Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » ओस्प्रे विमानको राहत खै ? अमेरिकी कुकुरलाई भात खुवाउनै गाह्रो !
«
Next
Newer Post
»
Previous
Older Post

२२ वैशाख, काठमाडौं । अमेरिकाबाट तामझामका साथ त्रिभुवन विमानस्थलमा ओर्लिएका चारवटा ‘युद्धक’ विमानले कति राहत ल्याए होलान् ? तपाईलाई लाग्दो हो, त्यति ठूला विमानले पक्कै पनि टन्नै राहत ल्याएको हुनुपर्छ । तर, वास्तविकता अर्कै रहेछ ।



भूकम्प गएको ८ दिनपछि उद्दारको काम सकिने बेलामा काठमाडौं आइपुगेका अमेरिकी भी २२ ओस्प्रे विमानले ल्याएको राहत हेर्न मंगलबार प्रधानमन्त्री कार्यालयको टोली गोदाममा गएको थियो । तर, त्यहाँ १९६ वटा टेण्ट बाहेक अरु केही सामान थिएन ।

‘खोइ त अमेरिकी विमानहरुले ल्याएको राहत ?’ प्रधानमन्त्री कार्यालयलाई गृह स्रोतले भन्यो- ‘उनीहरुले सरकारलाई केही पनि बुझाएनन्, केही चिज ल्याएका छन् भने त्यो पनि युएसएडकै तर्फबाट आफैं बाँड्ने अमेरिकी योजना रहेको बुझिएको छ ।’

कुकुरको खर्च राहतमै कटाइयो

मंगलबार दिउँसो अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले युएसएडका प्रतिनिधिलाई प्रधानमन्त्री सुशील कोइरालासँग भेट गराएका थिए । सो भेटमा युएसएड प्रतिनिधिले सरकारलाई गरेको सहयोगको घोषणासमेत गरियो । तर, सो सहयोगमा अमेरिकी कुकुरले खाने खर्चसमेत कटाइएको नेपालका सरकारी अधिकारीहरुले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

‘उनीहरुका कुकुरलाई खान्की खुवाउन साह्रै गाह्रो रहेछ, ५० वटा कुकुरको खर्च दैनिक एक लाखजति छ,’ स्रोतले भन्यो,’ नेपालमा ल्याइएका कुकुरलाई खुवाउने खर्च पनि राहत दिएको सूचीमा समावेश गरेर युएसएडले सहायता घोषणा गरेको छ ।’

गृहस्रोतका अनुसार अहिले नेपालमा अमेरिकी ५० समेत गरी एक सयभन्दा बढी विदेशी कुकुरहरु छन् । तिनीहरुको प्रयोजनभन्दा खर्च बढी छ । एउटा कुकुरलाई पाल्ने खर्चले गाउँमा धेरैजना भूकम्प पीडितलाई राहत दिन सकिन्छ ।

अमेरिकी विमान भैरहवा पुगे

ढीलो गरी आएका अमेरिकी विमानहरु भूकम्प प्रभावितको राहत र उद्दारमा खासै प्रयोग हुन सकेका छैन् । विमानस्थलमा राहत झारेर फर्किने बताइए पनि ती विमान मंगलबार भैरहवा एयरपोर्टमा लगिएका छन् । पोखरा र काठमाडौं विमानस्थलमा भारतीय विमान बसेजस्तै भैरहवामा अमेरिकी विमानहरु राखिने छन् ।

आइतबार अमेरिकाबाट चारवटा भी २२ ओस्प्रे विमान काठमाडौं आएका थिए । तर, अहिलेसम्म एउटाले मात्रै सोमबार र मंगलबार एक एक खेप दोलखाको चरिकोटमा ३०० किलो राहत पुर्‍यायो ।

गृहमन्त्रालय स्रोतका अनुसार अमेरिकी चार ओस्प्रे र एक एएच १ एच हेलिकोप्टरले आफ्नो एयर बेस भैरहवा विमानस्थललाई बनाउने भएको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकाललाई उधृत गर्दैै गृह स्रोतले दिएको जानकारी अनुसार अमेरिकाले भैरहवामा उडान नगरी ल्याण्डिङ गर्नका लागि मात्रै राख्ने अनुमति मागेको छ ।

लुम्बिनीमा केही दिन विमान राख्नका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले मंगलबार प्रधानमन्त्रीलाई भेटेर अनुमपति मागेको स्रोतले बतायो । ‘त्रिभुवन विमानस्थलमा ठाउँ नभएकाले अमेरिकी विमान भैरहवामा पठाइएको हो’ स्रोतले भन्यो ती विमानले उडान नभर्ने अमेरिकी अधिकारीले नेपाल सरकारलाई आश्वस्त पारेका छन् ।

थप अमेरिकी विमान आउँदै

अमेरिकी सेनाको चार विशेष विमान सी १७ मंगलबार नै आउँदैछ । यो विमानले राहत ल्याउनेछ । पररराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले अमेरिकी थप विमान आउने पुष्टि गरे ।

यसैवीच मंगलबार टर्कीको उघार टोलीले पूर्णरुपमा नेपाल छाडेको छ । तर, भारत, फ्रान्स, स्वीडेन, नेदरल्याण्ड लगायतका देशका उद्दार टोलीहरु भने अझै नेपालमै छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply