Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » भक्तपुरमा पुरिएका शब निकाल्न नसक्दा दुर्गन्ध फैलिन थाल्यो
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । गत शनिवार गएको महाभूकम्पमा परी भक्तपुर नगरपालिकामा पुरिएका शबहरु निकाल्न नसक्दा अहिले वातावरण दुषित बन्दै गएको छ ।
भक्तपुर नगपालिकामा मात्र अहिले पनि सयौंको संख्यामा व्यक्तिहरु बेपत्ता भएको र पुरिएको प्रहरीको दाबी छ ।

नगरपालिकामा अधिकांश घरहरु पुराना र एक आपसमा जोडिएका रहेकोले अन्य स्थानमा भन्दा बढि प्रभावित भएको छ । सात दिनदेखि टोलीले उद्दार कार्य जारी राखेपनि अझै शव निकाल्न नसकिएको हो ।
भक्तपुर नगरपालिकामा पुरिएका शबहरु कुहिन थालेपछि दुगन्ध फैलिएको छ भने नयाँ घोषित नगरपालिकामा भूकम्पमा परी पुरिएका पशुपंन्छी कुहिएर वातावरण दूषित बन्दै गएको हो ।
पुरिएका शब र पशुपंन्छी झिक्न स्थानीय प्रशासन गम्भिर हुन नसकेको स्थानियको आरोप छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले पुरिएका शब र पशुपन्छीको उद्दार गर्न नसकेको बताएका छन् ।
उनका अनुसार शुक्रबारसम्म भक्तपुरमा मृत्यु हुनेको संख्या २ सय ६७ र घाईते १ हजार ८ स ८७ जना रहेका छन । यो संख्या बढ्ने क्रम बढ्दै गएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले पुरिएका शबहरु निकाल्ने क्रम जारी रहेपनि अहिलेसम्म निकाल्न नसक्दा समस्या भएको बताएका छन् ।
उनले प्रशासनले सकेसम्म राहत र उद्दार कार्य जारी राखेपनि अझै सबै स्थानमा राहत पु¥याउन नसकिएको स्वीकार गरे । स्थानीयबासीहरुले अझै राहत नपाएको गुनासो गरेका छन ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply