Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » लेगुवा भोजपुर ६६ किमी सडक कालोपत्रे हुँदै a
«
Next
Newer Post
»
Previous
Older Post

२६ बैशाख, भोजपुर । लेगुवा भोजपुर ६६ किलोमिटर सडक कालोपत्रे गर्ने काम शुरु भएको छ । एसीयाली विकास बैंकको ऋण सहयोगमा नारदमुनि थुलुङ्ग राजमार्ग कालपत्रे काम शुरु गरिएको हो । 


सडक कलोपत्रे गर्न बैंकले १ अरब ८९ करोड २९ लाख ६८ हजार ८ सय ऋण सहयोग गरेकोमा ठेकेदार कम्पनीले ९९ करोड ४४ लाख ६७ हजार ५ सय रुपैंयामा ठेक्का लिएका छन् । सडक कालोपत्रेको ठेक्का ३० महिनामा सम्पन्न गर्ने गरी चिनिया कम्पनी तेन्जिन–रमन र कन्काई कन्ट्रसनले लिएका छन् । 

कालोपत्रे हुने सडक खण्ड हाल चौडा पार्ने काम भइरहेको लेगुवा भोजपुर सडक आयोजनाका प्रमुख राजेन्द्र प्रसाद शाहले बताए । “अहिले काम धमाधम भैरहेकाले कुनै बाधा उत्पन्न नभए सम्झौता भएको मिती सम्ममा काम फत्ते हुन्छ,” शाहले भने । सडक आयोजनाले नाली समेत गरी साँढे तीन मिटरको सडक कालो पत्रे गर्ने छ । डिजाइन अनुसार नाली, ग्याविन कल्भटहरु समेत निर्माण गर्नु पर्ने भएकाले ति कामहरु पनि एकै साथ सम्पन्न हुने प्रमुख शाहको भनाई छ ।सडकको ३० मिटर आसपासमा भएका जग्गा घरटहराको मुअव्जा वितरण गर्ने काम ८६ प्रतिशत भइसकेको उनले बताए । 

“मुअव्जा वितरणको काम ८६ प्रतिशत बढी सकिसकेको छ, अव १७७ कित्ता जग्गा र १८ घर टहराको मुअव्जा वितरण गर्न बाँकी छ,” उनले भने “जिल्ला बाहिर बसोबास गर्नेहरुको मुअव्जा दिन बाँकी हो हामीले मुअव्जा लिन बाँकी भएकाहरुलाई विभिन्न तवरले खवर गरी वितरणको काम पनि गरीनै रहेका छौ ।” 
आयोजनाले मुअव्जा पाईसकेकाहरुलाई सडक आसपासका घर टहरा भत्काउन आग्रह समेत गरेको छ । सडक कालोपत्रेको काम शुरु भएपछि स्थानिय भने सहज यत्रा गर्न पाईने, अहिले कायम भएको भाडादर घट्ने र जिल्लाले विकासका हिसावले फड्को मार्नेमा आशावादी छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply