशका जनता यति धेरै मुर्ख नहुन्थे त म यिनीहरुमाथि सासन कसरि गर्न सक्थें ? जब तक यो मुलुक मुर्खले भरिरहन्छ तबतक हामि तथा हाम्रा सन्तान यहाँ सासन गर्दै रहन्छौ ! कुरा रहयो आरक्षणको यसमा तिमि किन चिन्ता लिन्छौ? तिम्रो बच्चालाई किन नोकरी चाहियो? भोलि तिम्रो बच्चा तिम्रो स्थानमा विराजमान आफै बनि रहन्छ ! आरक्षण गर्नाले मालाई यो फाईदा भयो की मुर्खको १ टोलि अब मुर्खको २ टोलीमा बाटियो यानिहरुलाई जति टोलिमा बाटदै जान सक्यो सासन गर्न उतिनै सजिलो हुन्छ ! बिरबल तिम्रो यो जवाफले मेरो मनको एक ठुलो बोझलाई हल्का गराई दियो ! बिरबलको पनि आँखा खुल्यो अनि नजिक राखेको मदिराको एक प्याक सुरुप्प पारेर मुस्कुराए !

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

1 comments

  1. सारै राम्रो ! मन पर्यो !

    ReplyDelete