Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » धुर्मुस र सुन्तलीले साढे १६ लाख सहयोग गर्ने
«
Next
Newer Post
»
Previous
Older Post

३० अप्रिल २०१५ -  सरकारका सरसफाई दूत तथा कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे सुन्तलीले भूकम्प पीडितलाई १६ लाख पचास हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।

अमेरिकाका विभिन्न शहरहरुमा हास्यव्यङ्गत्माक एवं सांगतिक कार्यक्रम गर्दे आएको कलाकार सिताराम कट्टेलको टोली नेपालमा गएको विनासकारी भूकम्पवाट भाव विलह् भएको छ । यसैले यस टोलीले नेपालमा गएको विनासकारी भूकम्पका समय संगै आफ्ना सम्पूर्ण अमेरिकामा देखाइने कार्यक्रमहरु रद्द गरिसकेको छ।

टोलीमा रहेका सदस्यहरुका अनुसार सम्पूर्ण रुपमा नेपाल फर्कनका लागी मानसिक रुपमा उनीहरु तयार रहेका छन । यसै विच चर्चित हास्य कलाकार तथा नेपाल सरकारको सरसफाई दुत सिताराम कट्टेल भूकम्पवाट नेपाली जनजीवनमा पर्न गएको क्षतिवाट निकै भावुक वनेका छन । हामी संगको कुराकानीमा निकै भावुक वनेका उनले भने :

भोकै प्यासै देख्छु सवै गाह्रो भयो वाच्न
देशै रोएको वेलामा सक्दिन म हास्न ।।

निकै चमकदमकका साथ यही गत अप्प्रिल १ देखि अमेरिकामा शुरु भएको उनीहरुको कार्यक्रम एकाएकको विनासकारी भूकम्पका कारण वन्द गर्नु परेको थियो । तथापि कार्यक्रम वन्द भएको भन्दा पनि देशमा के भइरहेको छ भन्ने तर्फ उक्त टोलीका अधिकांश सहभागीहरु चिन्तित देखिन्छन । सवै जना कहिले नेपाल पुगीने हो भनी आतुर देखिन्छन।

यसैविच कलाकार कट्टेल र उनकी श्रीमति कुन्जना घिमिरेले अमेरिकामा रहि विभिन्न कार्यक्रम वाट उठेको रकम एवं नेपाल सरकारको सरसफाई दुतका रुपमा उठेको पैसा रु. १६ लाख पचास हजार रुपैया भूकम्प पिडितहरुलाई राहत स्वरुप उपलव्ध गराउने भएका छन।

उनीहरुका अनुसार हाल देश भरिमा ठूलो पिडा छाएको छ । मानिसहरु एक छाकका लागी भौतारिन परेको छ । अझै कति वेपत्ता छन, कति अङ्गभङ्ग भएका छन, कतिका परिवार हराएका छन यस्तो वेलामा केही सान्त्वना स्वरुप यो रकम दिइएको हो । यसै विच उनीहरुले यस दुखद घडिमा भूकम्प पिडितहरुलाई सक्दो सहयोग गर्न आफ्ना दर्शक एवं शुभचिन्तकहरुलाई पनि हात जोडि आव्हान गरेका छन।

उक्त टोलीमा कलाकार सिताराम कट्टेल र उनकी श्रीमति कुन्जना घिमिरे वाहेक चर्चित गायक प्रमोद खरेल, पशुपति शर्मा एवं संगिता थापामगर रहेका छन । उनीहरु यही मे २, शनिवारका दिन नेपाल उढने तयारीमा छन। 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply