Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » पैसा सहित श्रीमती प्रहरीसँग भागेपछि श्रीमानको बिचल्ली
«
Next
Newer Post
»
Previous
Older Post

कालिकोट, फागुन १७  । कालीकोट जिल्लाको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमानले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् ।

जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु ७ लाख रकम लिएर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
मलेसियामा रहेका लल्तेले शान्तिका नाममा विभिन्न समयमा आइएमइमार्फत रकम रु सात लाख पठाएको अभिभावकले बताएका छन् ।

नेपालगन्ज घर भएका प्रहरी जवान सहिष मनियारले शान्ति तिरुवालाई भगाएर स्थानीय जिते बजारमा हिँड्दै गरेको अवस्थामा शान्ति तिरुवाका ससुरा कलौरा तिरुवाले थाहा पाएपछि पक्राउ गरी प्रहरीलाई बुझाएको तर उनीसँग रकम नभेटिएको बताइएको छ ।

आफूलाई विदेशबाट श्रीमान्ले केही रकम घर खर्चका लागि पठाएको भएपनि रु ७ लाख भने नपठाएको शान्तिले बताएकी छन् । अहिले मनियारलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी विभागीय कारबाहीका लागि प्रक्रियाअघि बढेको इलाका प्रहरी कार्यालय स्युनाका निमित्त कार्यालय प्रमुख तथा असई कुलबहादुर खड्काले जानकारी दिए । शान्ति तिरुवालाई भने मनियारको जिम्मा लगाइएको छ । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply