Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

‹
›

Sports

Technology

Slider

Politics

Sex and Crime

एजेन्सी : फेसबुकमा एकअर्कालार्इ लुकाइ लुकाइ च्याटिङ गर्ने पति पत्नीले एक दोस्रोलार्इ बेवकुफ बनाएको कुरा कहिले सोचेका थिएनन् होला । 
हद तब भयो जब कयौं दिनसम्म च्याटिङ गरेपछि दुबैले भेट्ने निर्णय गरे । दुबैजनाले नक्कली नामबाट फेसबुकमा च्याट गर्दै आएका थिए। ६ महिना लामो च्याटिङपछि उनीहरु एक रेस्टुरेन्टमा भेट गर्न पुगे । 

 जब रेस्टुरेन्ट दुबैजना भेटिए, तब त्यहाँ एकअर्कालाई दिएको धोकाको पोल खोल्न पुग्यो । एकअर्कालाई रेस्टुरेन्टमा भेटेपछि दुबैजना त्यहीँ भिड्न पुगे । 

नक्कली फेसबुक एकाउन्ट खोलेर फेसबुक च्याटिङ गर्दै आएका उनीहरु एक अर्काको पोल खुलेपछि झगडामात्रै गरेनन् अब छँदाखाँदाको घरबार पनि बिग्रने अवस्थामा पुगेको छ। 

यहाँ थाहा पाइराख्नुपर्ने कुरा फेसबुकमा परिचय नखुलेको आइडी बनाएर कसैसँग च्याट गर्नु अब सामान्य बनिसकेको छ । खासगरी महिलाको तस्बिरसँगै बनेको आइडीको अक्सर जाँच नगरी नबुझी वास्तविक मानेर मानिसहरु खुलेर कुरा गर्छन् । 

यस्तै घटना भारतको उत्तरप्रदेशस्थित बरेली मढीनाथ निवासी एक व्यक्तिसँग हुन पुग्यो । उनले फेसबुकमा सर्च गरेर महिला आइडीलाई रिक्वेस्ट पठाएका थिए । 

करिब ६ महिनासम्म दुबैबीच च्याटिङ भइरह्यो । च्याटिङकै क्रममा दुबैले आफूलाई अविवाहित रहेको भनेर ढाँट्न सफल भए । 

च्याट गर्ने क्रम लामो हुँदै गएछि दुईबीचको मित्रता प्रेममा बदलियो । दुबैमा एकअर्काप्रति माया बढेपछि ती युवाले भेट्ने प्रस्ताव राखे ।

तर युवतीले उनलाई भेट्न इन्कार गरिरहिन् । युवकले कयौं पटक आग्रह गरेपछि युवती पनि भेट्न तयार भइन् । 

दुबैले भेट्ने स्थान र समय पनि फेसबुक च्याटिङबाटै तय गरे । शनिबार दिउँसो दुबैजना पहिलो डेटिङका रुपमा भेट्न एक रेस्टुरेन्टमा पुगे । 

तर, जब उनीहरुले त्यहाँ एकअर्कालाई देख्नेबित्तिकै दुबैको पैतला जमीनमा भास्सिए बराबर भयो । शुरुमा त उनीहरुबीच रेस्टुरेन्टमै विवाद शुरु भयो । दुबैबीच रेस्टुरेन्टमै घम्साघम्सी चल्यो । 

फेसबुक च्याटिङबाट शुरु उनीहरुको धोकाको खेल रेस्टुरेन्टमा पुगेर पटाक्षेप भएपछि पतिले पत्नीलाई प्रताडित गर्न थाले । 

रेस्टुरेन्टबाट घर पुगेपछि पतिले पत्नीलाई कुटपिट गरिरहेका छन् । पतिले आफूलाई कुटपिट गर्न थालेपछि पत्नीले स्थानीय प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । 

फेक आइडी बनाएर शुरु फेसबुक च्याटले एक दुबैले एकअर्कालाई गम्भीर धोका दिए भने घरबार बिग्रन लाग्दा उनीहरु 'हामी नदीका दुई किनारा' गीत जस्तै अवस्थामा पुगेका छन् ।
एजेन्सी: विश्वका २० भन्दा बढी मुलुकुमा तीब्र गतिमा फेलिरहेको जिका भाइरसविरुद्ध फेसबुकले अभियान थालेको छ। ब्राजिलको एक गैर-सरकारी संस्था एब्रासको डिभुल्गासँग मिलेर उसले यस्तो अभियान थालेको हो।  
फेसबुकका मालिक मार्क जुकरवर्कले आफ्नो फेसबुक पोस्ट्‌मा उक्त अभियानको घोषणा गर्दै भनेका छन्, 'हामी जिका भाइरसविरुद्ध जनचेतना जगाएर लड्‍न सक्छौ।'

उनले जिका भाइरसको भाइरललाई रोक्न अहिले जनस्वाथ्यमा चुनौती थपिदिएकोले यसको समाधान सबै मिलेर गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, 'जिकाले विश्वभरको जनस्वाथ्यमा चुनौतीको रुपमा देखा परेको छ, विशेषगरी गर्भवती महिलाले जन्मदिने शिशुको ब्रेन ड्यामेज गरिदिन्छ।'

लामखुट्टेले बोकेर ल्याउने यो भाइरको कुनै पनि उपचार पत्ता नलागेकाले सबैभन्दा उत्तम उपाय लामखुटेकोको टोकाइबाट बच्‍नुपर्नेमा जुकरवर्कले सुझाव दिएका छन्। 

जिका भाइरसको महामारीलाई विश्‍व स्वास्थ्य संगठन डब्लुएचओले समेत अन्तराष्ट्रिय रुपमै आपत्तकालीन अवस्था भनेर घोषणा गरिसकेको अवस्थामा उनले  शिशुलाई जन्‍म दिने आमाहरुलाई सही र आसलाग्दो सूचनाको प्रवाह गर्नुपर्ने बताएका छन्। 

जिकाले अमेरिकाका केही देश, ब्रजिल लगायतका अन्‍य अल्पविकसित देशहरुमा समेत आफ्‍नो प्रभाव जमाइसकेकोले गर्भवती आमा र शिशुहरुमा ब्रेन ड्यामेजको खतरा बढेको छ।  केही महिनामा मात्रै करीब १५ लाख ब्राजिलियनहरु जिका भारइसको सिकार भइसकेको तथ्याङकले देखाएको छ। 
-
यदि कसैले आफ्नो फेेसबुकमा १ हजार भन्दा बढि साथी छन् भनेर दाबी गर्छ भने यो कुरो झुट्टो सावित भैसकेको छ । तपाइँले पनि आफ्नो फेसबुकमा सयौँ साथीहरु छन् भनेर मक्ख पर्नु हुन्छ होला र कतिले त साथी बनाउन सकिने फेसबुकको सीमाना पुगिसकेको हुँदा अब नयाँ साथी बनाउन नसक्ने भएकाले आफ्नो फेसबुक पेज लाइक गर्नका लागि फेसबुक मार्फत नै आव्हान गरिरहेका हुन्छन् । फेसबुकमा धेरै साथी छन् भनेर घमण्ड गर्नेहरुका लागि एउटा अनुसन्धान रिपोर्टले झट्का दिएको छ । वास्तवमा फेसबुकमा धेरै साथी छन् भनेर फुर्ति नगरे हुने भएको छ किनकी फेसबुकमा तपाइँले बनाउने वास्तविक साथीहरुको संख्या भनेको बढिमा केवल २ सय मात्र रहेछ ।
पछिल्लोपटक गरिएको एक रोचक अध्ययनले सोसल नेटवर्किंग साइटका प्रयोगकर्ताहरुले यस्ता साइटमा बनाउने वास्तविक निकट साथीहरुकोे संख्या २ सय भन्दा पनि कम हुने देखाएको छ । सोसल साइटमा वास्तविक साथी बनाउने मामिलामा पुरुषको तुलनामा महिला अगाडि देखिएका छन् ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक मनोविज्ञ रोबिन डन्बारले नियमित रुपमा सामाजिक संजाल प्रयोग गर्नेहरुमा विभिन्न २ वटा सर्भेक्षण गरे । त्यसक्रममा पहिलो समूहमा फेसबुकमा हुने औषत साथीहरुको संख्या १५५ पाए भने अर्को समूहको औषत साथी संख्या १८३ पाए ।
दुबै नमूनाहरुमा पुरुषको तुलनामा महिलाहरुको फेसबुकमा वास्तविक वा निकट साथीहरुको संख्या बढि रहेको देखियो । पहिलो समूहमा महिलाहरुका वास्तविक फेसबुके साथीहरुको औषत संख्या १६६ हुँदा पुरुषको १४५ थियो भने दोश्रो समूहका महिलाहरुको फेसबुके साथीको ओषत संख्या १९६ हुँदा पुरुषका साथीको संख्या १५७ मात्र थियो । त्यस्तै अपेक्षाकृत रुपमै पूरानो पूस्ताका मानिसहरुको फेसबुके साथीको संख्या नयाँ पुस्ताका मानिसको भन्दा कम रहेको पाइयो ।
शोधकर्ताका अनुसार सोसल साइटले प्रत्यक्ष भेटघाटको अभावमा समयक्रमसँगै मित्रतामा आउने फाटोलाई घटाउनका लागि सहयोग गर्ने गरेको छ ।
तर लामो समयसम्म पनि प्रत्यक्ष भेटघाट हुन सकेन भने फेसबुकको मित्रता केवल औपचारिकतामा सिमिति हुने र उक्त साथीसँग वास्तविक मित्रता हराउने शोधकर्ताको ठम्याइ छ ।
शोधकर्ता डेन्बरका अनुसार एक मित्रले अर्को मित्रलाई प्रत्यक्ष भेटघाट गरी एकले अर्काको आँखा हेर्नु मित्रतालाई प्रगाढ बनाउनका लागि महत्वपूर्ण हुन्छ ।
शोधकर्ताले एकजना मानिसले कतिजना अन्य मानिससँग दहि्रलो मित्रता कायम गर्न सक्छ भन्ने एउटा सिद्धान्त नै प्रतिपादन गरेका छन् । उक्त सिद्धान्तलाई सोसल ब्रेन हाइपोथेसिस भनिएको छ । यस अनुसार हाम्रो मस्तिष्कले विभिन्न बहुआयामिक मित्रवत सम्वन्धहरुलाई प्रोसेसिंग गर्ने क्रममा १ सय देखि २ सय जना वास्तविक मित्रको समूह छुट्टाउँछ । अर्थात् हाम्रो मस्तिष्क २ सय जनाभन्दा बढि मानिससँग वास्तविक मित्रता कायम गर्न असमर्थ हुन्छ । २ सय जना भन्दा बढिसँग वास्तविक मित्रता राखिराख्न हामीसँग समय पनि हुँदैन ।
सामाजिक संजालको प्रयोगले मानिसले धेरै भन्दा धेरै साथीहरु बनाउन सक्ने र प्रत्यक्ष भेटघाट वा कुराकानी गरिरहनु नपर्दा धेरैजनासँग मित्रता कायम राख्न सकिने अनुमान धेरैको हुन्छ । फेसबुकमा सयौँ साथीहरु बनाएका पनि हुन्छौँ हामीले । तर फेसबुकमा आफुसँग साथी बनेका सबै फेसबुकेहरु तपाइँका वास्तविक साथी नहुने तथ्य डन्बारको अध्ययनको पुष्टि गरेको छ ।
उनले के सोसल मिडियाको प्रयोगले हामीले धेरै साथी बनाउन सक्छौँ त भन्ने कुरा पत्ता लगाउनका लागि ३३ सय जना मानिसमा अध्ययन गरे ।
पहिलो समूहका फेसबुकेहरुले आफ्ना फेसबुक साथीहरु मध्ये केवल २८ प्रतिशत मात्र वास्तविक वा खास साथी रहेको बताए । फेसबुकले निकै धेरै साथी भएकाहरुको पनि वास्तविक साथीहरुको औषत संख्या उत्ति नै रहेको पाइयो ।
भारतको शहर मुम्बईका एक २७ वर्षीय नेहाल अन्सारीलाई पाकिस्तानमा आफ्नी प्रेमिका खोज्ने प्रयास महंगो परेको छ । 

उनका परिवारका अनुसार सन् २०१२ मा नेहाल अन्सारीको फेसबुकमार्फत एक पाकिस्तानी युवतीसँग माया बस्न पुग्यो । 
इन्टरेनटबाट माया बसेपछि आफ्नी प्रेमिकालाई भेटाउन घरबाट जागिर खाने बहानामा निस्केका नेहाल पाकिस्तान पुगे । 

उनको योजनाबारे घरका अन्य सदस्यलाई कुनै जानकारी थिए । घर छाडेको महिनौंसम्म नेहाल फर्केनन् । छोरो घर नफर्केपछि उनका बाबुआमा चिन्तामा डुबे । 

छोराको खोजी गर्दा गर्दै ३ वर्षपछि परिवारलाई उनका छोराको पाकिस्तानको कोहाटकी एक युवतीसँग माया बसेको थाहा भयो । आफ्नी प्रेमिकासँग भेट्नैका लागि छोरो पाकिस्तान पुगेको बाबुआमाले थाहा पाए । 

अन्सारी परिवारलाई पाकिस्तानमा रहेका उनीहरुका वकीलले नेहाल अफगानिस्तानको भूमिबाट गैरकानुनीरुपमा पाकिस्तान छिर्ने क्रममा पाकिस्तानी सेनाले पक्राउ गरेको जानकारी दिए । 

आफ्नी प्रेमिकासँग भेट्ने आशमा तड्पिरहेका नेहाललाई पाकिस्तानी सेनाले पक्रेर जेलमा हालेको कुरा पनि अन्सारी परिवारले ती वकीलमार्फत थाहा पाए । 

प्रेमिकासँग मिल्ने आशमा घर छाडेका नेहाल पाकिस्तानी जेलमा सडिरहेको थाहा पाएपछि उनका बाबुआमाले छुटाउनका लागि भारत सरकारसँग हारगुहार लगाएका छन् । 

नेहाल अन्सारीकी आमा फौजिया र पिता हामिद अन्सारीले भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेटेर छोरालाई रिहा गराइ घर फर्काइदिन आग्रह गरेका छन् । 

अन्सारी परिवार सरकारको पहलमा आफ्नो प्यारो छोरो चाँडै घर फर्किने आशमा दिनरात गुजारिरहेका छन् । 
एजेन्सी : 
लोकप्रिय सोसल नेटवर्किंग साइट फेसबुक(Facebook)ले लाइभ भिडियो स्ट्रिमिंग(Live video streaming) फिचर सुरु गरेको छ । सुरुवातमा यो फिचर केहि सेलिब्रेटी तथा हाइ प्रोफाइल व्यक्तिहरुले केही महिनासम्म प्रयोग गर्न सक्ने फेसबुकले बताएको छ ।
टि्वटरको पेरिस्कोप तथा मिरक्याट जस्ता लाइभ स्ट्रिमिंग(Live video streaming) एपहरु निकै चर्चित बन्न थालेपछि फेसबुकले पनि लाइभ स्ट्रिमिंग फिचर सुरु गरेको हो ।
सुरुवातमा फेसबुकको यो सेवा अमेरिकाका केही व्यक्तिहरुमा केवल आइफोनमा मात्रै सिमित हुनेछ र यो फिचर प्रयोग गर्न सकिनेछ । तर समयक्रममा यो लाइभ भिडियो फिचर फेसबुकका सबै प्रयोगकर्तामा लगिने फेसबुकले जनाएको छ ।
आफ्नो ब्लगपोष्टमा फेसबुकले भनेको छः लाइभले तपाइँलाई आफुले देखेका कुराहरु उहीँ समयमै आफ्नो मान्छेलाई पनि देखाउन सम्भव तुल्याइदिनेछ । लाइभ स्ट्रिम गरिएको भिडियो प्रयोगकर्ताको टाइमलाइनमा सुरक्षित हुनेछ ।
-
फेसबुकमा आफुले लेखेको स्टाटस तथा अपलोड गरेका तस्वीरहरुमा धेरै भन्दा धेरै लाइक र कमेन्ट पाउने इच्छा सबैको हुन्छ । पछिल्लो समय किशोर किशोरी तथा युवाहरुमा फेसबुकको लत नै लागेको र फेसबुक पोष्टमा आउने कमेन्ट तथा लाइकको घटबढले मानसिक रुपमा विक्षिप्त समेत बनाउने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
  1. फेसबुक पोष्टहरुमा व्यक्तिले पाउने लाइक तथा कमेन्ट उसको व्यक्तिगत लोकप्रियता, फेसबुक फ्रेण्डको सख्या, सक्रियता, फेसबुकको स्टाटस वा फोटो लगायका सामाग्रीको सान्दर्भिकता वा प्रकार लगायतले निर्धारण गर्दछ । तर कहिलेकाहीँ जतिसुकै लोकपि्रय मानिसले जतिसुकै राम्रो पोष्ट गरेपनि लाइक तथा कमेन्ट कम आउने र सोही व्यक्तिले अन्य समयमा गर्ने कतिपय पोष्टमा भने लाइक तथा कमेन्टको बाढी आउने हुनसक्छ । यसको अर्थ हो फेसबुकमा आउने लाइक तथा कमेन्टको संख्या निर्धारणमा विभिन्न पक्षको भूमिका हुन्छ । त्यसैले ती पक्षहरुको बारेमा ध्यान दिनुपर्छ ।
  2. फेसबुकमा बढिभन्दा बढि लाइक तथा कमेन्ट प्राप्त गर्नका लागि तथा अरुको नजरमा परिरहनका लागि बस यी केही टिप्स अपनाउनुहोस् । यस्तो समयमा फेसबुक स्टाटस अपडेट गर्नुहोस् जुन समयमा धेरै भन्दा धेरै मानिस अनलाइनमा होउन् । यसबाट तपाइँको पोष्ट धेरैले देख्न पाउँछन् । धेरै मानिसहरु बेलुकी वा रातको समयमा धेरै अनलाइनमा आउँछन् । त्यसैले यो समय फेसबुकमा पोष्टिनका लागि उपयुक्त हुनसक्छ ।
  3. अनावश्यक रुपमा आफ्नो फोटोमा जथाभावी साथीहरुलाई ट्याग गर्ने काम बन्द गर्नुस् । धेरैलाई ट्याग गर्दा धेरै लाइक पाइन्छ भन्ने मान्यता नराख्नुस् । यस्तो बानी प्रत्युत्पादक हुनसक्छ । तपाइँले ट्याग गरेको तस्वीर वा सामाग्रीसँग सम्बन्धित नै रहेको मानिसलाई जथाभावी ट्याग गर्दा उसलाई दिक्क लाग्छ । उसले त्यसअघि तपाइँका पोष्टमा लाइक गर्ने गरेको भएपनि दिक्क लागेर गर्न छाड्छ ।
  4. जुन तस्वीर वा स्टाटस पोष्ट गरेको आधा घण्टाको बीचमा खासै लाइक वा कमेन्ट आएनन् भने बुझ्नुहोस् की तपाइँको पोष्ट धेरै फेसबुकेहरुले देख्नै पाएनन् । त्यसैले त्यस्तो पोष्टलाई डिलिट गरिहाल्दा हुन्छ । फेसबुकको एल्गोरिदमका अनुसार फेसबुक पोष्टमा जति धेरै लाइक प्राप्त भयो त्यो उति नै धेरै मानिसको वालमा देखा पर्दछ । यसको अर्थ जब तपाइँको पोष्टमा लाइकको संख्या नै कम छ भने त्यो पोष्ट कम मात्र मानिसको वालमा देखा पर्दछ र त्यसले अरु थप लाइक पाउने सम्भावना कम हुन्छ ।
  5. तपाइँले आफ्नो साथीलाई आफ्नो कुनै पुरानो तस्वीरमा कमेन्ट गर्नका लागि आग्रह गर्न सक्नुहुन्छ । यसरी कसैले कमेन्ट गरिसकेपछि वा लाइक गरिसकेपछि तपाइँको त्यो पूरानो पोष्ट पुनः तपाइँका फेसबुके साथीहरुको वालमा देखा पर्दछ । त्यसबाट तपाइँको नयाँ साथीले पनि उक्त तस्वीर देख्न पाउँछ र लाइक वा कमेन्ट ठोक्ने सम्भावना हुन्छ ।
  6. फेसबुकमा झिना मसिना कुराहरु पनि छिटो छिटो पोष्ट गरिरहने नगर्नुस् । यसो गर्दा तपाइँको वजन घट्छ र तपाइँका फेसबुके साथीहरुले लाइक तथा कमेन्ट गर्न पनि झिँजो मान्न सक्छन् । त्यसैले फेसबुकमा महत्वपूर्ण विचार, सन्दर्भ तथा सामाग्रीहरु मात्र पोष्ट गर्नुहोस् ।
  7. तपाइँले कुनै सेलिब्रेटी वा ठूलाबडा मानिससँग खिचाएका फोटा छन् वा कुनै नयाँ र विशेष ठाउँका विशेष फोटाहरु छन् भनेपनि बेलामौकामा पोष्ट गर्नुस् । तर एउटै सेलिब्रेटीसँगका आफ्ना एकै सन्दर्भका फोटाहरु पटक पटक पोष्ट गर्दा भने राम्रो हुँदैन ।
  8. आफ्नो फेसबुक पोष्टमा यस्तो प्रश्न सोध्नुस् जो सबैको सरोकारको विषय होस् र धेरै भन्दा धेरैले त्यसको जवाफ दिउन् । मानिसहरुको सर्वाधिक रुची भएको तात्कालिक विषय के होला ? भन्ने कुरा सोँच्नुस् । कुनै भैरहेको घटनाको विषयमा पनि अरुले भन्दा अलि फरक तरिकाले फेसबुकमा प्रस्तुत गर्नुस् । यसो भन्नुको मतलब यथार्थलाई तोडमोड गर्ने भन्ने होइन । तर अरु कैयौँ मानिसले दिइसकेको सूचना वा तथ्यांकलाई सोही स्वरुपमा आफ्नो फेसबुकमा पोष्ट गर्दा त्यसले फेसबुकेहरुको ध्यान तान्न सक्दैन ।
  9. आफ्नो फेसबुक पोष्टमा लाइक वा कमेन्टको मात्र अपेक्षा गर्ने तर अरुका पोष्टमा लाइक, कमेन्ट गर्न कन्जुस्याइँ गर्ने काम कहिल्यै नगर्नुस् । आफुले लाइक, कमेन्ट चाहनेले अरुलाई पनि दिनुपर्छ । लाइक कमेन्ट मात्र होइन, अरुका मनपर्ने स्टाटसहरु शेयर पनि गर्न सक्नुहुन्छ । जसका कारण ती व्यक्तिहरुले तपाइँको फेसबुक पोष्टमा लाइक वा कमेन्ट ठोक्न बिर्सिने छैनन् ।
  10. सक्कली फोटोहरु मात्र पोष्ट गर्नुस्, फोटोशप गरेर कुनै ठूलो मानिससँग आफुलाई सँगै देखाएर फोटो तयार गरेर पोष्ट गर्ने नक्कली काम नगर्नुस् । यो धन्दा अरुले थाहा पाएभने तपाइँले धेरै लाइक पाउने त परको कुरा फेसबुकेहरुले तपाइँको बेइज्जत गर्न सुरु गर्नेछन् ।
-
बंगलादेश सरकारले कानूनी व्यवस्था कायमै राख्न सामाजिक सञ्जाल फेसबुक र अन्य अनलाइन म्यागजिन वेबसाइट बन्द गरेको छ ।
बंगलादेशको सुप्रीम कोर्टले दुई वरिष्ठ विपक्षी नेतालाई सुनाइएको फाँसीको सजाय कायमै राखेपछि सरकारले यो कदम चालेको हो ।
दुवै नेतालाई सन् १९७१ मा पाकिस्तानविरुद्धको स्वतन्त्रताको लडाइका क्रममा युद्ध अपराधमा दोषी ठहर गरिएको थियो ।
विपक्षी नेताद्वय सलाहुद्दीन कादेर चौधरी र अली अहसान मोहम्मद मुजाहिलाई दुई वर्ष पहिले विशेष युद्ध अपरोध प्राधिकरणले जनसंहार र बलात्कारमा दोषी ठहर गरेका थिए ।
-
२२ असोज, काठमाडौँ । तपाई फेसबुकको नियमित प्रयोगकर्ता हो र आफुले फेसबुक चलाउँदा निशुल्क चलाएको छु भन्ने सोच्नुभएको छ भने तपाई गलत सोच्दै हुनुहुन्छ ।
किनकी फेसबुकले हरेक वर्ष प्रति व्यक्ति औसतमा १३ डलर कमाइरहेको चर्चित पत्रिका गार्जियनले प्रकाशित गरेको छ ।

मार्केट रिसर्च वेबसाइट ईमार्केटर को आंकडा अनुसार यदी तपाइ फेसबुकको प्रयोगकर्ता नभएर ट्विटर चलाउनुहुन्छ भने पनि ट्विटरले पनि तपाइको वार्षिक ७ दशमलव ७५ डलर पैसा कुम्ल्याइरहेको हुन्छ ।

गार्जियनका अनुसार एडवरटाइजिंग रेवेन्यूमार्फत फेसबुकले तपाइसँगबाट मात्रै १३ सय नेपाली रुपैँया कुम्ल्याइरहेको छ र नयाँ वर्षबाट त्यो मूल्इ पनि बढेर साडे १७ डलर बन्ने भएको छ ।
- - -