Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » धरहराका इँटामा भिन्न समयका तीन मिति उल्लेख
«
Next
Newer Post
»
Previous
Older Post

शनिबार गएको विनासकारी भूकम्पबाट पूर्णरुपमा ध्वस्त भएको धरहरामा भिन्न समयका तीन मिति कुँदिएका इँटा फेला परेका छन्।
धरहरा निर्माण गर्न प्रयोग गरिएका ती इँटामा ‘विसं १८८८’, ‘विसं १९०८’ र ‘श्री ३ जुद्ध १९९१’ लेखिएको पाइएका हुन् । 

विसं १८८८ मा राजा राजेन्द्रविक्रम शाहको शासनकाल रहेको थियो भने त्यसताका तत्कालीन नेपालका मुख्तियारी (सरकार प्रमुख) को जिम्मेवारी भीमसेन थापाले सम्हालेका थिए। 

यसैगरी १९०८ सालमा नेपालमा राजा सुरेन्द्रविक्रम तथा प्रधानमन्त्री जङ्गबहादुर राणा थिए। यस्तै १९९१ मा राजा त्रिभुवन र जुद्धशमशेरले नेपालमा शासन गरेका थिए। 

विसं १८८१ ताका मुख्तियारी थापाले दुईवटा धरहरा एकै समयमा निर्माण गर्न लगाएका थिए। एउटा लगन टोलमा रहेको आफ्नो दरबारमा उनले निजी धरहराको निर्माण गर्न लगाएका थिए भने सोही समयमा तत्कालीन राजा रणबहादुर शाहकी रानी त्रिपुरासुन्दरीलाई समर्पण गर्दै सुन्धारामा अर्को धरहरा बनाउन लगाएका थिए। 

तत्कालीन अवस्थामा पनि नेवारी समुदायले मनाउने पर्व सिठी नःखका अवसरमा विभिन्न सम्पदाको सामान्य मर्मतसम्भार हुने गर्दथ्यो। विभिन्न मितिका इँटा प्रयोग भएको भेटिनुले विसं १८८८ ताका पनि धरहराको सामान्य मर्मत भएको र त्यही मितिका इँटा धरहरामा प्रयोग भएको हुनसक्ने इतिहासविद् प्राध्यापक दिनेशराज पन्त बताउँछन्। 

उनका अनुसार विसं १८९० मा गएको ठूलो भूकम्पका कारण ती दुवै धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो।
मुख्तियार थापाले आफ्नो निजी धरहराको पुनःनिर्माण गराएनन् तर त्यसलगत्तै सुन्धारामा रहेको धरहरामा नै आफ्नो निजी धरहराको समेत इँटा प्रयोग गरी नयाँ १२ तले धरहरा निर्माण गराए। उक्त समयमा नगरको सुरक्षा तथा नगरवासीलाई विभिन्न प्रकारका सूचना तथा जानकारी प्रवाह गर्न धरहराको प्रयोग गरिन्थ्यो। 

करिब एक सय वर्षपछि पुनः विसं १९९० माघ २ गते बिहीबारका दिन गएको प्रलयकारी भूकम्पका कारण सो धरहरा पूर्णरुपमा ध्वस्त भयो। १९९१ सालमा प्रधानमन्त्री जुद्धशमशेरले सोही स्थानमा नौ तले धरहराको पुनःनिर्माण गराएका थिए। 

मुलुकको एक मात्र सांस्कृतिक तथा ऐतिहासिक धरोहरका रुपमा रहेको उक्त धरहरा गत शनिबार गएको विनासकारी भूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएपछि कयौँले ज्यानसमेत
गुमाउन पुगे।

इतिहासविद् प्राध्यापक पन्तका अनुसार पाश्चात्य ‘आर्किटेक्चर’ मा बनाइएको उक्त धरहरा नेपालको माटो तथा हावापानीसँग नमिल्दो रहेको उल्लेख गर्दै यस्ता महत्वपूर्ण सम्पदाहरु सम्बन्धित निकायले अभिलेख गरेर राख्न सके नयाँ पुस्तालाई ऐतिहासिक वस्तुको यथार्थ जानकारी गराउन सकिने बताए। 

नौतले सो धरहरा ध्वस्त भएपछि त्यसमा प्रयोग भएका बहुमूल्य इँटाहरु चोरिने क्रम बढेकाले प्रहरीले निगरानी बढाएका छन्। सो स्थानमा इँटा चोरी गर्नेलाई कारबाही गरिने व्यहोरा उल्लेख गरी सूचना टाँस गर्नुपरेको नेपाल प्रहरीका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए। 

पर्यटकीय दृष्टिकोण, नगरको सौन्दर्य, जनमानसमा आकर्षणको केन्द्रका साथै विभिन्न धर्मावलम्बीको साझा थलोका रुपमा रहेको धरहरा ध्वस्त हुँदा सम्पदाको क्षेत्रमा अपूरणीय क्षति भएको छ। रासस

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply