हाम्रो नेपाल जस्तो गरीब देशमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम आजकल धमाधम चलिरहेको छ । मानिसहरु सफा सुग्घरको लागि सचेत बनिरहेका छन् र चर्पीमा मात्र दिसापिसाब गर्नुपर्छ भन्ने चेतनाको विकाश भैरहेको छ ।
सफा सुग्घर तथा विवेकी मानिसको रुपमा अमेरिकीहरुको उदाहरण दिँदै हाम्रा अनपढ गाउँले मानिसहरुलाई सरसफाइको पाठ पढाइन्छ अझैपनि र मानिसहरु चेतना सिक्दै खुल्ला ठाउँमा दिसा गर्न छाडिरहेका छन् । तर सफाइको उदाहरण दिइने स्वयं अमेरिकाका मानिसहरु भने दिउसै घरअगाडिका सडकमा देखादेखी दिसा गर्दा रहेछन् ।
अमेरिकाको लसएन्जल्स स्थित एक आवासीय भवनको बाहिर सडक पेटीमा एक महिलाले दिउसै हाकाहाकी दिसा गरेको घटना खुबै चर्चित बनेको छ ।
सडकमा हिँड्दै आएकी ती महिलाले सडक पेटीमा उभिएर आफ्नो सुरुवाल खोलेर एकाएक सडकपेटीको घाँसमा दिसा गरिन् अनि ट्वाइलेट पेपरले पुछिन् । उनले दिसा पुछ्दै गरेको तथा दिसा पुछिसकेपछि सडकमा फ्याँकेको ट्वाइलेट पेपरका तस्वीरहरु स्थानीय बासिन्दाले खिचेर सार्वजनिक गरेका छन् ।
education - Health Education - Scholarship - Sex Health
यौन आनन्द आफैँमा एउटा सुन्दर अनुभूति हो । तर, केही कुरामा ध्यान दिन सकियो भने सेक्सलाई ‘सुपर सेक्स’ बनाउन सकिन्छ । एक अनुसन्धानअनुसार यौनको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक छ । ‘क्यानेडियन जर्नल अफ ह्युमेन सेक्सुवालिटी’मा प्रकाशित अनुसन्धानअनुसार ग्रेट सेक्स’ का लागि यौनपार्टनरसँग मानसिक रुपमा तालमेलको जरुरी छ । दुवैबीच संवादको समेत एकरुपता आवश्यक पर्छ । एक आपसमा आ–आफ्नो उपस्थिति दर्ज गराउनु सुपर सेक्सका अर्को सूत्र हो ।
यद्यपि यौन क्रियाक्लपामा जुट्नुअघि अतिरिक्त संवाद र एक–अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ । संवाद बोली वा सांकेतिक रुपमा हुन सक्छ । सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै एक–अर्काप्रतिको समर्पण अझ महत्वपूर्ण कुरा हो । यदि जोडीहरू मानसिक र शारीरिक रूपमा यसका लागि तयार हुन्छन् भने उनीहरू राम्रो यौनको अनुभव गर्छन् । जोडीहरूले यो कोसिस गर्नुपर्छ कि आफ्नो साथीलाई परमानन्दको सुख दिने होइन, दुइटैले कसरी आनन्द लिने । अनुसन्धानले ‘स्वस्थ यौन’ एक प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई विवाहित दम्पती, प्रेमजोडीले अनुभव गर्न सक्छन् । बुझ्नैपर्ने कुरा के हो भने यौनका लागि तयार हुनु युद्ध लड्नु होइन, यो समर्पण हो ।
अनुसन्धानमा भनिएको छ, ‘सँगै हुँदा हरेक क्षण पूर्ण रूपमा रमाइलो तरिकाले जिउने प्रयास गर्नुपर्छ ।’ दुबैले आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यानोपनलाई कायम राख्नु आवश्यक हुन्छ । अन्तरंगता अर्को मुख्य सूत्र हो । अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीब्र वृद्धि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव समेत जाग्रित हुन्छ । स“गै एक–अर्काप्रति वास्तविक र स्वाभाविक यौन चाहना उत्पन्न हुन्छ । अनुसन्धानअनुसार यौन क्रियाका लागि एक–अर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्वपूर्ण हुँदैन ।
दुवैलाई एकअर्कालाईै पूर्ण रुपमा सुम्पिनुपर्छ, जसले गर्दा अनुकुल तरिका र आसल अपनाएर साथीले दोहोरो यौन सन्तुष्टि सिर्जना गर्न सकोस् । बिहे भएका ६० वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा सहभागी थिए । अनुसन्धानमा भाग लिएका जोडीलाई भावनात्मक रूपले मुक्त गरिएको थियो । अनुसन्धानको समय यो देखियो कि जसले निःस्वार्थ रूपले अनुसन्धानमा भाग लिए उनीहरूमध्ये यौनको समय कुनै पनि सम्बन्ध तोड्नेजस्तो स्थिति उत्पन्न भएन । उनीहरूले अति आनन्ददायक यौनको अनुभव गरे ।
Sex Educatino - Sex Health
एजेन्सी । टेलिभिजनमा धार्मिक प्रवचन दिने टर्कीका एक मुस्लिम धर्मगुरुले हस्तमैथुनका सम्बन्धमा दिएको अनौठो प्रवचनका कारण कतिपय युवा चकित भएका छन् । ती धर्मगुरुले टेलिभिजन प्रवचनकै क्रममा हस्तमैथुन गर्ने पुरुषको हातमै अर्को जन्ममा गर्भ रहने र अधिकारको लागि इश्वरसँग याचना गर्नुपर्ने बताएका थिए ।
टि्वटरमा समेत सक्रिय रहेका र आफ्नै युट्युब च्यानल समेत रहेका इस्तानबुल निवासी मुकाहिद सिहाद हानले ‘२००० टिभी’ मा केहि समय अघि दिएको प्रवचनका क्रममा यस्तो बताएका हुन् । एकजना दर्शकले सोधेको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो कुरा गरेका थिए ।
ती दर्शकले आफु विवाहित रहेको तरपनि हस्तमैथुन जारी राखेको भन्दै पवित्र तिर्थाटन समारोह समयमा पनि आफुले हस्तमैथुन गर्न नछाडेको जानकारी गराउँदै यसले आफुलाई के असर पार्ला भनेर धर्मगुरु सँग जिज्ञासा राखेका थिए ।
त्यसको जवाफ दिने क्रममा सुरुमा मुकाहिद अलमलमा परे अनि अनौठो जवाफ दिन थाले । उनले भने, ‘जो मानिसले आफ्नो हातले यौनसम्पर्क गर्छ, उसले अर्को जन्ममा आफ्नो हात नै गर्भवती भएको पाउनेछ र आफ्नो अधिकारको लागि इश्वरसँग गुनासो गर्नेछ । मैले जे भनिरहेको छु त्यो कुरा पैगम्बर मोहम्मदले पनि भन्नुभएको थियो ।’
मुस्लिम धर्मले हस्तमैथुनलाई सख्त रुपमा प्रतिबन्धित गरेको र हस्तमैथुन गर्ने काम इस्लाम धर्ममा हराम रहेको बताए । उनले अविवाहित रहेका टेलिभिजन दर्शकहरुलाई विवाह गर्न सल्लाह दिँदै उत्तेजना नियन्त्रण गर्न सुझाव दिएका थिए ।
उनले टेलिभिजन कार्यक्रमपछि आफ्नो टि्वटरमा हस्तमैथुनका विषयमा बारम्बार टि्वट गर्ने उनले हस्तमैथुनलाई हराम भनेका छन् । तर सोसल मिडियामा धेरैले ती धर्मगुरुको चर्को आलोचना गरेका छन् ।----एजेन्सीको सहयोगमा
Sex Educatino - Sex Health
किशोरावस्थामा पुगेपछि, धेरै व्यक्तिले हस्तमैथुनका बारेमा चिन्ता गर्न थालेका हुन्छन् । वास्तवमा हस्तमैथुन एउटा सामान्य र निरन्तर प्रक्रिया हो ।
मानिस १२/१३ बर्ष पुगेपछि नै यौन चाहना शुरु हुन थाल्छ । विपरीत लिङ्गी साथी देख्दा , अश्लिल पुस्तक वा चलचित्र हेर्दा, अन्य जनावरले गरेको यौन सम्पर्क देख्दा , यौनका कुरा मनका खेलाउँदा यौन उत्तेजना हुनु स्वभाविक हो । यहि उत्तेजनाले निम्त्याउने यौन चाहनाको पूर्ति गर्नका लागि युवाहरुले हस्तमैथुन गर्दछन् ।
आफैंले लिङ्ग समाएर हस्तमैथुन गर्नुभन्दा अन्य सहपाठी साथी वा कुनै साधनको माध्यमद्धारा लिङ्ग समाएर हस्तमैथुन गर्दा बढी आनन्द हुने भएकाले किशोर किशोरीहरु यस्तै समय वा बेलाको खोजीमा हुन्छन् । एकान्त कोठा , शौचालय , एकान्त खुल्ला ठाउँमा अरुले नदेख्ने गरी युवाहरुले हस्तमैथुन गर्छन् ।
यौनसम्पर्क जस्तै हस्तमैथुन गर्न कसैले कसैलाई सिकाउनु पर्दैन । सबै पुरुषले विवाह अगाडी वा विवाह पछाडी पनि हस्तमैथुनलाई निरन्तरता दिएका हुन्छन् । किशोरहरु यौन कार्य गर्न सक्ने उपयुक्त समयमा पुगिसकेपछि, नियमित विर्य उत्पादन हुन शुरु हुन्छ । उत्पादन भएको विर्य शरिरभन्दा बाहिर आउन खोज्ने भएकाले कहिलेकाहीँ हस्तमैथुन वा यौन सम्पर्क नभएको बेलामा पनि सपनामा वा यौन कल्पनामा डुब्दा स्खलित हुनसक्छ । यसलाई कुनै रोग या समस्याका रुपमा लिएर आत्ति हाल्नु पर्दैन ।
यदि नियमित यौन कार्य जस्तैः हस्तमैथुन, यौनसम्पर्कमा संलग्न भईएको छ भने आफैं स्खलित हुने समस्या हराएर जान्छ । हप्ताको २ /३ पटकको हस्तमैथुनले स्वास्थ्यलाई कुनै हानी नगर्ने बरु उल्टै फाईदा हुने विभिन्न अध्ययनहरुले देखाईसकेको छ । हस्तमैथुन किन र के का लागि भन्ने बिषयमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।
हस्तमैथुन भनेको के हो ?
यौन अंगहरुलाई हातले चलाएर वा घर्षण गरेर उत्तेजित पारी प्रचुर मात्रामा यौन आनन्दको अनुभव प्राप्त गर्ने कार्यलाई हस्तमैथुन भनिन्छ । केटा र केटी दुबै यस्तो कार्यमा संलग्न भएका हुन्छ न् ।
हस्तमैथुन कसले र किन गर्छन् ?
हस्तमैथुन जो कोहिले पनि जसलाई यौन इच्छा हुन्छ तिनीहरुले यौन चाहाना पुरा गर्नका लागि हस्तमैथुन गर्ने गर्दछन् । किशोरावस्थामा करिब १२ बर्षदेखि १४ बर्षको उमेरतिर शरीरमा क्रमशः देखापर्दै गएका परिवर्तनहरुले यौन इच्छाहरुको बिकास तथा यौन सन्तुष्टि प्राप्तिका तीब्र चाहनाको साथसाथै मानव शरीर सम्भोगका लागि योग्य हुन थाल्छ ।
जहाँ सम्भोग सम्भव हुदैन, त्यहाँ आफ्नो यौन आवेगलाई शान्त पार्न हस्तमैथुनको सहारा लिने गरिन्छ । हस्तमैथुन प्रक्रिया बढ्दो उमेरको तनाबबाट छुटकारा प्राप्त गर्ने एक आनन्ददायक साधन हो ।
के हस्तमैथुन गर्दा कमजोरी हुने , तौल घट्ने, नपुंसक हुने हुन्छ ?
सम्भोग हानिकारक नभएजस्तै हस्तमैथुन पनि हानिकारक छैन । हस्तमैथुन गर्नाले कमजोरी हुन्छ, तौल घट्छ, वीर्य पातलो हुन्छ, शिघ्र पतन हुन्छ वा नपुंसक हुन्छ भन्ने धारणा सत्य होइन ।
Sex Educatino - Sex Health
उमेर अनुसार पुरुष र महिलाबीच सेक्स एक यस्तो विषय हो जसमा कोही खुलेर बताउन सक्दैन् । न त जोडि नै बताउँछ न त समाज नै यो विषयमा खुल्छ । तर, यहाँ एक यस्तो ठाउँ छ जहाँ बुढेसकालमा खुब सेक्स गरिन्छ ।
म्यानचेस्टर यूनिवर्सिटी र नैटसेन सोशल रिसर्चले अमेरिकाको बाशिंटनमा गरेको नयाँ अध्ययन अनुसार ७० र ८० वर्षको उमेरमा वृद्धहरु सेक्सको मामिलामा बढी सक्रिय हुन्छन् । अध्ययन अनुसार ७ हजार वृद्ध पुरुष र महिलाहरुलाई प्रश्न सोधिएको थियो, जसमा ५४ सय पुरुष र ३१ महिलाहरु सेक्सको मामिलामा सक्रिय छन् । जसमा महिलाहरु बढी सक्रिय हुन्छन् ।
उनीहरु कलिलो होस वा आफ्नै उमेरको पुरुष खोजी खोजी सम्पर्क राख्छन् । एक तिहाई पुरुष र महिलाले भनेका छन् कि उनीहरु यो उमेरमा धेरै सेक्स गर्छन् । बुद्धहरुका अनुसार उनीहरु महिनामा कम्पतीमा पनि दुई पटक अनिवार्य सेक्स गर्छन् । खबर अनुसार विश्वमै वृद्धहरुमा गरिएको यो पहिलो अध्ययनमा ८० वर्षका वृद्धहरु पनि सहमागी थिए ।
म्यानचेस्टर विश्वविद्यालयले आफ्नो अध्ययनमा यो पनि पाएको छ कि ३९ प्रतिशत वृद्ध पुरुष र ३२ प्रतिशत वृद्ध महिलाहरुले सेक्सका बेला उत्तेजना नहुँदा समस्या भोग्नुपरेको बताएका । यसका साथै ३१ प्रतिशत वृद्ध पुरुष र १० प्रतिशत महिलाहरु सेक्स भन्दा पहिला आफ्नो साथीसँग जमेर चुम्बन गर्छन् अथवा अंगालोमा बेरिएर मायाप्रेम साटासाट गर्छन् ।
Sex Health
नयाँदिल्ली । गाउँका सोझा भक्तजनलाई आश्वासन दिएर आफ्नौ यौन सिकार बनाउने बाबाको यस्तो हालत गरिएको छ । जसलाई देखेर कुनै पनि बाबाले त्यो कुरा सोच्न पनि सक्दैनन् । भारतको कर्नाटकमा महिला भक्तजनहरुसँग यौन दुराचार गर्ने बाबालाई गाउँलेको भीडमा विद्युत पोलमा बाधेर सबै गाउँलेले पालैपालो कुटपिट गरेका छन् । त्यसपछि सडकमा घिर्सादै घिर्सादै गाउँ परिक्रमा गरेका छन् ।
कर्नाटकको गडग जिल्लाका श्री सिद्धाप्पाजी स्वामी नामका बाबाले आफ्नो यौन प्यास मेटाउन गाउँका धेरै महिलालाई आफ्नो जालमा फसाउने गरेको खुलासा भएको समाचार एजेन्सीले जनाएका छन् । स्वामीको यो कुकृत्यको जानकारी गाउँलेले पाएपछि स्थानीय गाउँलेले आफैले यो घटनामा न्याय दिने फैसला गरेका थिए । र स्वामीलाई कुटी कुटी गम्भीर घाइते बनाएका थिए ।
तर त्यो समयमा प्रहरी समयमै पुगेकाले आरोपी बाबाको जिउँदै बचाएको थियो । प्रहरीका अनुसार यी बाबाले करीब दुई वर्षदेखि सो गाउँमा आश्रम बनाएर महिलालाई प्रयोग गरी आफ्नो यौन प्यास मेटाउँदै आएका थिए । खबर अनुसार बाबाको आश्रम नजिकैको मन्दिरमा सयौं भक्तजनहरु पूजा गर्न जान्थे । मन्दिरमा पूजा गरिसकेपछि बाबाको आर्शिवाद लिन उनको आश्रममा आउथे ।
त्यही मौकामा बाबाले महिलालाई यौन सम्बन्ध राख्न बाध्य पार्थे । तर एकदिन बाबाले एक नवविवाहित महिलालाई त्यो आर्शिवाद दिँदादिँदै यौन प्रस्ताव राखेका थिए । त्यो प्रस्ताव राख्ने वित्तिकै ति महिला भागेपछि यो घटना बाहिर आएको हो । बाबाले छोरा बनाइदिने भन्दै महिलाहरुसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाबाले हालसम्म दुई सय महिलालाई छोरा बनाईदिने भन्दै आफ्नो यौन प्यास मेटाएको खुलासा भएको छ । यस्तो खुालासा भएपछि प्रहरी उनीविरुद्ध जबरजस्तीकरणी मुद्दामा कारवाही अगाडी बढाएको छ ।-
Sex Health
काहाँ कोठी हुदाँ के हुन्छ
कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको अर्थ भने आ(आफ्नै तरिकाले लगाउने गरिन्छ ।
यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरेका छन् ।
१ यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता ब्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ ।
२ बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।
३ चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।
४ दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन् ।
५ माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ ।
६ जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन् । यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।
७ जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् । यिनीहरु सहयोगी पनि हुन्छन् ।
८ जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन् ।
९ औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।
१० दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन् । यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।
११ नाकको बायाँ पट्टी कोठी भएमा यस्ता ब्यक्ति कलात्मक हुन्छन् । यस्ता ब्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन् ।
१२ दायाँ ओंठमा कोठी भएमा त्यस्ता ब्यक्तिको स्वभाव मौलिक हुन्छ । यिनीहरुको कल्पना शक्ति उत्तम हुन्छ ।
१३ बायाँ गालामा कोठी हुने ब्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।
१४ जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलि परंपरावादी सोंचका हुन्छन् ।
१५ बायाँ ओंठमा कोठी हुने ब्यक्ति बढी कामुक हुन्छन् । कामुकताकै कारण यस्ता ब्यक्तिलले जीवनमा समस्या पनि झेल्नु पर्ने हुन्छ ।
१६ दाहिने खुट्टामा कोठी हुने ब्यक्ति बुद्धीमान हुन्छन् तर खर्चालु स्वभाव हुन्छ् ।
१७ गर्धनमा कोठी हुने ब्यक्तिलाई बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।
१८ कान्छी औंलामा कोठी हुने ब्यक्ति दुःखी हुन्छन् ।
१९ दाहिने हत्केलामा कोठी हुने ब्यक्ति बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ ।
२० दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन् । तर बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ । दाम्पत्य जीवन पनि सुखद् हुँदैन ।
२१ दायाँ गालामा कोठी हुने ब्यक्ति धनी हुन्छन् । यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । तर बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन् ।
२२ ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम बासनामा केन्द्रित हुन्छ । कानमा कोठी हुने ब्यक्ति अल्पायुका हुन्छन् ।
२३ नाकमा कोठी हुने ब्यक्तिले यात्रा धेरै गर्छन् ।
२४ दायाँ हातमा कोठी हुने ब्यक्ति झगडालु हुन्छन् ।
२५ दायँ छातीमा कोठी हुने ब्यक्ति स्त्रीसँग नजिकिन्छन् । पत्निलाई पनि अधिक प्रेम गर्छन् । बायाँ छातीमा कोठी हुने ब्यक्तिको भने कसै न कसैसँग झवडा भैरहन्छ ।एजेन्सिको सहयोगमा
Sex Health
काठमाण्डौ । सुन्दर बन्ने चाहना कसलाई हुदैन र । अस्ट्रेलिया पर्थकी कोटर्नी ओ केफलाई पनि यस्तै इच्छा गर्दा अभिसाप भो । स्लिम ज्यान, पुष्ट स्तन बनाउने सपना बनाइन् । स्तन पुष्ट बनाउन थाइल्यान्ड जाने प्याकेज लिइन् । सात लाखको प्याकेज कन्फर्म भएपछि उनले आफ्नो ज्यानको तौल घटाइन् ।
थाइल्यान्ड पुगेर सर्जरी गरि स्तन राखेपछि घर फर्किन् फर्केपछि उनले आफ्नो जब स्तन छामिन्, ‘स्तन लिचिक लिचिक हुन थाल्यो ।’ उनलाई सर्जरीमा धोका भएको रहेछ । उनको ज्यानमा इन्फेक्सन फैलियो ।स्तन बढाउने घरेलु उपाय प्रभावकारी हुन सक्छ । कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्यसँग स्तनको आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ ।
त्यसै कारणले संसारभर नै स्तनलाई बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ । क्रिम प्रयोग गरेर स्तन वा मुन्टोको मालिसले स्तनको आकार बढ्ने दाबी गरिए पनि यसले ‘स्थायी’ रूपमा आकार बढ्छ भन्ने कुरा प्रमाणित छैन । केही कसरतले छातीको मांसपेशीलाई बलियो र ठूलो बनाउँछ र यस्तो स्थितिमा स्तन ठूलो भए जस्तो लाग्न सक्छ, तर त्यसले स्तनको ‘कपको आकार’ लाई परिवर्तन
जे सुकै दाबी गरिए पनि अमेरिकी FDA तथा National Research Center for Women and Families जस्ता संस्थाले यस्ता कुरा प्रमाणित गर्न बाँकी नै छ । प्राकृतिक रुपमै जस्तो स्तन तेसैमा सन्तुष्ठि हुनुनै अति उत्तम हुन्छ !
Sex Health
पेरिस । लिङ्गको औसत आकार के हो त ? निकै समयसम्म अनुत्तरित यस प्रश्नको हाल वैज्ञानिक उत्तर फेला परेको छ । विश्वका १५ हजार भन्दा बढी लिङ्गमा विश्लेषण गरेपछि अनुसन्धाकर्ताहरूले उत्तेजित अवस्थामा लिङ्ग औसतमा १३.१२ सेन्टिमिटर (५.१६ इन्च) लामो हुनुपर्ने तथा यसको मोटाइको बाहिरी घेरा औसतमा ११.६६ सेन्टिमिटर हुनुपर्ने धारणा राखेका छन् ।
शिथिल अवस्थामा लिङ्ग औसतमा ९.१६ सेन्टिमिटर लामो हुनुपर्ने र त्यसको मोटाइको बाहिरी घेरा औसतमा ९.३१ सेन्टिमिटर हुनुपर्ने धारणा राखिएको छ । यस अनुसन्धानमा सहभागीले आफ्नो लिङ्गको मापन पेशागत व्यक्तिबाट गराएका थिए भने बेलायती अनुसन्धानकर्ताहरूले यसरी अफ्नो तथ्याङ्क सङ्कलन गरेका थिए ।
उनीहरूले बहुङ्ख्यक पुरुषले आफ्नो लिङ्गको आकार औसत भएको फेला पार्ने बताएका छन् । यस समूहले यसपछि यी तथ्याङ्कलाई तुलनात्मक रूपमा विश्लेषण गरेका छन् र ‘‘लिङ्ग सानो भयो भनी चिन्ता गर्ने’’ व्यक्तिलाई परामर्श दिन चिकित्सकले यस विश्लेषणलाई प्रयोग गर्नसक्ने बताइएको छ । यस्ता विषयमा धेरै चिन्ता गर्ने पुरुषमा ‘बडी डिसमोर्फिक डिसअर्डर’ हुनसक्ने बताइएको छ । यस्तो दुर्बल मानसिक अवस्थामा पुरुषमा असामाजिक व्यवहार, उदासीपना तथा आत्महत्याको प्रवृत्ति देखापर्नसक्ने बताइएको छ ।
वास्तवमा केबल २.२८ प्रतिशत पुरुष जनसङ्ख्यामा असमान्य रूपमा सानो लिङ्ग हुने यस अध्ययनमा देखिएको छ । यसै गरी यस्तै प्रतिशतमा असामान्य रूपमा ठूलो लिङ्ग हुने पनि यस अध्ययनमा देखिएको छ । यस अध्ययनमा १७ वर्षदेखि ९१ वर्षका पुरुष सहभागी भएका छन् । उनीहरूले युरोप, एसिया, अफ्रिका तथा अमेरिकामा यसअघि गरिएका २० अध्ययनमा भाग लिएका थिए र आफ्नो लिङ्गको मापन गरेका थिए । यस अध्ययनमा जातिको आधारमा लिङ्गको आकार फरक परेको प्रमाण फेला नपरेको बताइएको छ ।
यस अध्ययनमा भाग लिने प्रायः व्यक्ति युरोपेली तथा मध्यपूर्वी भागबाट आएका व्यक्ति भएकाले यस तथ्याङ्कमा पूर्ण तुलना गर्न नसकिएको बताइएको छ । यसै गरी अनुसन्धाकर्ताहरूले पुरुषको खुट्टाको आकार तथा उसको लिङ्गको आकारमा कुनै पनि सम्बन्ध फेला नपरेको बताइएको छ । सामान्य व्यक्तिभन्दा आफ्नो लिङ्गको आकार ठूलो भएको कुरामा विश्वस्त भएका पुरुषले मात्र यस अध्ययनमा भाग लिएको हुनसक्ने सम्भावनाका कारण यो अनुसन्धान केही हदसम्म उनीहरूतर्फ ढल्केको हुनसक्ने अनुसन्धानकर्ताहरूले स्वीकार गरेका छन् । यस अध्ययन समूहले आफ्नो अनुसन्धानात्मक लेख मूत्रविज्ञानसम्बन्धी पत्रिका ‘बीजेयु इन्टरनेसनल’ मा प्रकाशित भएको बताएका छन् ।
उनीहरूले लिङ्गको लम्बाइ तथा मोटाइका विषयमा हालसम्मका सबै तथ्याङ्कलाई यस अध्ययनमा पहिलोपटक एकीकृत गरिएको दाबी गरेका छन् । यस सूचनालाई आफ्नो लिङ्गको आकारका विषयमा चिन्ता गर्ने व्यक्तिलाई आश्वस्त बनाउन उपयोग गर्न सकिने बताइएको छ ।
अर्कोतिर आफूले असाधारण रूपमा ठूलो लिङ्ग पाएको भनी घमन्ड गर्ने व्यक्तिलाई यस अध्ययनले निराश पार्नसक्ने पनि अनुमान गरिएको छ । यस अध्ययनका कारण पुरुषलाई आफूलाई आवश्यक पर्ने आकारको कन्डम प्राप्त गर्न चिकित्सकले सहयोग गर्नसक्ने पनि अनुमान गरिएको छ ।
- See more at: http://www.newsabhiyan.com/archives/36542#sthash.gPlasM32.dpuf
Sex Health
सेक्सका सम्बन्धमा व्यक्तिहरु प्रायः भ्रममा हुन्छन् । सेक्सका बारेमा भएको अधुरो जानकारी नै यसको कारण हो । सेक्सका सम्बन्धमा सही जानकारी नभए महिला र पुरुष यसको इन्दाज मात्रै गर्न भएकाले गलत हुन सक्ने सम्भावना रहेको छ । सेक्स सम्बन्धी भ्रमका कारण नै व्यक्तिहरु सेक्सको आनन्द लिन सक्दैनन् । यसर्थ सेक्स सम्बन्धी भ्रम र त्यसको तथ्यका बारेमा जानकारी लिऔं ः
भ्रम ः आकारले असर पार्छ । फोरप्ले गर्न हुँदैन ।
तथ्य ः आफ्नो मनबाट यो भ्रम निकाल्नुहोस की साइजले सेक्स सम्बन्धमा असर पर्छ । सेक्स सम्बन्ध राम्रो बनाउन उक्त कुरामा ध्यान दिनुहोस् की तपाईं आफ्नो सेक्स पार्टनरको भावना बुझ्नुहोस् । सेक्सको आनन्द लिनका लागि फोरप्ले निकै आवश्यक पर्छ । तर, फोरप्लेका लागि सही तरिका अपनाएर आफ्नो सेक्स पार्टनरको खुशी र आनन्द दिन सक्नुहुन्छ ।
भ्रम ः शीघ्रपतन रोग होइन । सेक्सको आसन आवश्यक पर्दैन ।
तथ्य ः सीघ्रपतन समस्या पुरुषमा सामान्य नै हो । सेक्सका लागि तयार हुँदै गर्दा वीर्य स्खलन हुनुलाई नै शीघ्रपतन भनिन्छ । यस्तो अवस्थामा पुरुष आफ्नो महिला पार्टनरलाई सन्तुष्ट गर्न सक्दैन । यौन सम्पर्कका लागि विभिन्न तरिकाको आसन अपनाउनु राम्रो हुन्छ। तर, सुरक्षित र आसन आसनका लागि मात्रै प्रयोग गर्नुहोस् ।
भ्रम ः ओरल सेक्सले केही खतरा हुँदैन । पुरुष सधैं सेक्सका लागि तयार हुन्छ ।
तथ्य ः ओरल सेक्सले यौन सञ्चारित रोग फैलने सम्भावना निकै ज्यादा जोखिम हुन्छ । अझ मुख तथा घाँटीमा केही चोट लागेको अवस्थामा ओरल सेक्स गरे झनै उक्त रोग फैलने खतरा रहन्छ । तनाव र थकानका बेला पुरुष सेक्समा रुची राख्दैनन् । एक अध्ययनका अनुसार १४ प्रतिशत पुरुष सेक्सका बारेमा हर ७ मिनेटमा सोच्ने गर्छन ।
भ्रम ः खानपानले यौन जीवनमा कुनै असर पार्दैन ।
तथ्य ः यो गलत हो । खानपानले यौन जीवनमा पूरै असर पार्छ । यौन क्षमता तपाईंको दैनिक खानपानमा निर्भर हुन्छ । यद्यपी तपाई स्वस्थ र पोषणयुक्त भोजन गर्नुहुन्छ भने तपाईंको सेक्स क्षमता धेरै हुन्छ ।
सेक्स सम्बन्धी भ्रमका कारण नै सेक्सको आनन्द लिन सक्दैनन् ।
भ्रम ः सेक्सका बेला यौनबद्र्धक तथा यौन शक्ति बढाउने औषधी प्रयोग गर्नुपर्छ ।
तथ्य ः बजारमा उपलब्ध विभिन्न प्रकारका औषधी प्रयोग गरेर केही समयका लागि तपाईं आफ्नो सेक्स क्षमता बढाउन सक्नुहुन्छ । तर, यी औषधीका साइड इफेक्ट धेरै हुन्छ । यस कारण यौनबद्र्धक औषधीको प्रयोग नगर्नुहोस् ।
भ्रम ः गर्भावस्थामा सेक्स गर्न हुँदैन । महिनावारी बन्द भएपछि महिलाको यौन जीवन समाप्त हुन्छ ।
तथ्य ः गर्भावस्थामा पनि यौन सम्बन्ध कायम गर्न सकिन्छ । तर, गर्भावस्थाको केही निश्चित अवधि पश्चात विलकुलै यौन सम्पर्क गर्न हुँदैन । महिनावारी बन्द भएपछि पनि महिला सेक्स सम्बन्ध कायम गर्न सक्छन् । महिनावारी बन्द हुनुको मतलव यो होइन की महिलाको यौन जीवन नै समाप्त भयो ।
भ्रम ः आकारले असर पार्छ । फोरप्ले गर्न हुँदैन ।
तथ्य ः आफ्नो मनबाट यो भ्रम निकाल्नुहोस की साइजले सेक्स सम्बन्धमा असर पर्छ । सेक्स सम्बन्ध राम्रो बनाउन उक्त कुरामा ध्यान दिनुहोस् की तपाईं आफ्नो सेक्स पार्टनरको भावना बुझ्नुहोस् । सेक्सको आनन्द लिनका लागि फोरप्ले निकै आवश्यक पर्छ । तर, फोरप्लेका लागि सही तरिका अपनाएर आफ्नो सेक्स पार्टनरको खुशी र आनन्द दिन सक्नुहुन्छ ।
भ्रम ः शीघ्रपतन रोग होइन । सेक्सको आसन आवश्यक पर्दैन ।
तथ्य ः सीघ्रपतन समस्या पुरुषमा सामान्य नै हो । सेक्सका लागि तयार हुँदै गर्दा वीर्य स्खलन हुनुलाई नै शीघ्रपतन भनिन्छ । यस्तो अवस्थामा पुरुष आफ्नो महिला पार्टनरलाई सन्तुष्ट गर्न सक्दैन । यौन सम्पर्कका लागि विभिन्न तरिकाको आसन अपनाउनु राम्रो हुन्छ। तर, सुरक्षित र आसन आसनका लागि मात्रै प्रयोग गर्नुहोस् ।
भ्रम ः ओरल सेक्सले केही खतरा हुँदैन । पुरुष सधैं सेक्सका लागि तयार हुन्छ ।
तथ्य ः ओरल सेक्सले यौन सञ्चारित रोग फैलने सम्भावना निकै ज्यादा जोखिम हुन्छ । अझ मुख तथा घाँटीमा केही चोट लागेको अवस्थामा ओरल सेक्स गरे झनै उक्त रोग फैलने खतरा रहन्छ । तनाव र थकानका बेला पुरुष सेक्समा रुची राख्दैनन् । एक अध्ययनका अनुसार १४ प्रतिशत पुरुष सेक्सका बारेमा हर ७ मिनेटमा सोच्ने गर्छन ।
भ्रम ः खानपानले यौन जीवनमा कुनै असर पार्दैन ।
तथ्य ः यो गलत हो । खानपानले यौन जीवनमा पूरै असर पार्छ । यौन क्षमता तपाईंको दैनिक खानपानमा निर्भर हुन्छ । यद्यपी तपाई स्वस्थ र पोषणयुक्त भोजन गर्नुहुन्छ भने तपाईंको सेक्स क्षमता धेरै हुन्छ ।
सेक्स सम्बन्धी भ्रमका कारण नै सेक्सको आनन्द लिन सक्दैनन् ।
भ्रम ः सेक्सका बेला यौनबद्र्धक तथा यौन शक्ति बढाउने औषधी प्रयोग गर्नुपर्छ ।
तथ्य ः बजारमा उपलब्ध विभिन्न प्रकारका औषधी प्रयोग गरेर केही समयका लागि तपाईं आफ्नो सेक्स क्षमता बढाउन सक्नुहुन्छ । तर, यी औषधीका साइड इफेक्ट धेरै हुन्छ । यस कारण यौनबद्र्धक औषधीको प्रयोग नगर्नुहोस् ।
भ्रम ः गर्भावस्थामा सेक्स गर्न हुँदैन । महिनावारी बन्द भएपछि महिलाको यौन जीवन समाप्त हुन्छ ।
तथ्य ः गर्भावस्थामा पनि यौन सम्बन्ध कायम गर्न सकिन्छ । तर, गर्भावस्थाको केही निश्चित अवधि पश्चात विलकुलै यौन सम्पर्क गर्न हुँदैन । महिनावारी बन्द भएपछि पनि महिला सेक्स सम्बन्ध कायम गर्न सक्छन् । महिनावारी बन्द हुनुको मतलव यो होइन की महिलाको यौन जीवन नै समाप्त भयो ।
Sex Health
Subscribe to:
Posts (Atom)







Recent Comments