Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » मोदीमाथि अहिलेसम्मकै ठुलो आक्रमण
«
Next
Newer Post
»
Previous
Older Post

२३ असोज, काठमाण्डु – नेपालमा लगाएको नाकाबन्दीका कारण यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विवादित बनिरहेका बेला उनीमाथि आफ्नै देशका नेताहरुले समेत आक्रमणको निशाना बनाउन थालेका छन् । उनीमाथि अहिले नेपालकै छिमेकी प्रान्त बिहारका नेताहरुले आक्रमण शुरु गरेका हुन् ।
मोदीमाथि बिहारका पुर्व मुख्य मन्त्री तथा आरजेडीका अध्यक्ष लालु यादवले कडा शब्दमा आक्रमण गरेका छन्। लालु यादवले नरेन्द्र मोदीलाई ब्रह्मपिचाश भएको आरोप समेत लगाएका छन् । उनले मोदी प्रधानमन्त्री बन्न लायक नभएको र आज पुरै भारतमा उनको थु थु भएको भन्दै कडा प्रतिक्रिया जनाएका हुन्।
केही दिन अघि मात्रै नरेन्द्र मोदीले लालु यादवलाई शैतान भनेपनि यादवको यस्तो प्रतिक्रिया आएको भारतीय सञ्चारमाध्यामहरुले लेखेका छन्। लालुले भने(‘मैले आरक्षणको कुरा गर्दा उनले मलाई शैतान भने। मलाई शैतान भन्ने आफै ब्रह्मपिचाश हुन् । उनी प्रधानमन्त्री बन्न लायक छैनन। पुरै देश मोदीलाई थु थु गर्दैछ। हामी मोदीलाई बिहारबाट भगाउँछौ ।’
लालुले किन आफूलाई शैतान भएको प्रमाणित गर्नु पर्ने नत्र सम्पुर्ण बिहार जनतासंग माफि माग्न समेत मोदीलाई चेतावनी दिएका छन्। आफु लगाएत मोदीले सारा दलित र बिहारबासीलाई शैतान भनेको उनको टिप्पणी थियो।
गाईको मासुको खाने विषयमा लालु यादवले गरेको टिप्पणीपछि मोदीले लालुमाथि शैतान विषयमा प्रतिक्रिया दिएका थिए। लालुले ‘शैतान’ को प्रभावमा आएर आफुले गाइको मासु सम्बन्धी टिप्पणी गरेको बताएका थिए। लालुको यस्तो भनाइ पश्चात, शैतानलाई लालुको ठेगाना कसरी मिल्यो भन्दै मोदीले व्यङ्ग गरेका थिए।
छिट्टै बिहारमा हुन लागेको चुनावका कारण मोदी र अर्को गठबन्धनका नेता लालु यादवबीच तनाव बढेको हो ।
केही दिन अघि भारतमा गाईको मासु खाएको आरोपमा एक व्यक्तिलाई कुटेर हत्या गरिएको थियो।
यता बिहारको चुनाव पनि नेपालमा भारतको अघोषित नाकाबन्दी लाग्नुको कारण भएको विश्लेषण गरिने गरेको छ। यसरी,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिहारमा लोकप्रियता घट्दै गएको प्रमाणित हुँदै गएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply