Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » » » उद्दारका नाममा भारतको गिद्दे नजर, आफूखुसी सैनिक उडान
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौ । नेपालमा गएको विनाशकारी महाभूकम्पपछि जारी उद्दार तथा राहत वितरणमा भारतीय पक्षको वर्चस्व र मनोमानी देखिएको छ ।

भारतीय पक्षले नेपालसँग समन्वय गर्नुको साटो सरकारी आग्रहलाई समेत वेवास्ता गर्दै उत्तरी क्षेत्रमा बढी चासो देखाएको र आफ्ना नागरिकको उद्दारमा मात्रै केन्द्रीत हुने गरेको गुनासो बढ्न थालेको हो ।
नेपाली आवश्यकता भन्दा पनि भारतीय सैन्य हेलिकप्टरहरुले नेपाल–चीन सीमा क्षेत्रतिर उडान गरेपछि नेपाली पक्ष हैरानीमा परेको विमानस्थल सुरक्षा स्रोतको भनाई छ ।
भारतीय हेलिकप्टरहरु रसुवाको लाङटाङ, सोलुखुम्बुको लुक्ला, सिन्धुपाल्चोकको तातोपानीलगायतका क्षेत्रमा बढी केन्द्रीत भएको विदेशी सैनिक तथा उद्दारकर्ताको समन्वयको जिम्मा पाएका नेपाली सेनाका अधिकृतहरुको गुनासो छ ।
भारतीय सैनिकहरु चिनियाँ क्षेत्रतिर केन्द्रित भएको विषयमा बिहीबार सैनिक जनसम्पर्क निर्देशनालयको पत्रकार सम्मेलमा पनि प्रश्न उठेपनि भारतीय सेनालाई नेपालको भूगोलबारे जानकारी नभएको उत्तर आएको थियो ।
महाभूकम्पलगत्तै भारतले नेपालप्रति चासो देखाउँदै ठूलो संख्यामा सेना, उद्दारकर्ता र हेलिकप्टर पठाएपनि प्रभावकारी उद्दारकार्य हुन सकिरहेको छैन भने कतिपय स्थानमा नेपाल सरकारसँग समन्वयको अभाव समेत देखिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भूकम्प गएलगत्तै आपतकालीन बैठक राखेर तत्काल उद्दारका लागि चारवटा नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) टोली नेपाल पठाउने निर्णय गराएका थिए ।
भारतले सगरमाथा आरोहणमा आएका आफ्ना नागरिक उद्दारमा दुई दिन खर्चिएको थियो भने बिहीबार लुक्ला पुगेको भारतीय हेलिकप्टर पनि आफ्ना नागरिकलाई मात्रै लिएर फर्किएको थियो ।
यस्तै भारतीय जहाजहरुले आफ्ना सञ्चारकर्मीहरुमात्रै लिएर प्रभावित ठाउँहरुमा उडान भरेका थिए । नेपाली सञ्चारकर्मीहरुले प्रवेश नपाउने विमानस्थलका कतिपय क्षेत्रमा समेत भारतीय सञ्चारकर्मीहरुलाई प्रवेश दिइएको थियो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply