Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » यसकारण बढ्याे सांसद खिरद बिक्रीकाे सम्भावना
«
Next
Newer Post
»
Previous
Older Post

पहिला सांसदको मूल्य प्रति सांसद चालिस लाख देखि असी लाखसम्म पुगेको थियो भनिन्छ । तर अहिले पक्कै पनि सांसदहरुको मूल्य बढ्यो होला ।
नेपाली कांग्रेशले संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार बनाउने भद्र सहमति तोडेर आफ्नै नेतृत्वमा सरकार बनाउने कोशिस गरिरहेको छ ।
यदि नेपाली कांग्रेसले देशी विदेशी दबाब र आफ्ना नेताहरुको व्यक्तिगत स्वार्थका लागि एमालेलाई यसरी धोका दिन्छ र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छ भने नेपालमा पुनः संसदीय फोहरी खेल सुरु हुन सक्ने सम्भावना बढ्नेछ ।
विगतमा पनि संसदमा कसैको बहुमत नभएको बेला आफ्नो पक्षमा बहुमत पुर्‍याउन सांसदहरु खरिद विक्री गर्ने निकृष्ट संसदीय फोहरी खेल भएका थिए । अहिले नयाँ संविधानले पनि सोही संसदीय व्यवस्थालाई नै नयाँ रुप रंगमा अंगालेको छ ।
संसदमा रुपान्तरित भएको संविधानसभामा कुनैपनि दलको बहुमत छैन । आफ्नो पक्षमा जसले बहुमत पुर्याउन सक्दछ, त्यसले नै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख,  र उपसभामुख पदहरुमा विजय प्राप्त गर्दछ । त्यसैले संसदमा बहुमत प्राप्त गर्नका लागि सबै खाले तरिकाहरु प्रयोगमा जान सक्ने सम्भावना राजनैतिक पर्यवेक्षकहरुले औल्याएका छन् ।
सांसदहरु सबै आफूलाई नै बेच्ने खालका छन् भन्न खोजिएको होइन । यथार्थ यो हो कि उनीहरु पनि यहि समाजका मानिस हुन् । विगतमा कयौं सभासदहरु आफ्नो रातो पासपोर्ट समेत बेचेको काण्डमा परेर कारवाही भोगेका थिए । कयौं मन्त्रीहरु भ्रष्टाचार काण्डमा मुछिएका छन् अहिले पनि । भारत जस्तो देशमा पनि सभासद खरिद विक्री भएको घटनाको इतिहास छ । यहाँ पनि विगतमा सभासद खरिद बिक्री भएकै थियो । त्यसैले अहिले पनि सभासदहरु खरिद विक्री नहोला भन्न नसकिने विज्ञहरु बताउँछन् ।
ओलीलाई प्रधानमन्त्री नबनाउनका लागि भारत पुरै शक्तिका साथ लागेको हल्ला राजनैतिक बजारमा व्याप्त छ । नेपाली कांग्रेशका कुनै नेता उठ्ने हो भने भारतले अरबौं रकमको खोलो बगाएर भएपनि ओलीलाई हराउनेछ भन्ने चर्चाले राजनैतिक बजार तातेको छ ।
यहि मौकामा चौका हान्न पनि कांग्रेशका केही नेताहरु एमालेसंगको भद्र सहमति तोड्न समेत तयार भएको बताइन्छ । तर समग्र देशको गम्भीर स्थितिलाई विचार गरेर कांग्रेशका नेताहरुले एमाले सँगको सहमति पालन गरि राष्ट्रिय सहमति बनाई प्रधानमन्त्री एमालेलाई, राष्ट्रपति कांग्रेशलाई र सभामुख एमाओवादीलाई दिएर संयुक्त रुपमा देशको समस्याको सामना गर्ने सवभन्दा राम्रो विकल्प अपनाउनु पर्ने हो ।
कांग्रेशले सांसद खरिद विक्रि गर्न थाले भने एमाले र एमाओवादी पनि चुप लागेर वस्ने स्थिति अहिले छैन भनिन्छ । विगतको चुनावमा यी तीन वटै पार्टीका उम्मेदवारहरुले सांसद पदमा जित्नका लागि लाखौं करोडौं खर्च गरेको उदाहरण छ । साथै समानुपातिकबाट पनि यी तीन वटै दलहरुले करोडौं रकम लिएर दलाल पँुजीपतिहरुलाई सभासद वनाएका थिए ।
अहिले यी तीन वटै दलका नेताहरुसँग करोडौं रुपैया निकाल्ने हजारौं सूत्रहरु छन् भनिन्छ । यदि सांसद खरिद विक्री हुने स्थिति आएमा कयौं सभासदहरुको भाग्य खुल्ने बताइन्छ । पहिला सांसदको मूल्य प्रति सांसद चालिस लाख देखि असी लाखसम्म पुगेको थियो भनिन्छ । तर अहिले पक्कै पनि सांसदहरुको मूल्य बढ्यो होला ।
जे भएतापनि संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो भन्ने कुरा पुनः एकपल्ट यी नेताहरुले प्रमाणित गर्न लाग्ने भएका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply