Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

For years, Nepali uniformed guards at foreign embassies and compounds across Kabul have been a polite, low-key presence in the gritty Afghan capital, which has been toughened by decades of conflict and is teeming with swaggering gunmen. The guards, all Buddhists or Hindus, often greet familiar visitors with a traditional gesture, bowing slightly with palms raised and pressed together, as they monitor X-ray machines and entryways.On Monday morning, several of them were killed when a suicide bomber targeted a minibus carrying guards across the city from a fortified dormitory compound to their posts at the Canadian Embassy.
The attack occurred just one month after a Nepali guard was fatally shot by an Afghan guard at a U.N. compound in Kabul, reportedly in a dispute.
भैरहवा, ८ असार । अफगानिस्तानमा आतंकवादी आक्रमणमा परेर ज्यान गुमाएका रुपन्देहीका एक पुरुषको दाहसंस्कार गर्ने विषयमा दुई श्रीमतीबीचको झगडाले तनाव मच्चिएको छ । काबुल घटनामा मृत्यु भएका वुटवल रुपन्देहीका ४१ बर्षीय जितेन्द्र थापाको शब बुधवार साँझ भैरहवामा ल्याइएको छ । थापाको शव नेपाल एअरलाइन्सको जहाजमा सरकारले काठमाडौं ल्याएको थियो भने काठमाडौंबाट सोझै नेपाली सेनाको हेलिकप्टरले भैरहवा ल्याइएको थियो । थापाको शब नेपाली सेनाले भैरहवा ल्याइसकेपछि उनको जेठी र कान्छी श्रीमती भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आएका थिए । थापाको शव बुझ्ने क्रममा जेठी श्रीमति गौमती थापा र कान्छी श्रीमती सञ्जिता थापाबीच विवाद उत्पन्न भयो ।
कान्छी श्रीमतीले जेठीसँग जितेन्द्रको सम्बन्धविच्छेद भइसकेकोले श्रीमानको शव बुझ्ने र अन्त्येष्टि गर्ने अधिकार आफूले पाउनुपर्ने भन्दै काठमाडौमै दाबी गरेकी थिइन् तर कान्छी श्रीमतीको विवाह दर्ता समेत नभएकोले प्रमाण नपुगेको भन्दै रुपन्देही प्रशासनको पहलमा शव रुपन्देही ल्याइएको हो । त्यसपछि शव आएको केहीबेरमै कान्छी श्रीमती पनि काठमाडौंबाट बुद्ध एअरमार्फत भैरहवा आएकी थिइन् कान्छी र जेठी दुबै श्रीमती, सामाजिक अगुवा शिव सुवेदी, रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालसहित, जेठी र कान्छीतर्फका आफन्तबीचको छलफलपछि अन्ततः दुबै श्रीमतीले भैरहवास्थित बिमानस्थलमै शव बुझे । थापा जेठी श्रीमतिसँग छुट्टिएर कान्छीसंगै बस्दै आएको खुलेको छ । जेठी श्रीमतीसहित २ छोराले थापालाई मानाचामलको मुद्दा हाली जिल्ला अदालत रुपन्देहीको फैसला अनुसार छुट्टिएर बसेका थिए । पछिल्लो समय थापा कान्छी श्रीमतीसँग काठमाडौं बस्दै आएका थिए । यही २०७३ फागुनमा नेपाल आई कान्छी पट्टिको छोराको न्वारन गरी अफगानिस्तान फर्केका थापा अब कहिल्यै नफर्कने गरी बाकसमा नेपाल फिर्ता भएका छन् । थापाको जेठी श्रीमतीतर्फ २ छोरा छन् भने कान्छीतर्फ १ सन्तान छन् । 
जेठी श्रीमतीका परिवारले क्रिस्चियन धर्म मान्ने हुँदा क्रिस्चीयन धर्मअनुसार अन्तिम संस्कार गर्ने र कान्छीले थापा र आफू हिन्दू भएको हुँदा हिन्दू संस्कार अनुसार अन्तिम संस्कार गर्नुपर्ने दाबी गरेका छन् । अन्तिम संस्कार सामाजिक रीतिरीवाज र घरसल्लाह गरेर गर्ने गरी शव बुझाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । थापाको बिहीबार बुटवलमा दुबै श्रीमती र घरको सल्लाह र सहमतिमा दाहसंस्कार गरिने सामाजिक अगुवा शिव सुवेदीले बताए ।


काठमाडौं, ८ असार । अफगानिस्तानमा मारिएका नेपालीको शव बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व सभासद शान्ता चौधरीले तार्किक सुझाव दिएकी छिन् ।
प्रधानमन्त्री विमानस्थल जाने खबरले उत्साहित शान्ताले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको संवेदनशिलता प्रशंसनीय रहेको उल्लेख गरेकी छिन् । उनले सुझाव दिँदै भनेकी छिन्– ‘यो दुखदायी घटनाको घडीमा स्वदेशमै पर्याप्त रोजगारीको दृढ संकल्प प्रधानमन्त्रीबाट होस ।’

यस्तो छ शान्ताको सुझावः
मृत्यु आफैमा दुखदायी अनि परदेशमा झनै पिडादायी, मृतकको शव लिन प्रधानमन्त्री एयरपोर्टमा जाने खबर, यो कुनै सस्तो लोकप्रियता होइन, दुःखद घटनामा प्रधानमन्त्रीको संवेदनशिलता प्रशंसनीय छ । तालिवानलाई कारवाही गर्ने हैसियत नेपाली प्रधानमन्त्रीको नहोला तर तालिवानी आतंककारीविरुद्वको अप्रेशनमा प्रधानमन्त्रीले कम्तीमा एैक्यवद्वता प्रकट गर्दै आतंकवाद विरोधी लडाइमा नेपालको साथ रहने प्रतिवद्वता व्यक्त गरुन । यो दुःखदायी घटनाको घडीमा स्वदेशमै पर्याप्त रोजगारीको दृढ संकल्प प्रधानमन्त्रीवाट होस ।
काठमाण्डु, ८ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफू प्रधानमन्त्री भएको मात्र होइन त्यसभन्दा अरु कुरा पनि भनेका थिए । त्यो हो, ‘म जनताका लागि प्रधानमन्त्री बनेको हुँ, मेरा कामहरु जनसेवा र जनहितका लागि हुनेछ ।’ उनको यस भनाइलाई धेरैले पत्याएनन् पनि । उनीभन्दा पहिले प्रधानमन्त्री भएका नेता हुन् या राजनीतिमा लामो समय काम गरेका नेता सबैले यस्तै भाषण गर्दै आएका थिए तर काम भने शुन्य । ओली भने उनीभन्दा फरक निस्किए र आफूले बालेका कुराहरु गरेर देखाए पनि ।
काम नम्बर- १ 
त्यसो त यहाँ ओली सरकारमा आएदेखि के गरे या के गरेनन् भन्ने विषयभन्दा पनि अफगानिस्तानमा नेपाली मारिएको विषयलाई लिएर विश्लेषण गर्न खोजिएको हो । ओलीले आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव लिन विमान चार्टर गरेर अफगानिस्तान पुर्याउनुले विश्वसामू नेपालको शान त बढेको छ नै त्यसले ओलीप्रति जनताको विश्वास समेत बढाएको छ ।

यसअघि विदेशी भूमिमा नेपाली नमरेका होइनन् तर कुनै पनि सरकार सरकारकै लाखौँ रकम खर्च गरेर अथवा विमान नै चार्टर गरेर शव लिन पठाउने गरेका थिएनन् । जुन ओलीले गरेर देखाए अर्थात एउटा परम्परा बसाले । जुन आफैमा प्रसंशनिय छ ।

काम नम्बर- २ 
ओलीले गरेको अर्को काम पनि सोही घटनासँग सम्बन्धित छ । ओली सरकारले नेपाली लिन विमान पठाउने मात्र होइन विमानस्थलमा प्रधानमन्त्री र गृहमन्त्री शक्तिबहादुर बस्नेत नै गएर मृतकका आफन्तलाई समवेदना दिने, शवमा माल्यार्णपण गर्ने काम गर्यो ।

यसरी सरकार प्रमुख र गृह प्रमुख नै विमानस्थलमा गएर मृतकका आफन्तको दुःखद् घडीमा सहभागी हुँदा उनीहरुको पीडा केही हदसम्म भएपनि कम हुनसक्छ । त्यतिमात्र नभएर यसलाई परम्पराको रुपमा स्थापित गर्दै आगामी दिनमा पनि नेपालीको दुःखद् घडीमा सरकारको उपस्थिति हुन सक्ने देखिन्छ ।

यसअघि भीआइपी वा पहुँचवालाको मृत्युमा मात्र सरकार सक्रिए हुने, त्यसलाई प्राथमिकता दिने भन्ने लागेको आरोपलाई समेत ओलीको यस कदमले अब त्यस्तो हुँदेन है भन्ने संकेत गरेको छ ।
गोरखा जिल्लाको केरौंजा गाविस वडा नं. ९ यारु बगरमा नेपालकै पहिलो क्यान्टिलिभर पुल (ढुङ्गामा खोपेर बनाईएको पुल) बनाउने काम सम्पन्न भएको छ । नेपालमा नै पहिलो पटक सम्पन्न भएको १९५ मिटर लामो उक्त पुल चट्टानि ढुंगामा खोपेर बनाईएको छ । यही बैशाख २ गतेबाट सुरु गरिएको सो पुल जेठ २८ गते निर्माण कार्य पूरा भएको हो । पुल ४ करोड ५० लाखको लगानीमा निर्माण भएको भुगर्वविद् भास्कर खतिवडाले बताउनुभयो । उक्त पुल निर्माण कार्यको लागि Department For International Development (DFID) र सामर्थ नेपालको आर्थिक सहयोग, AF-ITECO स्विजरल्यान्डको प्राविधिक सहयोग, निर्माण व्यवस्थापन र बालाजु यन्त्रशालाबाट निर्माण सम्पन्न गरिएको हो । साथै, जिविस गोरखा र जिल्ला प्राविधिक कार्यालय गोरखाको प्रत्यक्ष निगरानि र अनुगमनमा पुल निर्माण भएको हो ।
पुल निर्माण कार्यको लागि सबै सामान हेलिकप्टरबाट ओसार पसार गरिएको थियो भने स्विजरल्यान्डबाट आएका प्राविधिकहरुले ३५ दिनसम्म सो स्थानमा बसि काम गरेका थिए । विनाशकारि भुकम्प पश्चात पहिरो र बाढिले गर्दा करिब एक बर्पादेखि यारु बगरको बाटो अवरुद्ध भएको थियो । सो पुल बनेपछि गोरखा जिल्लाका ७ गाविस सिर्दिवास, लो, प्रो, बिही, सामागाउँ, चुम्चेत र छेकम्पारवासीले राहत पाउने भएका छन् ।
जिल्लाको ७ वटा ठुला ठुला गाविस जोड्ने बाटोको रुपमा पुल निर्माण भएपछि गाउँको बिकासका अवसरहरु खुलेका छन् । सिर्दिवास –१ जगत निवासी बल बहादुर गुरुङले यारु बगरको पुल बनेपछि उक्त क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पु¥याउने बताउनुभयो । स्थानियबासिको सहयोगमा पुल जोड्ने करिब ५० मिटर बाटोको निर्माण पनि सँग–सँगै सम्पन्न भएको छ । नेपालको प्रख्यात पर्यटकिय स्थल चुम उपत्यका तथा लार्केपास र मनास्लु हिमाल पदयात्रामा जाने उक्त बाटो बिग्रँदा पर्यटकिय गतिबिधिमा नकारात्मक असर परेको थियो । केरौंजा –९ यारु बगर निवासि गोपाल घलेले उक्त पुल निर्माण कार्य सम्पन्न भएपछि स्थानिय बासिन्दा तथा पर्यटकलाई ठुलो राहात मिलेको जानकारि दिनु भयो । माथिल्लो क्षेत्रको सामान बोक्ने एक मात्र स्रोत खच्चड सेवा अवरुद्ध हुँदा माथिल्लो क्षेत्रका बासिन्दा हेलिकप्टरबाट सामान ढुवानि गरि करिब दुई गुना महंगो खाद्य तथा अन्य उपभोग्य सामान प्रयोग गर्न बाध्य थिए ।
चीनसँगको कोरला नाका बुधबारदेखि २५ दिनका लागि खुलेको छ । सामान खरिदका लागि सिमाना क्षेत्रमा भिड बढेको छ । नाका खुलेको थाहा पाएपछि पोखरा, बुटवल लगायतका स्थानबाट ब्यापारीहरु उपल्लो मुस्ताङ आएका छन् । 
ब्यापार मेलाका लागि नाका खुलेकोले कोरलामा रहेको बन्द भन्सार कार्यालय सक्रिय पारिएको छ । भन्सारले आफ्नो नियमित काम सुरु गरेको निमित्त प्रमुख शुक्रदर्शन ढुंगानाले जानकारी दिए । 'नाका खुल्ने भएपछि सिमानामा निस्त्रिmय भएको भन्सार कार्यालय पुर्ण रुपमा संचालनमा ल्याइएको हो,' उनले भने, 'यसका लागि जोमसोमबाट थप कर्मचारी आएका छन् । सिमानामा आयात निर्यात हुने सम्पुर्ण जांचपासको तयारी पुरा भएको छ, भन्सार जांच गरेर मात्र सामान ल्याउन पाइनेछ ।' ब्यापारीलाई सहज बनाउन नाकामा कुनै पनि कानुनी झन्झट आउन नदिने उनले बताए । 
हिउँ नपर्ने भएकोले अनुकुल मौसम पारेर सिमाना खुलाइएको हो । नेपालीले सामान किन्नका लागि कोरला मुल गेटको सिमानाबाट २ किमी चीन तर्फको स्थानमा जानुपर्नेछ । यो चीनको ढुंवासेन जिल्ला हो र ३० किमी पर यहां ठुलो बजार छ । 
'नेपाल सरकारको पहलले नाका खुलाउन र २५ दिनसम्म सामान ल्याउन लान हामीलाई सहज भएको छ, लोमान्थाङका ब्यापारी इन्द्रधारा बिष्टले कान्तिपुरसंग भने, 'यो खुशीको कुरा हो, यसले दिर्घकालिन रुपमै नाका खुलाउन मद्दत गर्छ ।' अहिलेको मेलामा नेपालका ठुला ब्यबसायी पनि आउने उनले जानकारी दिए ।
यस पटक नेपाली बस्तु निर्यात हुने सम्भावना बढेको छ । खासगरी, पस्मिनाको सामान निर्यातको तयारी भएको लोमान्थाङ गाबिसका सचिब ज्ञानेन्द्र बिष्टले जानकारी दिए । 
'चामल, मैदा, चाउचाउ, बिष्कुट, उवाको पिठो, फापरको पिठो, चौंरीको छाला लगायतका सामान निर्यात हुनेछन्, उनले कान्तिपुरसंग भने, 'आयात त सबै प्रकारका सामान हुनेछ ।' चीनले दिर्घकालीन रुपमै कोरला नाका खोल्न ३० किमी पर ढुंवासेन बजारबाट सिमाना नजिकै सडक बिस्तार गरिसकेको उनले जानकारी दिए ।
काठमाडौं । नेपाल प्रहरीको विषेश ब्युरोले नक्कली एक करोड भारतीय नोट सहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पाँच जना नेपाली नागरिक छन् भने एक पाकिस्तानी नै छन् । यो समूह पक्राउ परे संगै पाकिस्तानदेखि नेपालसम्मको एउटा चेन त ब्रेक भएको छ तर, भारतीय गिरोह भने  उम्किन सफल भएको छ ।
नक्कली भारूको कारोबारलार्इ लिएर नेपाल उडान भर्ने केही एयरलाइन्स र त्यसमा यात्रा गर्ने केही देशका नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ सुरक्षाकर्मीको विषेश निग्रानीमा पर्छन् ।
त्यहि निगरानीमा परेका थिए पाकिस्तानी नागरिक मोहम्मद नदिम । केही समयअघि कतार एयरवजबाट नेपाल आएका मोहम्मदलाई प्रहरीको टोलीले विमानस्थलबाटै पछ्याएको थियो ।
fake Indian currency
मोहम्मद ठमेलको प्लानेट होटलमा बसे । प्रहरीले उनलाई पक्राउ गर्दा सुटकेसमा पचास लाख नक्कली भारु लिएर बसेका मोहम्मद पैसा लिन आउने मकवानपुरकी उमादेवी पाण्डेको पर्खाइमा थिए ।
मोहम्मदले पैसा लिन आउने नेपाली महिला भएको भन्दै ट्याक्सी नम्बर बताएपछि उमा पनि प्रहरी फन्दामा परिन् । वानेश्वरस्थित कोठामा एक रातको निगरानी गरेपछि उमादेवी कहाँ महोत्तरीका महादेव तिमल्सिना आए । त्यही मौकामा प्रहरीले दुबैलाई समातेको छ ।
उमादेवीको कोठाबाट थप पचास लाख बरामद भयो । उमादेवीले केहि दिन अघि नै पचास लाख रुपैंया कोठामा लगेर राखिसकेकी थिइन् । तर ठमेलबाट पक्राउ परेका मोहम्मोद र अघिल्लो पटक उमादेवीलाई पचास लाख दिने व्यक्ति एउटै हो कि फरक-फरक व्यक्ति हुन भन्ने प्रहरीले खुलाएको छैन ।
आफूलाई अघिल्लो पटक पचास लाख नक्कली भारु दिने व्यक्ति अर्कै भएको बयान पक्राउमा परेकी उमाले दिएकी छिन् र उनको शैली हेर्दा उनी पहिल्यैदेखि नै नक्कली भारु बोक्ने काम गरेको हुन सक्ने अनुमान छ ।
Related Keyword: One million, fake Indian currency, Indian currency, recovered, Birgunj, Pakistan,  नक्कली भारु, उमादेवी पाण्डे

श्रीमान दुई पटक विदेश जाँदा पनि कमाउन नसकेपछि आफैं विदेशिनुको विकल्प देख्नुभएन नवलपरासी बर्दघाटकी रेखा मुसहरले ।
पहिलो पटक कतार जाँदा एक वर्षमै कम्पनी बन्द भएर श्रीमान फर्किएपछि विदेश जाँदा सय कडा दश रुपैयाँका दरले लिएको ऋण बढेको बढ्यै थियो । ‘त्यसैले अब त म नै जान्छु भन्ने ठानेर विदेश गएँ’ रेखाले ५ वर्षअघि आफू विदेश जानुको कारण सुनाउनुभयो । तीन जना छोराछोरीकी आमा रेखालाई छोराछोरीको भविष्यको चिन्ता धेरै थियो त्यो बेला । त्यसैले एजेण्टले भनेकै काममा जान तयार हुनुभयो, धेरै बुझ्न खोज्नु भएन ।

रेखालाई विदेश पुग्नुको हतारो थियो त्यति भएपछि एजेण्टलाई अरु के चाहियो र ? आफूले खोजे जस्तै मान्छे भेटेपछि एजेण्टले रेखालाई भारतको बाटो हुँदै कुवेत पुर्‍याए । कुवेत पुग्दा रेखाले आफना अगाडी आफूले बनाएको योजना सफल बनाउने कुरा भन्दा समस्याको चाङ ठूलो देख्नुभयो । ‘यहाँ त एजेण्टले धेरै दुःखको काम छैन्, घरको काम मात्रै हो भन्दै पठायो तर विदेशको यथार्थ त त्यहाँ पुगेपछि बल्ल थाहा पाएँ’ रेखा भन्नुहुन्छ ।

४० जनाको परिवार घरमा काम गर्न पुगेकी रेखाले त्यहाँ बसुञ्जेल न आराम गर्न पाउनुभयो न त राम्रोसँग खान नै । नेपालबाट उहाँलाई सय दिनार अर्थात ३६ हजार रुपैयाँ दिने सर्तमा कुवेत लगिएको थियो । तर तलव त परै जाओस त्यो घरमा बसुञ्जेल घर परिवारलाई फोन गर्नसम्म पाउनुभएन उहाँले । त्यसैले पुगेको केहि दिनमै उहाँले काम नगर्ने भन्दै नेपाल फर्काइदिन घर मालिकलाई आग्रह गर्नुभयो तर घर मालिकले उहाँको आग्रहलाई ठाडै लत्याइदिए ।
घर जान्छु भन्दा साहुले तँलाई एक लाखमा किनेर ल्याएको हुँ’ उहाँले विगत सम्झँदै भन्नुभयो ‘त्यसै घर जान पाउँदिनस भन्थ्यो ।’ तर उहाँले रोइ कराई गर्न छोड्नुभएन । त्यसैले ६ महिनापछि घर मालिकले उहाँलाई कुवेतमा रहेको रिक्रुमेण्ट एजेन्सीमा ल्याएर छोड्यो ।
६ महिनाको काम गरेको उहाँले एक रुपैयाँ पनि पाउनुभएन । त्यसपछि त्यहि एजेन्सीमार्फत अर्को ठाउँमा काम गर्न जानु भयो र त्यहाँ डेढ वर्ष विताएर दुई वर्षपछि घर फर्किनुभयो । त्यहाँ बस्दा उहाँले धेरै समस्या भोग्नुभयो । आफूले समस्या त भोग्नुभयो नै अरु नेपाली महिलाले भोगेका समस्या पनि नजिकैबाट देख्नुभयो ।

उहाँले दुई वर्ष बसे पनि श्रीमान र आफू विदेश जाँदा लागेको ऋण तिर्न सक्नुभएन । यस कारण फेरि उहाँका श्रीमानले मलेसिया जाने निर्णय गर्नुभएको थियो, तर दोस्रो पटक जाँदा भने विरामी भएर फर्किनुभयो । ‘ऋण थपिएको थपिएकै छ, त्यसैले फेरी विदेश जाने योजना बनाएकी छु’ रेखा भन्नुहुन्छ ‘तर घरेलु कामदारमा चाहिँ जान्न ।’

छिट्टै धेरै कमाउने सपना देख्दा समस्या
सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार घरका समस्याले थिचिएका महिला आवश्यक सूचना र जानकारी नलिई विदेश जाँदा समस्यामा परेको पाइएको छ ।

त्यसमा पनि लगानी कम, त्यो पनि एजेण्टले नै लगाइदिने अनि थोरै योग्यता भएपनि पुग्ने भएकाले महिलाहरु घरेलु कामदारका रुपमा जान इच्छुक हुने सुरक्षित आप्रवासन परियोजना सामी नवलपरासीकी कार्यक्रम संयोजक उमा पौडेल बताउनुहुन्छ ।
एजेन्टहरुले पनि जाने व्यक्तिको अवस्था बुझेपछि छिटो गए छिटो पैसा कमाउन सकिने प्रलोभन देखाउने र काम उतै सिकिन्छ भनेर ठगिरहेको पाइएको उहाँले बताउनुभयो । ‘एजेण्टले घरको काम भन्दा महिलाहरुले यहाँको जस्तै सोच्छन’ पौडेल भन्नुहुन्छ ‘तर विदेशमा कामको प्रकृति धेरै फरक छ, त्यो काम गर्न सीप नपुगेपछि महिलाहरु यातनामा पर्छन् ।’

अब बुझेर र सिकेर मात्रै जान्छु
विदेश जाँदा लागेको ऋण तिर्न नसकेपछि उहाँ फेरि विदेश जाने तयारी गर्दै हुनुहुन्छ । तर अहिले उहाँलाई पहिलाको जस्तो कुनै हतारो छैन । सुरक्षित आप्रवासन परियोजना सामीले परासीमा सञ्चालन गरेको सुचना तथा परामर्श केन्द्र पुगेपछि उहाँ अब सीप सिकेर र राम्ररी बुझेर मात्रै विदेश जाने निर्णयमा पुग्नुभएको हो ।

एजेण्टले त अहिले पनि हतारो लगाइरहेका छन् उहाँलाई । तर अहिले भने उहाँ एजेन्टको भरपर्दा धोका पाइन्छ भन्नेमा सचेत भइसक्नु भएको छ । ‘एजेण्टले अनुभवीले तालिम लिनु पर्दैन्,छिटो गए छिटो पैसा कमाइन्छ त्यसैले तुरुन्तै उडी हाल भनेको छ’ उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो ‘तर मैंले मानिन ।’

गतवर्ष नवलपरासीबाट सय महिला विदेशीय
नवलपरासी जिल्लाबाट आर्थिक वर्ष २०७१/७२ मा १४ हजार ४ सय ७६ जना मध्ये ४ सय १८ जना महिला वैदेशिक रोजगारीमा गएका छन ।
यो आर्थिक वर्ष २०७२/७३ को श्रावण देखि पुस सम्म ६ महिनाको अवधिमा ४ हजार ९ सय ८ जनो मध्ये ६ सय २८ जना महिला छन । काठमाडौंबाट राहदानी निकाल्ने महिलाको संख्या ३ सय २३ छ ।