Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

‹
›

Sports

Technology

Slider

Politics

Sex and Crime

Comedian actor and singer Wilson Bikram Rai is popularly known as Takme Budo due to his hit character that got appreciated form teleserial Meri Bassai. Wilson is busy with stage performance and tour abroad and within Nepal. Wilson Bikram Rai has teamed up with Kedar Ghimire for a new serial
Khas Khus which has been broadcast on Nepal Television. Wilson Bikram has also recently signed a bollywood film with Bipasa Basu being featured as an actress. Wilson Bikram Rai is also singer who brings his single track which is usually funny pattern. According to Wilson, he has earned lots of love and appreciation from audience rather than wealth. He shares that he is only one actor of Nepal who don’t have still car or bike or scooter. He shares he loves to live simple and he is satisfied with what he has became.

कृषि मन्त्री हरिबोल गजुरेल  डब्बु क्षेत्रीद्वारा निर्देशित फिल्म राहदानी हेरेर निस्केपछि बच्चाजसरी रोएका छन् । उनले क्यामराकै अगाडि डाँको छोडेका हुन् ।
वैदेशिक रोजगारीको विषयमा बनेको फिल्म हेर्न मन्त्री आफ्नो दलबलसहित बिहीबार बेलुकी सिटी सेन्टर पुगेका थिए । फिल्ममा भावुक सिन आउँदा हलभित्रै मन्त्रीले आँशु झार्न थालेको निर्देशक क्षेत्रीले बताए ।
‘फिल्मको कथामा एक गरिब परिबारको गाई मरेको दृष्यपछि मन्त्रीज्यू भावविव्हल हुनुभएको थियो,’ क्षेत्रीले अनलाइखबरसँग भने, ‘त्यसपछि लगातार उहाँको आँखामा आँशु छचल्किइरहेको मैले देखेँ ।’
फिल्म सकिएर बाहिर निस्कदा मन्त्री गजुरेल निकै भावुक मुद्रामा थिए । उनलाई सञ्चारकर्मीले रोकेर फिल्मको विषयमा प्रतिक्रिया मागे । तर मन्त्रीले धेरै बोल्न सकेनन् ।
‘यो चलचित्र सत्यमा आधारित छ । मैले कतार दुवईमा जाँदा जे देखेँ त्यसलाई यहाँ कलाकारले पर्दामा प्रस्तुत गर्नुभएको छ । यो सटिक यथार्थपरक छ । मलाई लाग्छ, यो विदेशीएका युवाहरुको…’ यति भन्नासाथ मन्त्रीले मुख बिगारे अनि क्वाँक्वाँ गरे । त्यसपछि आफ्नै हातले अनुहार छोपेर झण्डै घुुँक्क घुँक्क गर्दै झण्डै आधा मिनेट रोए । अनुहारबाट हात हटाएर पनि रोइरहेपछि निर्देशक क्षेत्रीले उनलाई त्यहाँबाट निकालेका थिए ।

भिडिओ :
पोर्न स्टार बन्ने यम बताउने अर्चना पनेरु आफु पढ्दै गरेको स्कुल बाट रेस्टिगेट भएर केहि समय देखि काठमाडौँ मा आमा सहित बस्दै आएकी छन् ! आफ्नु यम नछोड्ने अर्चना काठमाडौँ मा पनि फेरी बिबादमा परेकी छन् !
भर्खरै काठमाडौँ प्रहरी कार्यालयमा ‘नाङ्गो फिल्म खेल्ने भए सेक्स गर्न दिन्छु, नत्र दिन्नँ’ भन्ने युवतीका कारण पीडितको जत्था पुगेको छ ! ‘सेक्स त के, हामीलाई उनीसँग केही पनि गर्नु छैन, तर उनले हामीलाई त्यस्तो भनेपछि घरबार बिग्रियो सर’भन्दै पुगेका पीडितलाई युवतीले भनिन्, ‘हिम्मत भए गरेर देखाउ न, पुलिसलाई रिपोर्ट गरेर के पाइन्छ ?’ यो रमिता हो, टेकुस्थित अपराध महाशाखाको । युवतीको कुरा सुनेर ‘ट्वाँ’ परेका साइबर क्राइमका इन्स्पेक्टर पशुपति राय कराए, ‘यहाँ चाहिने कुरा मात्रै बोल्न पाइन्छ, ख्याल गर्नुस है !’ यस्तो रमिता चलाउने युवती हुन्, यूट्युब र ट्वीटरमा नाङ्गा दृश्य अपलोड गरी चर्चामा आएकी उनै अर्चना पनेरु । जनआस्था साप्ताहिकले समाचार छापेको छ । एउटा अनलाइनसँगको अन्तर्वार्तामा नाङ्गो फिल्म खेलाए यौनसम्बन्ध राख्छु भन्दाभन्दै फलानो–फलानोले अर्कै फिल्म खेलाएर सेक्सको अफर गरेको बताइन् । त्यही कारण घरमा श्रीमतीसँग झगडा परी न्याय खोज्न फिल्म निर्देशक तथा स्वर्गीय पाण्डव सुनुवारका छोरा सिमोससहित निर्माता संघका माधव वाग्ले, चपली हाइट फिल्म बनाएका अर्जुनकुमार, झाले फिल्मका टेकेन खड्काहरू त्यहाँ पुगेका हुन् । उनीहरूलाई न्याय दिलाउने सहजकर्ताको रुपमा दासढुङ फिल्म बनाएका मनोज पण्डित पनि त्यहा पुगेका थिए । तर, अर्चनाले मुख छाडेर प्रहरी कार्यालयमै बेइज्जत गर्न थालेपछि मनोजहरू भागे । भएको यस्तो रहेछ– नाङ्गो दृष्य सहजै दिने अर्चनालाई सिमोसहरूले फिल्ममा खेल्न अफर गरे । तर त्यसअघि नै नाङ्गा दृष्यका फिल्म बनाउन कहलिएका राजु गिरीले फिल्म खेलाउने बचन दिइसकेका रहेछन् । यसअघि नायिका शुभेच्छा थापाको फोटोमा खादाले संवेदनशील अंग छोपेको दृश्य एनिमेसनबाट हालेका कारण राजु विवादमा मात्रै परेनन्, कलाकार संघले साधारण सदस्यबाट पनि निस्कासन गरेको थियो । यौन कथामा आधारित फिल्म चपली हाइट बनाएका अर्जुनकुमारले त्यस्तै फिल्ममा अर्चनालाई अफर गरेका रहेछन् । उनीहरूले अर्चनालाई पोर्नस्तटार सन्नी लियोनझै बजारमा जमाउने बचन पनि दिए । तर अर्चनाले एउटापछि मात्रै उनको फिल्ममा काम गर्ने बताइन् । ‘त्यसो भए त हुँदैन’ भनेर फर्किएका अर्जुनकुमारहरूले भनेका थिए, ‘यो कुरा यहीँ सकियो, अब कतै हामीले यस्तो अफर गरेका थियौँ भन्ने कुरा नसुनाउनु होला….!’ तर, अर्चनाले भनिन्, ‘म बिजी छु, लिन गाडी पठाउनुस !’ प्रहरी झोक्किएर, ‘गाडीसाडी होइन, हत्कडी बाँधेर, घिसारेर ल्याउन नपरोस्….! यसपछि आफै पुगिन्, अपराध महाशाखा । त्यहाँ पुगेरमात्र स्वीकार गरिन् कि, अर्जुनकुमारहरूले उनीसँग यौनको हैन, अभिनयको मात्र अफर गरेका थिए । माफ मागिएको कागजमा सही गरेर अर्चना फर्किइन । साभार -  दैनिक नेपाल डट कम बाट !!! 
-
जिस्म चलचित्र सुटिङ भइरहको अवस्थामा कास्की प्रहरीले नियन्त्रणमा लिएका मोडल अर्चना पनेरुसहित सुटिङ युनिटलाई प्रशासनले बुधबार उपस्थित हुनेगरि छाडेको छ । 
पोखराको छिनेडाँडास्थित खाल्टेमसीनामा जिस्म चलचित्रको सुटिङ भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारको टोलीले अर्चना र चलचित्र निर्देशक राजु गिरीसहित ९ जनालाई नियन्त्रण लिएको थियो । 

 आफ्नो स्वीकृति नलिई चलचित्र सुटिङ गरेकाले चलचित्र विकास बोर्डबाट जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्र आएपछि अर्चना, निर्देशक, सहायक निर्देशक, प्रोडक्सन म्यानेजर र अर्चानाकी आमा सुनिता पनेरुलगायतलाई प्रक्राउ गरिएको थियो । 

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक वेदप्रसाद जोसीले जानकारी दिए । 

चलचित्र विकास बोर्डवाट स्विकृति नलिई फिल्म सुटिङ गरेको उनीहरुमाथि आरोप छ । फिल्म निर्देशक गिरी भने सबै प्रक्रिया पुरा गरे पनि बोर्डले पूवाग्रही भएर स्वीकृत नदिएकोले सुटिङ थालिएको बताए । 

पोर्नस्टार बन्ने लक्ष्य लिएर चर्चित बनेकी पनेरुलाई गिरीले आफ्नो फिल्ममा खेलाएका हुन् । उनीहरुलाई कास्कीका प्रमुख जिल्ला अधिकारीले हरिप्रसाद मैनालीले बयान लिएका छन् । 

जिल्ला प्रशासन कार्यालय कास्कीले चलचित्र विकास बोर्डवाट स्वीकृति नलिई छायाँकनमा प्रयोग भएका सामान जफत गरि बुधवार उपस्थिती हुने शर्तमा नायिका पनेरुसहित सबै सुटिङ युनिटलाई छाडेको छ ।

चलचित्र जिस्मका निर्देशक गिरीले आफ्नो चलचित्रले सबै प्रक्रिया पु¥याएर चलचित्र विकास बोर्डमा दर्ता गराए पनि बोर्डका अध्यक्षले हस्ताक्षर नगरेर रोकेको बताए । 

आफ्नो चलचित्र बन्न नदिन राजनीति भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय कास्कीमा भेटिएकी नायिका पनेरुले चारजनाले चलचित्र रोकेको बताउँदै आफ्नो लक्ष्य पुरा गरेरै छाड्ने बताइन् । 

पोर्न फिल्मबारे पत्रकारले सोधेको प्रश्नमा उनले पोर्न फिल्म खेल्ने लक्ष्य पनि पुरा गराई छाड्ने उनले बताइन् । 
नायिका रेखा थापा, चर्चा र विवादबाट टाढा रहन नसक्ने अभिनेत्री हुन् । नेपाली चलचित्र क्षेत्रका अन्य अभिनेत्री भन्दा बढि चर्चा र विवाद नायिका थापाको नै हुने गर्छ । निर्माता छबि ओझासँग १० बर्षे बैबाहिक सम्बन्ध टुंग्याएपछि रेखालाई विवाद र चर्चाले कहिले पछ्याउँनै छोडेन । धेरै भन्ने गर्छन छबि ओझाबाट टाढिएपछि उनी विवाद र चर्चाकै लागि भएपनि विभिन्न कामहरु गर्ने गर्छिन र त्यो गर्न रेखालाई कुनै असहज महशुस नै हुँदैन ।
रेखा आफ्नो चलचित्र चलाउनका लागि कहिले छबि ओझाको अंगालोमा त कहिले विवादित अभिव्यक्तिहरु दिएइरहेकी हुन्छिन् । त्यहि क्रममा हालै फेरी रेखाको चर्चा राम्रैसँग चुलिएको छ । त्यो हो, शुक्रबार रेखाले आफ्नो फेसबुकमा नायक जीवन लुईँटेलसँग तस्विर खिचाएको र तस्विरसँगै पोष्ट गरेको स्टाटस । रेखाले आफ्नै आमा मानेकी सत्य साईआमाको जन्मदिन मनाउन हात्तिगौडा पुग्दा नायक जीवन लुईँटेल पनि त्यहिँ भेटिए । अनि रेखाले जीवनलाई अंगलोमा कसेरै फोटो खिचिन ।
त्यसपछि उक्त फोटो उनले आफ्नो आधिकारी फेसबुकमा हालिन र लेखिन्, ‘एफ्टर लङ टाईम विथ माई जिबु । आखिर जीवन रेखा नै हो त ? सिक्वेलको जमाना छ, रामप्यारीको अब जीवन रेखा १,२,३ ।’ यो स्टाटसमा रेखाले प्रेमभावसँगै जीवनसँग आगामी दिनमा नयाँ चलचित्र खेल्ने सोच पनि बनाएको बुझ्न सकिन्छ । तर रेखाले यो स्टाटस पोष्ट गरेको केहि घण्टामा नै यस अघि रेखाले निर्माण गरेको चलचित्र ‘हिम्मतवाली’मा अभिनय गरेका नायक सुदर्शन गौतमले पनि एउटा घतलाग्दो स्टाटस पोष्ट गरि हाले । सुदर्शनले स्टाटसमा लेखेका छन् ‘लाग्छ फेरी कसैको जीवन बर्बाद हुँदैछ । हुन त् मान्छे को जीवन रेखा कसले नै बुझ्न सक्छ र, भोग्नेले सिवाय ।’ यो स्टाटस सुदर्शनले रेखाको लागि नै लेखेको सजिलै बुझन् सकिन्छ ।
किनकी रेखाले आफ्नो स्टाटसमा ‘आखिर जीवन रेखा नै हो त ?’ भनेर पोष्ट गरेकी थिइन र त्यसको जबाफ सुदर्शनले यसरी दिएका थिए । यो कुरा हेर्दा कुनै दिन राम्रो साथी रहेका सुदर्शन र रेखाको सम्बन्ध अहिले पानीबाराबारको अबस्थामा रहेको बुझ्न सकिन्छ । सुदर्शनले सचेत गराउँदैं लेखेको ‘लाग्छ फेरी कसैको जीवन बर्बाद हुँदैछ’ भन्ने कुराले अझ धेरै आशंका पनि उत्पन्न गराएको छ । यो कुरा सुदर्शनले जीवन लुईँटेललाई भनेको हुन सक्ने अनुमान गर्न सकिन्छ । त्यस्तै, शनिबार भने रेखाले आफ्नो फेसबुकमा पोष्ट गरेको तस्विरलाई पुन नायक जीवन लुईँटेलले आफ्नो आधिकारीक फेसबुकमा पोष्ट गर्दै ‘मेरी राम पियारीसँग’ भन्दै स्टाटस लेखेका छन् ।
यस अघि हिम्मतवाली चलचित्र प्रदर्शनमा आउँदा रेखा थापाले दिएको अन्तर्वार्तालाई आधार मान्ने हो भने सुदर्शन र रेखा लगभग लगभग बिहे गर्ने मनसायमा थिए । चलचित्र हिम्मतवाली सफल भएपछि सुदर्शन अमेरिका लागे । सुदर्शन अमेरिका गएको केहि महिनापछि रेखा पनि अमेरिका गइन । खबरका अनुसार केहि महिना रेखा र सुदर्शन अमेरिकामा सँगै रहेका थिए । त्यसपछि रेखा नेपाल फर्किइन र उनले चलचित्र रामप्यारीको छायाँकन सुरु गरिन । त्यसपछि रेखा र सुदर्शनको सम्बन्ध लगभग टुंगियो । सुदर्शन अहिले अमेरिकाको न्यू योर्क शहरमा एक रेस्टेराँ सञ्चालन गरेर बसिरहेका छन् । चलचित्र हिम्मतवाली रेखाको कारण भन्दा पनि सुदर्शनका कारणले विशेषत सफल भएको चलचित्रका विज्ञहरु विताउँछन् । सुदर्शनले रेखा र जीवनको फोटोलाई संकेत गर्दै पोष्ट गरेको स्टाटसले पनि यति बेला अनेकौ कुराहरु उब्जाइदिएको छ ।
चलचित्र हिम्मतवाली प्रदर्शनमा आएपछि रेखा र सुदर्शनले मिलेर अमेरिकामा पेट्रोल पम्प खोलेको खबर पनि बाहिर आएको थियो, जुन कुरा रेखा स्वयले स्विकार गरेकी थिइन । सुदर्शनले नायिका रेखा थापाले निर्माण, निर्देशन र अभिनय गरेको चलचित्र ‘हिम्मतवाली’मा मुख्य भुमिकामा अभिनय गरेका थिए । हाल सुदर्शन ‘हिम्मतवाला’ नामक चलचित्रबाट फेरी दर्शक माझ आउँदैछन् । यो चलचित्रको छायाँकन क्यानडा र अमेरिकामा हुने बुझिएको छ ।
-
काठमाडौं । नग्न तस्वीर सार्वजनिक गरेर एकाएक चर्चामा आएकी नेपाली ‘पोर्नस्टार’ अर्चना पनेरुलाई यौन प्रस्ताव आएको खुलासा भएको छ ।
उनलाई फिल्ममा खेलाउने भन्दै केही फिल्म निर्देशकले यौन प्रस्ताव राखेको एक अन्तर्वार्ताका क्रममा उनले खुलाएकी हुन् ।
यतिबेला चलचित्र निर्देशकहरुको तानातानमा परेकी अर्चनालाई केही निर्देशकहरुले फिल्मको बारेमा मिटिङ छ भन्दै रेष्टुराँमा बोलाई यौकसम्पर्कको प्रस्ताव राखेको उनले बताइन् ।
पछिल्लो पटक चार लाख पारिश्रमिक लिएर चलचित्र ‘जिस्म’मा अभिनय गर्ने तयारीमा रहेकी अर्चना आफू जसरी पनि पोर्नस्टार बनेरै छाड्ने बताउँछिन् ।
पोर्नस्टार भएको कारण विभिन्न निर्देशकले आफूमाथि यौनप्रस्ताव राख्ने गरेको उनले दाबी गरिन् । उनले भनिन- ‘यति सम्म कि निर्देशकले उनलाई आफूसंग भेटेको नभन्नु है समेत भन्ने गरेका छन् ।
यस्तो प्रस्तावलाई आफूले अस्वीकार गरेको उनले बताइन् । ‘केही अस्वीकार गरे, केहीलाई जवाफ नै दिन सकिन् ।’
यता अर्चनाकी आमाले समेत आफ्नो छोरीलाई जसरि पनि पोर्नस्टार बनाएरै छोड्ने प्रतिबद्धता जनाइन् ।

-
चैत्र ५ गतेबाट प्रर्दशनमा आउन लागेको फिल्म 'भाग सानी भाग'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । केकी अधिकारी र सबिन श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्म ग्रामिण परिवेशमा आधारित छ ।
 नवल नेपालको निर्देशन रहेको यो फिल्मलाई संगीतकार चेतन सापकोटा, बिष्णु चापागाईं, सहदेव गौतम र बिलोल पोखरेलले मिलेर निर्माण गरेका हुन् । पारिवारिक फिल्म बनाउन महिर मानिने निर्देशक नेपालले यो फिल्मलाई पनि पूर्णत पारिवारिक नै बनाएको प्रोमोले देखाउँछ । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने समेत प्रोमोबाट आश गर्न सकिन्छ । 

'भाग सानी भाग'मा केकी र सविनको साथमा निर शाह, लय संग्रौला, रमेश बुढाथोकी, रबिन्द्र खड्का, सुशिल पोखरेल लगायतको अभिनय छ । 
बिहीबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवमा वृत्तचित्र भाग्यले बाँचेकाहरूले दर्शक छनोट अवार्ड हात पारेको छ। 
 वैशाख १२ गतेको भूकम्पमा भाग्यले बाँच्न सफल भएकाहरूको बारेमा तयार पारिएको यो वृत्तचित्रबाट नै किम्फको उद्घाटन भएको थियो । गणेश पाण्डेले निर्देशन गरेको वृत्तचित्र भाग्यले बाँचेकाहरूले यसअघि पनि निकै चर्चा कमाएको थियो। 

विभिन्न देशमा प्रदर्शन भइसकेको वृत्तचित्रमा भूकम्पमा ज्यान बचाउन सफल अवस्थामात्र नभई परिवार गुमाएकाहरूको पीडा पनि समेटिएको छ। त्यसैगरी नेपाली फिक्सन चलचित्रमा अरुणदेव जोशीको 'कमारो' उत्कृष्ट भएको छ। 

फिक्सनतर्फ स्पेसल मेन्सन राजकुमार राईको 'हेभन इज ब्ल्याक'ले पाएको छ। वृत्तचित्रतर्फको स्पेसन मेन्सन 'तामागाउँ'ले पाएको छ। अन्तर्राष्ट्रिय तर्फ 'टासी एन्ड द मन्क' सर्वोत्कृष्ट भएको छ। 

एन्ड्र्यु हिन्टन र जोनी बर्कको निर्देशनमा बनेको डकुमेन्ट्रीले १५ सय डलर पुरस्कार पाएको छ। त्यस्तै दोस्रो स्थान एक पर्वतारोहीको बायोग्राफी समेटिएको वृत्तचित्र जुरेकले पाएको छ। 

पावेल वाइसोक्जान्स्कीले बनाएको यस वृत्तचित्रले एक हजार डलर पुरस्कार पाएको छ। 'सेपर्डस सङ्ग' तेस्रो भएको छ। बराम मितरयमको निर्देशनमा बनेको वृत्तचित्रले पाँच सय डलर पुरस्कार पाएको छ। 'लिभ फर प्यासन'ले स्पेसल मेन्सन अवार्ड पाएको छ।

महोत्सवमा दसवटा भूकम्पसम्बन्धी छोटा चलचित्रको प्रतिस्पर्धा 'सिस्मिक सिफ्ट'मा आयुष निरौलाको चलचित्र 'आफ्टर द क्वेक' प्रथम भएको छ। प्रदीप पोखरेलको 'राइजिङ फ्रम द इपी सेन्टर' दोस्रो र आदित्य खड्काको 'धर्ती पुत्र' तेस्रो भएको छ। विजेताहरूले क्रमशः ८०, ६० र ४० हजार रुपैयाँ पाएका छन्।