काठमाडौं, फागुन ९ । नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगितातर्फ ५ सय भन्दा बढी विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।
खुलातर्फ सह-निर्देशकदेखि सवारी चाकलसम्मका लागि आवेदन माग गरिएको हो । विभिन्न पदमा स्नातकोत्तर तह उत्तिर्ण देखि कक्षा ८ पास गरेकासम्मले आवेदन दिन सक्नेछन् ।
प्राधिकरणले सहनिर्देशक, सहायक निर्देशक, प्रवन्धक, उपप्रवन्धक, प्रशासकीय अधिकृत, इन्जिनियर, अर्थशास्त्री, तथ्याङ्क शास्त्री, लेखा अधिकृत, कानुन अधिकृत, सर्भे अधिकृत, जिओलोजिष्ट र वतावरणविदका लागि आवेदन खुलाएको छ । यि मध्ये कतिपय पदमा सम्बन्धित क्षेत्रमा अनुभव समेत माग गरिएको छ ।
इलेक्टि्रसियन, फोरमेन, सिनियर मिटर रिडर, मिटररिडर, सहायक लेखापाल, सुपरभाइजर लेखापाल, चालक लगायतका पदमा पनि विज्ञापन निकालिएको छ ।
विभिन्न क्षेत्रीय कार्यालयहरुका लागि प्राविधिकहरुको माग गरिएको हो । चैत १५ गतेभित्र इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन् ।
Employment
काठमाडौं, माघ १३ । इपीएस भाषाका परीक्षार्थीलाई फारम भर्न सहज गराउन अनलाइनबाटै फारम भर्ने सुविधा दिने तयारी भए संगै कोरिया जान चाहाने युवाले भाषा परीक्षाका लागि अब घरमै बसेर आवेदन फारम भर्न सक्ने भएका छन् ।
वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले केहीदिन भित्रै फारम भर्ने अनलाइन प्रणाली विकास गर्न तयार पार्न टेन्डर आह्वान गर्न लागेको छ ।
३ महिनाभित्र प्रणाली तयार गर्ने गरी टेण्डर आह्वान गर्न लागिएको शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए । ‘इपीएस परीक्षाका लागि युवाहरुको आकर्षण धेरै छ । त्यसैले फारम भर्ने परम्परागत प्रणालीले युवालाई धेरै सास्ती पनि भयो’ बास्तोलाले भने-‘कागजी रुपमा फारम बुझ्दा व्यवस्थापनमा समस्या देखिएको कारण पनि अब अनलाइन प्रणालीमा जान लागिएको हो ।’
अनलाइनमा फारम भरेर तोकिएका बैंकमा गएर फारम शुल्क तिर्ने व्यवस्था गर्ने तयारी छ । अनलाइन फारम भर्न मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरिने भएको छ ।
यसअघि नागरिकताका आधारमा पनि फारम भर्न सकिने व्यवस्था थियो । अब कोरिया जान चाहानेले आवदेन भर्नुअघि नै एमआरी बनाइ सक्नुपर्नेछ । निर्देश्क बास्तोलाले भने- ‘प्रणालीमा फारम भरेपछि बैंकबाट फारमको शुल्क भुक्तानीको व्यवस्था मिलाउँछौं । सबैलाई सहज गराउने गरी शुल्क बुझिनेछ ।’
शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी अनलाइन प्रणाली विकास गर्न लागेको उनले बताए । प्रणाली तयार हुन झण्डै ४४ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
शाखाले आगामी वैशाखमा सन् २०१७ का लागि भाषा परीक्षाको आवदेन खुला गर्ने तयारी गरेको छ । त्यस अगाडि नै अनलाइन प्रणालीको विकास गरिसक्ने शाखाको तयारी छ । कोरियामा काम गर्न जान खोज्नेको संख्या अत्याधिक हुँदा परीक्षाको फारम भर्नेको भीड पनि थामि नसक्नु हुने गरेको छ ।
देशभरका युवाले परीक्षाका लागि आवेदन भरेर बुझाउनका लागि काठमाडौं र केही प्रमुख सहरमा पुगेर घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको हो ।
प्रणाली सञ्चालनमा आएपछि इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर फारम भर्न सक्नेछन् । नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् ।
आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।
Employment - EPS - Korea
Subscribe to:
Posts (Atom)


Recent Comments