Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » केपी ओली प्रधानमन्त्री बन्ने निश्चित, ओलीलाई रोक्न चलखेल सुरु !
«
Next
Newer Post
»
Previous
Older Post

असोज २३, काठमाडौं  । बहुमतीय सरकार गठनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । ओली प्रधानमन्त्री बन्न प्रष्ट बहुमत एमालेको खातामा छ भने कांग्रेसबाट सभापति सुशील कोइरालाले आफू पुनः प्रधानमन्त्रीमा निर्वाचित हुने दाबी गरेका छन् । कोइरालाले पनि आफूसँग बहुमत रहेको दाबी गर्दै गरेको बेला ओलीलाई प्रधानमन्त्री बनाउन एमालेको खातामा रहेको बहुमतमा विवाद सुरु भएको छ ।

नेपाली कांग्रेसले सरकारको नेतृत्वमा दाबी गरेसँगै एमालेको बहुमत बाँडिने सम्भावना बढेको छ । ओलीलाई प्रधानमन्त्रीमा रोक्न एमाओवादीदेखि राप्रपासम्मका मत बाँडिने देखिएको हो । यी दुबै पार्टीमा ओलीलाई समर्थन गरेको भन्दै विरोध सुरु भइसकेको छ भने एक पक्षले कांग्रेसलाई समर्थन गर्ने संकेत देखाएको छ । जून मत ओलीका लागि अमूल्य बहुमत हुन् ।

एमाओवादीमा बाबुराम पक्षका २९ जना नेताहरुले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै एमाले अध्यक्ष ओलीलाई समर्थन गरेको भन्दै विरोध जनाएका छन् ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई समर्थन गरेपछि पार्टी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पक्षधरका २९ नेताहरुले विज्ञप्ती निकालेर विरोध जनाएका हुन् ।
एमाओवादी नेताहरु गंगा श्रेष्ठ, देवेन्द्र पौडेल, नवराज सुवेदी, रामचन्द्र झा लगायतका २९ नेताहरुले जारी गरेको विज्ञप्तीमा बहुमतीय सरकार गठनमा एमालेलाई समर्थन गर्ने निर्णयको विरोध गरिएको छ ।

विज्ञप्ती अनुसार बाबुराम पक्षका नेताले प्रचण्डको ओलीलाई समर्थन गर्ने निर्णयमा सहयोग नगर्ने संकेत देखाएका छन् । यसले ओलीलाई प्रधामन्त्री बन्न चाँहिने बहुमत नपुग्न सक्छ । स्रोतका अनुसार ओलीलाई प्रधानमन्त्रीबाट रोक्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना पक्षीय नेतालाई निर्देशन दिएका छन् ।

उनले कुनै पनि हालतमा ओली प्रधानमन्त्री हुन हुन्न भन्ने अडान राखेको एमाओवादी स्रोतको दाबी छ । जसका कारण शनिबार एमाओवादीका २९ नेताले संयुक्त विज्ञप्ती निकालेका हुन् ।

यता ११ सीट भएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि विवाद कायमै छ । अहिले राप्रपामा चन्द र राणा गरी दुई पक्षका कारण मत बाँडिने सम्भावना बढी छ । स्रोतका अनुसार अहिलेका अध्यक्ष लोकेन्द्र बहादुर चन्द पक्षधरले कांग्रेसलाई समर्थन गर्ने बुझिएको छ भने पशुपति सम्शेर राणा समूह ओलीको पक्षमा छ । यसो हुँदा राप्रपाका पाँच मत एमालेले नपाउने सम्भावना बढी छ । जसले ओलीलाई बहुमतबाट प्रधानमन्त्री बन्नबाट रोक्न सक्छ । यद्यपी अन्य साना पार्टीको भोट पाएमा भने बहुमत पुग्न सक्छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply