Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

‹
›

Sports

Technology

Slider

Politics

Sex and Crime

 चीन  र  नेपालबीच २ सुख्खा बन्दरगाह र ७ वटा नाका सञ्चालन गर्नेसहित बिस बुँदे सम्झौता भएको छ । लामो समय देखि भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेका बेला नेपालले चीनतर्फ थप नाका खोल्ने सहमति गरेको हो ।
काठमाडौंमा भएको वार्तापछि सहमतिपत्रमा नेपालको तर्फबाट भन्सार विभागका उप-महानिर्देशक दामोदर रेग्मी र चीनको तर्फबाट ल्हासा भन्सार उपमहानिर्देशक लोङ चुनवेईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नयाँ ७ नाकाहरुमा खुला गरिनेछ ।  मुस्ताङको कोरला, संखुवासभाको किमाथाङ्का,  गोरखाको लार्के, हुम्लाको यारी, ताप्लेजुङको ओलाङचुङगोला, दोलखाको लामाबगर र मुगुमा भन्सार पूर्वाधारको विकास गरी नाका सञ्चालनमा ल्याउनेछ । त्यसका लागि सरकारी उच्च तहका अधिकारीहरुले आवश्यक अध्ययन अघि प्रक्रिया बढाउने बढाइनेछ ।

-
काठमाडौं, कात्तिक १६ । कैयौ दिनदेखि तराईमा जारी आन्दोलनले नेपाल भारत बिचको व्यापार घटाएको छ । निर्यात २२ प्रतिशतलेर आयात १९ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
भदौ महिनासम्मको देशको वर्तमान आर्थिक स्थितिमा भारतबाट हुने आयात गत वर्षको सोही अवधिकोभन्दा १६ अर्ब ३० करोडले घटेको राष्ट्र बैंकले सार्वजानिक गरेको छ ।
यो वर्षको भदौ मसान्तसम्ममा भारतबाट ६५ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ बरोबरको आयात भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको ८१ अर्ब ८५ करोड २५ लाख रुपैयाँको आयात भएको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष १८ प्रतिशतले बढेको आयात गत वर्षको तुलनामा यस वर्ष भने १९ प्रतिशतले घटेको छ ।
त्यसैगरी राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा नेपालबाट भारतर्फको निर्यात पनि २२ प्रतिशतले घटेको छ । गत वर्षको भदौमा ८ अर्ब ७६ करोडको रुपैयाँको निर्यात भएकोमा यो वर्षको भदौमा ६ अर्ब ७६ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।
गत साउनदेखि मधेसी मोर्चाले तराई बन्द गर्दै आएको छ । तराई बन्द भएका कारण ढुवानीमा समस्या उत्पन्न हुँदा भारतबाट हुने आयात प्रभावित भएको हो ।
गत असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी भएपछि रुष्ट भएको भारतले असोज ५ गतेदेखि अघोषतिरुपमा नाकाबन्दी नै लगाएको छ । जसअनुसार असोज महिनाको रिपोर्टमा भारतबाट हुने आयात अझ घट्ने भएको देखिएको छ ।
आर्थिक वर्ष २०७१/०७२ मा नेपालले भारतबाट कूल ४ खर्ब ९१ अर्ब ६५ करोड रुपैयाँ बराबरको आयात गरेको थियो । जसमध्ये १ खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पद्धार्थ आयात गरेको थियो ।
हालैमात्र सरकारले चीनबाट पेट्रोल ल्याउने सैद्धान्तिक सम्झौता (एमओयू) गरिसकेकाले आउदा दिनमा भारतबाट हुने आयात निकै कम हुने भएको छ । पेट्रोलियम पद्धार्थको व्यापारसँग चीनसँग अन्य व्यापारमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।

पोखरा, कात्तिक  १६ । अबदेखि भारतीय खसीबोकाको कारोबार बन्द गर्ने पोखराका खसीबोका व्यवसायी र मासु व्यवसायीहरुले  जनाएका छन् । नेपालमा भारतले अघोषित नाकाबन्दी गरेपछि आक्रोशित खसीबोका व्यवसायी र मासु व्यवसायीहरुले भारतीय खसीबोकामा प्रतिबन्ध लगाएका छन् ।
पोखरेली बजारमा भारतीय खसीबोकाले  करीब ६० प्रतिशत र स्वदेशी खसीबोकाले ४० प्रतिशत मात्र ओगट्ने गरेको छ ।
पोखरा खसीबोका ब्यवसायी समितिले अबदेखि स्वदेशमै उत्पादित खसीबोका मात्र खरिद बिक्री गर्ने निर्णय गरेका छन । समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले भने, ‘हामी नेपालीलाई भारतले अनावश्यक रुपमा दुःख दियो, अब हामी भारतको खसीबोकाको कारोबार गर्दैनौं यो हाम्रो निर्णय नै हो, अबदेखि हामी नेपालकै खसीबोका मात्र बेच्छौं ।’
भारतले बिना कुनै कारण नेपाललाई दुःख दिने उद्देश्यले  नाकाबन्दी लगाएर अत्यावश्यक सामान र इन्धन  रोकेपछि पोखरा खसीबोका ब्यवसायी समितिको पूर्ण बैठक बसेको थियो ।
कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिका अध्यक्ष भोलानाथ ओझाले भारतीय खसीबोकाको मासु बेच्दा केही बढी फाइदा हुने भए पनि स्वदेशी किसानलाई टेवा पुर्‍याउँदै राष्ट्रियता बचाई राख्न भारतीय खसीबोका नबेच्ने निश्कर्ष निकालिएको बताए ।
पोखरा खसीबोका व्यवसायी समितिका सचिव ज्ञानहरी आचार्यले स्वदेशमै उत्पादित खसीबोकाले नै पोखराको बजार धान्नसक्ने बताए । पोखरामा कास्कीसहित, सुर्खेत, कैलाली बर्दिया, दाङलगायतका जिल्लाबाट खसीबोका भित्रिने गर्दछन् ।
भारतको अघोषित नाकाबन्दी पछि पोखरामा खसीबोका बिक्रीमा करीब ४० प्रतिशतले कमी आएको छ ।
काठमाडौं,  कात्तिक १४ । भारतले यस वर्षको हिउँदमा नेपाललाई गत वर्षभन्दा सस्तोमा बिजुली दिने भएको छ ।
भारतीय उर्जा दलाल कम्पनी पीटीसीले यस वर्षको हिउँदका ६ महिना प्रतियुनिट पाँच रुपैयाँ ६० पैसा(भारु ३.५०) मा बिजुली दिन लागेको हो । गत वर्ष भारतले प्रतियुनिट ६ रुपैयाँ (भारु ३.७५) मा बिजुली दिएको थियो ।
नेपाल विद्युत प्राधिकरणले टनकपुरबाट प्रतियुनिट पाँच रुपैयाँ ६० पैसामा ३५ मेगावाटसम्म बिजुली खरिद गरी आयात गर्नेछ । प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक अनिल राजभण्डारीसहितको टोली बिहीबार पीटीसीसँग व्यापार सम्भौता गर्न भारत गएको नयाँ पत्रिकामा खबर छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले यस वर्ष भारतमा बिजुलीको मूल्य घटेकाले नेपालमा आयात हुने मूल्य पनि सस्तो भएको जानकारी दिए ।
-
यसपटकको नेपाल-भारत तनावमा नेपालले परम्परागत रुपमा चिनियाँ कार्ड खेले पनि चिनियाँ कार्डको स्वरुप भने अलग प्रकारले चर्चामा आएको छ ।

यो तिक्त अवस्था नेपालमा दशकौंदेखि चली आएको पश्चिम वनाम भारत वा पश्चिम वनाम भारत-चीन शीतद्वन्द्वको पछिल्लो परिदृश्य हो । यसले राष्ट्रको स्थायित्व र अखण्डतामा चुनौति दिएता पनि केही अवसर पनि लिएर आएको प्रतीत हुन्छ ।

पेट्रोलियम पदार्थमा चीनको अवस्था

चीन आफैं पेट्रोलियम पदार्थको निर्यातक राष्ट्र होइन । उसले आफ्नो कुल मागको ५४ प्रतिशत आयात गर्छ । त्यसमध्ये सबैभन्दा बढी खाडीक्षेत्रबाट आयात हुने गर्छ चीनले आफ्नो उत्पादन पूर्वीय र दक्षिण तटीय क्षेत्रमा नै बढी खपत गर्छ ।

आयातीत कच्चा तेल पनि तटीय क्षेत्रमा नै आउने र आफ्नो उत्पादन पनि त्यही क्षेत्रमा रहेबाट चीनको ९० प्रतिशत पेट्रोलियम रिफाइनरी त्यही क्षेत्रमा छन् । बाँकी गान्सुको ल्यान्चाउ र सिन्जियाङमा छन् ।

चीनको व्यापारिक तथ्याङ्क हेर्दा इन्धनमूलक पेट्रोलियम उत्पादन निर्यात गरेको देखिन्न, उत्तर कोरियालाई छाडेर । यस अवस्थामा नेपालसँग पेट्रोलियम पदार्थको दीर्घकालीन व्यापार चीनले गर्ला, नगर्ला पक्कै प्रश्ननीय कुरा हो ।

सम्भावित रुटहरु

१. भौगोलिक निकटताको हिसावमा सिचुवानको चेङदुबाट यान-लाङकाङ बेसिन-नु बेसिन हुँदै तिब्बतको र्‍यालुङ सेङपो ग्रेेट क्यानीयोन क्षेत्र पार गरी मेदोक-नियान्ची-लासा हुँदै नेपाल ल्याउन कम दुरी हुने देखिन्छ ।
तर, यसको भौगोलिक विकटता यति ठूलो छ कि चीन स्वयमंले ल्हासामा रेल ल्याउन यो रुट रोजेन । यसको सट्टा छिन्गाइबाट टेंगला पर्वतमाला कटाएर ल्याउन सजिलो मान्यो । त्यस क्षेत्रबाट पाइपलाइन ल्याउन पनि नेपाल र तिब्बतको उपभोग परिमाणले थेग्न सक्दैन । त्यसकारण यो रुट सम्भव देखिन्न ।

२. छिन्गाइ र गान्सुका कुवाहरुबाट प्राप्त पेट्रोलियम पदार्थ लेन्चाउको रिफाइनरीमा प्रशोधन गरिन्छ । यो सहर छिन्गाइको राजधानी सिनिङ र अर्को शहर गोलमट हुँदै ल्हासासँग रेलले जोडिएको पनि छ, यसकारण यो रुट मात्र निर्विकल्प देखिन्छ नेपालका लागि ।

मूल्य कति पर्ला ?

अहिले चीनको पेट्रोलको औषत खुद्रा मूल्य नेरुमा १०९ को हाराहारी (अमेरिकी डलर १.०४)पर्न जान्छ जसमा १.५२ चिनिया युयान कर हुने गर्छ । यसको गणितका आधारमा पेट्रोलको एक्स रिफाइनरी मूल्य ८० रुपैयाँसम्म पर्न जानेछ । नेपालमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर १०३ रुपैयाँ छ ।

यदि लेन्चाउबाट आयात गर्ने हो भने चीनको सामान्य ढुवानी दर रेल र सडक मिलाउँदा ०.१५ युयान प्रति कि.मि, प्रति के.एल पर्न जान्छ । लेन्चाउवाट लासा २२०० कि.मी र काठमाण्डौ थप १००० कि.मि गरेर जम्मा ३२०० कि.मि पर्दछ । अर्थात काठमाण्डौसम्मको १००० लि. को ढुवानी ४८० युयान पर्न जानेछ । जर्ती भाडा र एक्स रिफाइनरी मूल्य गरी रु ९० को हाराहारी पर्न जाने देखिन्छ ।

सरकारले अहिले पेट्रोलमा विभिन्न खाले कर र मु.अ.क गरी रु २६ प्रतिलिटर लिने गर्दछ । नेपाल आयल निगमको शिरोभार खर्च, मुनाफा, पेट्रोल पम्पको मुनाफा, एवं जर्ती मिलाउँदा आजको मूल्यमा १२५ देखि १३० रुपैयाँसम्म प्रतिलिटर पर्ने देखिन्छ ।

त्यस्तै डिजेलमा परल मूल्य कम भएता पनि करको कारणले ११५रुपैयाँ प्रतिलिटरसम्म पर्ने इन्टरनेटको अध्ययनबाट देखिन्छ ।
अट्रेलियाका सिड्नीस्थित एक रेष्टुरेन्ट बारको उद्घाटनको शैलीले ठूलै हंगामा मच्चाएको छ ।

सिड्नीको ओभरसिज प्यासेन्जर टर्मिनलस्थित क्रुज बारले आफ्नोे उद्घाटनका बेला आयोजना गरेको पार्टी निकै फरक तथा अनौठो पाराको भयो । उक्त पार्टीमा निर्वस्त्र युवतीहरुलाई टेबुलमा सुताइएको थियो ।

ती युवतीका जिउमा फलफूल तथा अन्य खानेकुरा राखिएको थियो र ती खानेकुराले उनीहरुका गोप्य अंग ढाकिएका थिए ।

पाहुनाहरुले निर्वस्त्र मोडलका नांगा जिउमा पस्किएका खानेकुराहरु झिक्दै खाँदै गर्नुपर्ने ।

यतिमात्र कहाँ हो र ती निर्वस्त्र मोडेलहरुले आफ्नै हातले आफ्नो जिउबाट खानेकुरा टिपेर पाहुनालाई ज्यूनार समेत गराउनुपर्ने ।

बुधबार राति भएको यो लज्जाजनक पार्टीका कारण उक्त बारको तिव्र आलोचना भएको छ । धेरैले उक्त बार बहिस्कार गर्ने धम्की दिएका छन् ।

महिलालाई त्यसरी बेइज्जतीपूर्ण ढंगले प्रस्तुत गरेको भन्दै महिला अधिकारवादी सबैभन्दा बढि रुष्ट छन् ।

तर यस विषयमा क्रुज बारका अधिकारीले प्रतिक्रिया दिन नमानेको डेली मेलले लेखेको छ । हेरौँ तहल्का मच्चाउने त्यो उद्घाटन पार्टीमा कसरी नंग्याइए युवतीहरु  !

-
काठमाडौं, १५ भदौ । अन्तर्राष्ट्रिय बजारमा गिरावट आएसँगै नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति देखि नै लागू हुने गरी मूल्य समायोजन गरेको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको छ । डिजेल र मटितेलमा २ रुपैयाँ मूल्य घटेको छ । निगमले खाना पकाउने एलपी ग्यासको प्रति सिलिण्डर ३५ रुपैयाँ मूल्य घटाएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य लिटरको १०४ रुपैयाँ भएको छ । डिजेल र मटितेल भने ८२ रुपैयाँ भएको छ । अब ग्यास प्रतिसिलिण्डर १४०० रुपैयाँ भएको छ ।
विभिन्न कम्पनीका लागि ग्राहक भनेका भगवान सरह नै हुन् । तर भगवान सरहका ग्राहकले कहिलेकाहीँ कम्पनीको कर्मचारीको व्यवहारको परिक्षा समेत लिने गरेका हुन्छन् । चीनमा बिएम डब्लु कारको खरिद गर्न आएका एक ग्राहकले एक लाख नोट ल्याएर कार खरिद गर्न आए ।
जुन नोट गन्नको लागि २० कर्मचारीलाई करिब छ घण्टा लागेको थियो ।
हरेक नोटको गड्डी एक युयानको रहेको थियो भने यसको तौल एक सय केजी रहेको भारतिय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ । साथै यसको कुल रकम भने एक लाख २६ हजार सात सय हङकङ डलर रहेको थियो ।  यति ठुलो मात्रामा रकम देखेपछि कर्मचारी आत्तिएका थिए ।