८ भदौ– काठमाण्डु, कैलालीमा सोमबार भएको हिंसात्मक घटना सेलाउन नपाउँदै मंगलबार बिहान फेरि तनाब बढेको छ । त्यहाँ थारुहटका कार्यकर्ता बिरुद्ध अक्रोश पोख्दै युवाहरुको समूहले नाराबाजी गरेको हो ।
उनीहरुले कफ्र्यू तोड्दै सडकमा निस्किएर प्रदर्शन गरेपछि प्रहरीले चार राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले थारु सभासद् रामजनम चौधरी र थारुहटका कार्यकर्ता विरुद्ध नाराबाजी गरिहरेका छन्। उनीहरुले थारु नेता तथा कार्यकर्ताको घर तोडफोड गर्ने भन्दै आक्रोश पोखेका छन्।
No comments