Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भारतले लगाएको नाकाबन्दी हटाउनुपर्छ– नेता माधवकु्मार नेपाल
«
Next
Newer Post
»
Previous
Older Post

२३ असोज, भक्तपुर  । नेकपा एमालेका नेता माधवकु्मार नेपालले अन्तर्राष्ट्रिय कानुन र सन्धि सम्झौता विपरीत भारतले लगाउदै आएको नाकाबन्दी तत्काल हटाउनुपर्ने बताएका छन् ।

एमाले नगरकोट नगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै नेता नेपालले  नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै भारतले नाकाबन्दी लगाउनु बिल्कुल गलत भएको उल्लेख गरे ।

नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताबाट कमाएको माया र सम्मान गुमाएको बताउँदै नेपालको समस्या सुल्झाउन भारत–नेपालबीच आवश्यक वार्ता एवम् छलफल आवश्यक भएको औँल्याए ।

संविधान अध्ययन नै नगरी मधेसमा गलत प्रचार गरिएको टिप्पणी गर्दै नेता नेपालले मधेसी, थारु, मुस्लिम, आदिवासी, जनजाति तथा महिलाको छुट्टै आयोग बनाएर उनीहरुको थप मागलाई सम्बोधन गर्ने व्यवस्थासमेत गरिएको बताए ।

उनले संविधानसभामा प्रतिनिधित्व गर्ने ८५ प्रतिशत सभासद्को समर्थनमा बनेको नेपालको संविधान उत्कृष्ट संविधान भएको जिकिर गरे ।

मधेसका नागरिकले संविधानको यथार्थाता बुझेर मात्रै आन्दोलनमा साथ दिनुपर्ने बताउँदै उनले मधेस आन्दोलन सीमित व्यक्तिको स्वार्थले जेलिएकाले तत्काल आन्दोलन रोकेर नाकाबन्दी सहज बनाउन मधेसी जनता लाग्नुपर्ने बताए ।

एमाले नगरकोट नगर कमिटीका अध्यक्ष विष्णु लामाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायतले भारतको नाकाबन्दी खुलाउन सबै समुदाय एवम् निकाय एक भएर लाग्नुपर्ने धारणा राखे ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply