Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

काठमाडौं, २३ माघ । नक्कली प्रमाणपत्रधारी १२ चिकित्सकलाई नेपाल प्रहरीको सीआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो)ले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १० जना निजी अस्पतालका डाक्टर र २ जना सरकारी डाक्टर छन् ।  पक्राउ पर्नेमा रामबाबु गिरी (बी एण्ड सी विर्तामोड), पशुपति चौधरी (पशुपति मोडल अस्पताल इटहरी), कमरुल हक (गोल्डेन अस्पताल विराटनगर मो.), तुलसी कुमार महतो(कोसी अञ्चल अस्पताल) , र मो. अहमद सिद्धी(ग्लोबल अस्पताल सिराहा मिर्चैया)  छन् ।
जानकी मेडिकल हलका कल्याण विश्वास, जनकपुर अञ्चल अस्पतालका सन्तोषकुमार यादव, कलेज अफ मेडिकल साइन्स, भरतपुरकी विनिता यादव, अजित मेडिकल हल, जनकपुरका भगवान केवट मल्लाह र रामजानकी डेन्टल क्लिनिक जनकपुरका शैलेन्द्रकुमार महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तै स्वास्थ्य सेवा क्लिनिक, कपिलबस्तुका अफजल हुसेन र ग्लोबल अस्पताल ग्वार्को, ललितपुरका श्यामबाबु साह पनि पक्राउ परेका छन् ।
उनीहरु मध्ये दश जनाले भारतबाट नक्कली प्रमाणपत्र बनाएका थिए । एक जनाको एएलसी र प्रमाणपत्र दुबैको प्रमाणपत्र नेपालबाट र अर्का एकको भारतबाट बनाइएको पाइएको प्रहरीले जनाएको छ ।
नक्कली प्रमाणपत्र बनाएका उनीहरु मध्ये पाँच जनाले चीनबाट एमबीबीएस अध्ययन गरेका थिए भने केहीले रसिया, भारत, बंगलादेश र पाकिस्तानबाट अध्ययन गरेका छन् । रामबाबुले भने फिलिपिन्सबाट एमडी समेत गरेको पाइएको छ ।
-