Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » बलिउडमा कुन हिरोइनको मोल कति?
«
Next
Newer Post
»
Previous
Older Post

बलिउडकी सबैभन्दा महँगी अभिनेत्री हुन्, दीपिका पादुकोण। फिल्म करिअरको सात वर्षमै यी २९ वर्षीया अभिनेत्रीले आफूलाई सफलताको शिखरमा पुर्यातएकी छिन्। 
बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री दीपिकाले सञ्जय लीला भन्सालीको फिल्म 'बाजीराव मस्तानी'का लागि नौ करोड भारु लिएकी छिन्। अहिले उनी यही फिल्मको छायांकनमा व्यस्त छिन्। सन् २००७ मा शाहरुख खानसँग फिल्म 'ओम शान्ति ओम'मा काम गरेर दीपिकाले बलिउडमा प्रवेश गरेकी थिइन्। त्यसयता उनले 'रेस–२', 'ककटेल', 'ये जवानी हे दिवानी', 'चेन्नई एक्सप्रेस', 'गोलियोँ'लगायत सुपरहिट फिल्ममा काम गरिसकेकी छिन्। गत वर्ष मात्रै उनको 'फाइन्डिङ फेनी' र 'ह्याप्पी न्यू इयर' गरी दुइटा फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरेका थिए।  दीपिकालाई फिल्ममा लिनु नै फिल्म हिट बनाउन पर्याप्त छ भन्ने छाप बलिउडमा परेको छ, जसकारण उनको मोल दिनदिनै बढिरहेको छ। Katrina-Kaif कट्रिना कैफ बलिउडमा अहिले सर्वत्र प्रशंसा गरिएकी र धेरै दर्शकले मन पराएकी अभिनेत्रीमा पर्छिन्, कटि्रना कैफ। उनी बलिउडकी दोस्रो महँगी अभिनेत्रीमा पर्छिन्। 
एउटा फिल्मका लागि उनले साढे पाँचदेखि छ करोड भारु लिने गरेकी छिन्। ३० वर्षीय कटि्रना अभिनीत फिल्म 'धुम–३'ले बक्स अफिसमा धमाका मच्चाउँदै विभिन्न रेकर्ड कायम गरेको थियो। उनको पछिल्लो फिल्म 'ब्याङ–ब्याङ'ले पनि बक्स अफिसमा राम्रो नतिजा ल्यायो। यो फिल्मका लागि उनले निकै मोटो रकम लिएको बताइएको छ। उनले फेसन शो र मोडलिङबाट पनि मनग्गे कमाउने गरेकी छिन्। अहिलेसम्म उनले करिब साढे ६५ करोड भारु कमाइसकेकी छिन्। kareena-kapoor करिना कपुर बिहे गरेपछि अभिनेत्रीहरूको करिअर ओरालो लाग्ने र योसँगै उनीहरूको मोल पनि घट्दै जाने गरेको छ। तर, यो कुरा अभिनेत्री करिना कपुरको हकमा लागू भएको छैन। 
अभिनेता सैफ अलि खानसँग बिहे गरेपछि पनि बलिउडमा उनको दबदबा कायमै छ। अहिले पनि उनी महँगी अभिनेत्रीको सूचिमा छिन्। एउटा फिल्ममा काम गरेबापत उनले सात करोड भारुसम्म असुलेकी छिन्। फिल्म 'हिरोइन'का लागि उनलाई यति मोटो रकम दिइएको थियो। तर, फिल्म भने फ्लप भयो। बलिउड समीक्षकहरूले यदि 'हिरोइन' सुपरहिट भएको भए करिना बलिउडकी सबैभन्दा महँगी अभिनेत्री बन्ने थिइन् भन्ने बताउने गरेका छन्। गत वर्ष अगस्टमा रिलिज भएको उनको फिल्म 'सिंघम रिटर्न्स'ले आफूलाई सय करोड कमाउने फिल्महरूको क्लबमा पार्न सफल भएको थियो। यद्यपि, यो फिल्म 'सिंघम'जति हिट भने हुन सकेन। मुम्बईमा जन्मिएकी यी ३३ वर्षीया अभिनेत्रीको आम्दानीको मुख्य स्रोत भनेका फिल्म, टीभी शो र फेसन शो हुन्। अहिलेसम्म उनले ७४ करोड भारुजति कमाइसकेकी छिन्। एउटा फिल्मका लागि उनको प्रचलित रेट तीनदेखि चार करोड भारु भएको बताइन्छ। priyanka-chopra प्रियंका चोपडा बलिउडकी चौथो महँगी अभिनेत्रीमा पर्छिन्, प्रियंका चोपडा। एउटा फिल्ममा काम गरेबापत उनले सात करोड भारुसम्म असुलेकी छिन्। 
यद्यपि, उनको प्रचलित रेट चाहिँ तीन करोड भारु हो। उनको अभिनयको सबैभन्दा बढी तारिफ भएको फिल्म 'बर्फी' हो। त्यसबाहेक फिल्म 'फेशन'मा पनि उनको अभिनयको राम्रो प्रशंसा भएको थियो। बलिउडमा उनको मोल फिल्म 'बर्फी'पछि बढेको हो। 'बर्फी'पछि उनी सबै खालका भूमिका निर्वाह गर्न सक्छिन् भन्नेमा बलिउडका निर्माता तथा निर्देशक विश्वस्त भएको बताइन्छ। सन् २०१४ प्रियंकाका लागि सफलताको अर्को महत्वपूर्ण खुड्किलो साबित भयो। गत वर्ष उनले 'मेरी कोम'जस्तो नारी पात्रलाई प्रमुख बनाइएको फिल्ममा काम गरिन्। यो फिल्म सफल भएपछि प्रियंकाको भाउ अझ बढेको छ। अभिनयबाहेक उनी गायनमा पनि सक्रिय हुन खोजिरहेकी छिन्। फिल्म, म्युजिक भिडियो र मोडलिङ ३१ वर्षीया प्रियंकाका आम्दानीका मुख्य स्रोत हुन्। अहिलेसम्म उनले ४० करोड भारु कमाइसकेकी छिन्। 

अनुश्का शर्मा शाहरुखको अपोजिट भएर बलिउडमा डेब्यू गरेकी थिइन्, अभिनेत्री अनुश्का शर्माले। शाहरुखको सहयोगले बलिउडमा परिचय बनाएकी अनुश्काले अर्का खान अभिनेताका कारण आफ्नो भाउ बढाएकी छिन्। आमिर खानसँग फिल्म 'पिके'मा काम गरेपछि उनी बलिउडकी महँगी अभिनेत्रीको सूचिमा परेकी छिन्। 'पिके'मा अनुश्काको टेलिभिजन पत्रकारको रोल छ।
 उनले एउटा फिल्मका लागि पाँचदेखि छ करोड भारुसम्म असुलेको अनुमान गरिएको छ। यद्यपि, यो उनको प्रचलित रेट भने होइन। पिकेमा काम गर्दैगदा अनुश्कालाई 'बम्बई भेल्भेट', 'एनएच–१०' फिल्ममा काम गर्ने अफर आयो। अनुश्का अहिले यी फिल्मका छायांकनमा व्यस्त छिन्। दुवै फिल्मका लागि उनले चर्काे पारिश्रमिक लिएको बताइन्छ। उनले अहिलेसम्म २० करोड भारु आम्दानी गरिसकेकी छिन्।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply