एक दुर्घटनामा सात फिट लामो फलामको रडले टाउकोलाई वारपार छेड्दा पनि भारतको मलाडस्थित तानाजी नगरको एक कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने एक मजदूर जिवित रहन सफल भएका छन् ।
२४ वर्षीय मोहम्मद गुड्डु सिमेन्ट घोल्ने काम गरिरहेका थिए । यसैक्रममा चौंथो तलाबाट एउटा रड खसेर उनको टाउकोलाई छेड्यो । तालुबाट छिरेको रड टाउकोलाई पूरा छेडेर पछाडिबाट निस्कियो ।
त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गराईयो । ५ घण्टासम्म सर्जरी चल्यो । अन्तत: चामत्कारिक रुपमा उनको ज्यान बाँच्यो । रडले छेडे पनि उनको दिमागको मुख्य धमनीलाई कुनै असर गरेन ।
उनको सिरको दाहिने भाग क्षतिग्रस्त भएको छ । तीन महिनासम्ममा त्यसमा सुधार आउन सक्ने चिकित्सकको विश्वास छ । - एजेन्सी
accident
काठमाडौं । तारा एयरको नयाँ र अत्याधुनिक जहाज पोखराबाट जोमसोम उडेको र म्याग्दीको सोली घोप्टेमा बुधबार दुर्घटनामा पर्यो । चालक दलसहित २३ यात्रु बोकेको जहाज दुर्घटनाबाट ठूलो मानवीय क्षति भएको छ ।
एकै दिन दुईवटासम्म हवाइ दुर्घटना भएको इतिहास रहेको नेपाली आकाशमा भएको यो जहाज दुर्घटना अन्तर्राष्ट्रिय हवाइ दुर्घटना अभिलेखालयको तथ्यांकअनुसार ५९ औं नम्बरमा पर्छ । यसअघि ५८ वटा डरलाग्दा हवाइ दुर्घटनाहरु नेपालले बेहोरिसकेको छ ।
यतिमात्र होइन, २ सय ८० जनाले ज्यानको ज्यान जम्ने गरि एकै वर्ष दुईवटा विदेशी विमान समेत दुर्घटनामा परे । अहिलेसम्म नेपालमा साना ठूला गरी ५९ हवाइ दुर्घटना भइसकेका छन् । यी दुर्घटनाबाट ७३७ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकमा हेलिकप्टर दुर्घटना समावेश गरिएको छैन ।
नेपालमा हवाइ दुर्घटनाको इतिहास डरलाग्दो छ । पहाड र हिमालसहितको भौगोलिक मुलुक भएको हुँदा नेपालमा धेरै हवाइ दुर्घटना हुने गर्छन् । पछिल्लो समय दूर्घटना केही घटे पनि रोकिएको भने छैन । हवाइ दुर्घटनाको विषयलाई लिएर युरोपेली यूनियनले नेपाली उड्डयन क्षेत्रलाई तीन वर्षदेखि कालोसूचिमासमेत राखेको दुःखद स्थिति छ ।
नेपालमा पहिलोपटक विसं. २००३ वैशाख २५ गते हवाइ दुर्घटना भएको थियो । रोयल फोर्सको उक्त जहाजमा १४ जना सैनिक र २ जना पाइलट रहे पनि मानवीय क्षति भएको थिएन ।
दोस्रोपटक २०१२ भदौ १४ गते कलिंगा एयरको कार्गो विमान सिमरामा दुर्घटनाग्रस्त हुँदा मानवीय क्षति भएको थियो । उक्त दुर्घटनामा ३३ जनामध्ये १५ जनाको निधन भएको थियो । त्यसपछिका अधिकांश दुर्घटनामा मानवीय क्षति हुँदै आएको छ ।
नेपालमा सन् १९९९ मा एकै वर्ष चारवटा हवाइ दुर्घटना भएको थियो । चारवटा दुर्घटनामा परेर ३५ जनाले ज्यान गुमाएका थिए । एउटै वर्षमा दुईवटा हवाइ दुर्घटना भएका धेरै उदाहरण छन् ।
नेपालमा हुने हवाइ दुर्घटनामा भौगोलिक, मानवीय तथा प्राविधिक गरी तीनवटा मुख्य कारण रहेको विज्ञहरुको भनाइ छ । तीन कारणमध्ये सबैभन्दा बढी मानवीय त्रुटीले हवाइ दुर्घटना हुने गरेको दुर्घटनाका अध्ययन प्रतिवेदन बताउँछन् ।
नेपालमा आहिले सम्म भएको हवाई दुर्घटना को डाटा यस्तो छ !
accident
झापाको मेचीनगरपालिका १० काँकरभिट्टा स्थित पूर्वाञ्चल पेट्रोलियम सेन्टरमा तेल हालिसकेर स्टार्ट गर्ने क्रममा एउटा बाईक जलेर ध्वस्त भएको छ ।
गत बिहीबार विहान ८:४५ वजे उक्त बाईक पेट्रोलको लाईनबाट निस्कने वित्तिकै आगलागी भएको काँकरभिट्टा अस्थाई ट्राफिक पोष्टका इन्चार्ज प्रहरी नायब निरिक्षक विष्णु तिम्सिनाले बताए । उनले बाईकको ब्याट्री वा प्लग सर्ट भएर आगलागी भएको हुनसक्ने बताए ।
पेट्रोल हालिरहेको ठाँउबाट करिब ५ फिट दुरीमा उक्त बाईकमा आगो सल्किएको भएपनि अन्य कुनै क्षति नभएको बताईएको छ ।
यद्यपी उक्त बाईको नम्बर तथा चालकको पत्ता लागेको छैन् । पेट्रोल पम्पका अनिल ओलीका अनुसार बाईक चालक आगो निभाउदै गर्दा ट्याङ्की पड्कीन्छ भनेर भागेका थिए ।
मेचीनगर नगरपालिकाको दमकलले करीब १५ मिनेटपछि बाईकमा लागेको आगो निभाएको थियो ।
accident
काठमाडौं, २३ माघ । नुवाकोटको मदानपुरमा भएको माइक्रोबस दुर्घटनामा ९ जनाको मृृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
काठमाडौंबाट त्रिशुलीतर्फ जाँदै गरेको बा १ ज ७५ ८३ नम्बरको माइक्रो सडकबाट झण्डै ३०० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ककनीका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार माइकोसमा विदुरस्थित सैन्य तालिम केन्द्रमा तालिमरत सिपाइहरु थिए ।
दुर्घटनामा परी चालक बेलकोट–२ घर भएका २२ वर्षीय दामोदर कँडेल, त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र पदम राईको नाम खुलेको छ । बाँकी मृतकको सनाखत हुननसकेको छैन ।
दुर्घटनास्थलमा आठ जना र एक जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । घाइते पाँच जनालाई हेलिकप्टरबाट राजधानीमा उपचार गर्न लगिएको छ ।
दश जना घाइतेलाई बसबाट राजधानी लगिएको छ । घाइतेको ट्रमा सेन्टर र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
accident
जेन्सी: सोमालियाको मोगादिसुबाट जिबुटी गइरहेको एक यात्रु जहाजमा १४ हजार फिटको उचाईमाथि बुधबार वम विस्फोट हुँदा यात्रुबीच रुवाबासी भएको छ ।
डेली मेलको समचार अनुसार ड्यालो एयरलाइन्सको फ्लाइट डी ३१५९मा ७४ जना यात्रु सवार थिए । विमानले भुइँ छाडेको पाँच मिनेटपछि यो एयरबस ए ३२१ मा विस्फोट भयो र जहाजको झ्यालमा छ फिटको प्वाल पर्यो ।
यस बिस्फोटपछि बनेको जहाजको झ्यालबाट गम्भीररुपमा घाइते भएको आत्माघाती बमसहितको एक व्यक्ति बाहिर झर्न पुग्यो । रिपोर्ट अनुसार धमाकाको बेला जहाज एयरपोर्टबाट करिब २४ किलोमिटर टाढा र १४ हजार फिटको उचाईमा थियो ।
समाचार अनुसार एकजना आत्मघाती आतंकवादी बमसहित जहाजमा चढ्न पुगेको थियो ।त्यो आतंकवादी जहाज उडेको पाँच मिनेटमै विस्फोट भएको थियो ।
यो घटनाको भिडियो पनि अहिले भाइरल भएको छ ।समाचार अनुसार विस्फोटले जहाजमा प्वाल परेपछि जहाजका यात्रुको प्रेसर घट्ने अवस्था आएकाले अक्सिजन मास्क लगाउनुपरेको थियो । बम विस्फोट भएपछी जहाजलाई आपतकालिन अवतरण गराइएको छ ।
एयरलाइन्सका अधिकारीका अनुसार घटनामा दुई यात्रु गम्भीर घाइते भएका छन् । सोमालियाबाट उडान भर्दै आएको ड्यालो एयरलाइन्सका सिइओ मोहम्मद इब्राहिम यासिनले यो घटनाको जाँच चलिरहेको जानकारी दिए ।
सोमालिया केही वर्षयता इस्लामिक आतंकवादी संगठन अल शबाबका गढ बनेको छ । यस्तोमा यो घटना पनि उसैले गराएको अनुमान गरिएको छ ।
accident
बझाङ : जंगलमा मरेको चरा घरमा ल्याई पोलेर खाँदा मौलाली गाविस–४ रकैल घर भएका मलाल पार्कीका १० वर्षीय छोरा मकर पार्की र ५ वर्षीय छोरा सरण पार्की दुई दाजुभाइको मृत्यु भएको छ ।
घर भन्दा करिब एकघण्टा टाढाको जंगलमा विहान गाईबस्तु लिएर गएका दाजुभाइले जंगलमा मरेको चरा भेटेर घर ल्याएपछि उनीहरुले पोलेर खाएको स्थानीय प्रयागराज धामीले बताए ।
चराको मासु खाएको केही समयपछि दुबै दाजुभाइ बेहोस भएपछि मृत्यु भएको उनको भनाइ छ ।
उनीहरुको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याइने भएको छ । झोताबाट झण्डै ४ घण्टा पैदल हिँड्नुपर्ने घटनास्थलमा भैरवनाथ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक देवसिंह ठकुन्नाको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चराको मासु खाएर २ बालकको मृत्यु भएको जानकारी आएपछि दिउँसो नै प्रहरीको थपटोली जिल्लावाट पनि घटना स्थलमा खटाएको प्रहरी निरिक्षक देवेन्द्र मल्लले बताए ।
चराको मासु खाएका अन्य बालक पनि बिरामी भएको जानकारी आएको उनले बताए ।
accident
इटहरी: सुनसरीको इटहरी १७ स्थित न्यू जय नेपाल इटाभट्टामा भएको बिस्फोटमा परी ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्यही काम गर्ने एक महिला, दुई बालक र अन्य चार जना पुरुष रहेका छन् ।
सोमवार साझँ करिब ४: ३० बजे ईटाभट्टामा पुजागरि आगो सल्काउना साथ इटा भट्टाको चिम्नी विष्फोट भएर आगलागी भएपछी भागदौड मच्चिदा इटाभट्टाको चिम्निीले किचेर ७ जना कामदारको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी नायव निरीक्षक राजन पौडेलले बताएका छन् ।
मृत्यु हुनेहरुमा भारतको विहार घर भएका १५ बर्षिय सद्धाम हुसेन, १२ बर्षिय राहुल मियाँ, १६ बर्षिय सलोनमियाँ र ५० बर्षिय गरिवलाल पासवान, मिथिलेस पासवान र सुनसरीको इटहरी उपमहानगरपालीका १६ घरभई इटाभट्टामा काम गर्दै आएका मजदुर भगलीदेवी चौधरी र इटहरी २० काशिवनारायण चौधरी रहेका छन् ।
इटाभट्टामा भएको दुर्घटनामा परी २० जना मजदुर घाईते भएका छन् । घाईते मध्य धेरैजसो मुस्लिम समुदायका भारतीय नागरीक भएको बताइएको छ । घाईते सबैको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।
घाईतेमध्ये ५ जनाको अबस्था गम्भिर रहेको प्रतिष्ठानका चिकित्सकले बताएका छन् । घाईतेहरुको शरिरका विभिन्न भागमा आगोले पोल्नुका साथै भागदौडका कारण हातखुट्टा, अनुहार टाउकोमा गम्भिर चोट लागेको छ ।
कतिपय घाईतेहरुको पुरै शरिर समेत जलेको छ । घटना पश्चात इलाका प्रहरी कार्यालय पकलीबाट गएको सशस्त्र प्रहरी. नेपाल प्रहरी र स्थानियवासिन्दाको पहलमा आगो नियन्त्रणमा आएको थियो ।
पहिलो सिजनको इटा उत्पादन गर्ने क्रममा ब्यवसायी विनोद अग्रवालले संचालन गरेको इटा भट्टामा बिष्फोट भएको घाईते मजदुर भारतिय नागरिक रामसेवक मुखियाले बताए ।
सोमवार साझँ करिब ४: ३० बजे ईटाभट्टामा पुजागरि आगो सल्काउना साथ इटा भट्टाको चिम्नी विष्फोट भएर आगलागी भएपछी भागदौड मच्चिदा इटाभट्टाको चिम्निीले किचेर ७ जना कामदारको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी नायव निरीक्षक राजन पौडेलले बताएका छन् ।
मृत्यु हुनेहरुमा भारतको विहार घर भएका १५ बर्षिय सद्धाम हुसेन, १२ बर्षिय राहुल मियाँ, १६ बर्षिय सलोनमियाँ र ५० बर्षिय गरिवलाल पासवान, मिथिलेस पासवान र सुनसरीको इटहरी उपमहानगरपालीका १६ घरभई इटाभट्टामा काम गर्दै आएका मजदुर भगलीदेवी चौधरी र इटहरी २० काशिवनारायण चौधरी रहेका छन् ।
इटाभट्टामा भएको दुर्घटनामा परी २० जना मजदुर घाईते भएका छन् । घाईते मध्य धेरैजसो मुस्लिम समुदायका भारतीय नागरीक भएको बताइएको छ । घाईते सबैको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।
घाईतेमध्ये ५ जनाको अबस्था गम्भिर रहेको प्रतिष्ठानका चिकित्सकले बताएका छन् । घाईतेहरुको शरिरका विभिन्न भागमा आगोले पोल्नुका साथै भागदौडका कारण हातखुट्टा, अनुहार टाउकोमा गम्भिर चोट लागेको छ ।
कतिपय घाईतेहरुको पुरै शरिर समेत जलेको छ । घटना पश्चात इलाका प्रहरी कार्यालय पकलीबाट गएको सशस्त्र प्रहरी. नेपाल प्रहरी र स्थानियवासिन्दाको पहलमा आगो नियन्त्रणमा आएको थियो ।
पहिलो सिजनको इटा उत्पादन गर्ने क्रममा ब्यवसायी विनोद अग्रवालले संचालन गरेको इटा भट्टामा बिष्फोट भएको घाईते मजदुर भारतिय नागरिक रामसेवक मुखियाले बताए ।
accident
२०७२ २६ कार्तिक - लमजुङ बेसीशहर नगरपालिका वडा नम्बर १३, चनौटे र बेलौतीविसौना बीचमा पर्ने डाँडामा बिहीबार बिहान ३ बजेतिर जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । उक्त जिप बिहीबार बिहान ३ बजेतिर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बेसीशहरतर्फ आउँदै गरेको जीप दुर्घटनामा परेर बेसीशहर नगरपालिका–१३ चनौटे पुरानो घर भई हाल नवलपरासीको शिवनगर नगरपालिका कावासोती बस्दै आएका खुशीराम आले, बेसीशहर १३, चनौटेका मोसा तामाङ र भरत थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक शम्भूप्रसाद ढकालले बताए । मृतकको शव पोस्ट मार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको छ । उनीहरु सवै अन्दाजी २४ देखि २६ बर्ष उमेर समूहका रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेसीशहर १३ चनौटेका हिरा घले र सेर्तुङ–१ धादिङ घर भई हाल चनौटेमा बस्दै आएका अक्कलबहादुर तामाङ गम्भीर घाइते भएका छन् । प्रहरी निरीक्षक केशवराज भट्ट र टेकबहादुर रावतसहितको प्रहरी टोलीले घटनास्थलमा पुगेर शव र घाइतेको उद्धार गरेका थिए । गम्भीर घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा रिफर गरिएको छ ।
प्रहरीका अनुसार जीप सडकबाट झन्डै २ किलोमिटर मस्र्याङ्दी नदीको छेउमा रहेको खेतमा खसेर दुर्घटना भएको हो ।
accident
Subscribe to:
Posts (Atom)








Recent Comments