Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » एमालेलाई विकासविरोधी भन्दै विमलेन्द्र निधीको आक्रोश
«
Next
Newer Post
»
Previous
Older Post

२२ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले फास्ट ट्रयाकको ठेक्का भारतलाई दिने प्रयास असफल भएपछि मन्त्रिपरिषद बैठकमा गुनासो पोखेका छन् ।
iमन्त्री निधीले एमालेका मन्त्रीहरुलाई ‘विकास विरोधी’ आरोप लगाउँदै मुख्यसचिव सोमलाल सुवेदीको समेत कटु आलोचना गरे ।
‘एमालेका मन्त्रीहरुले सत्ता समीकरणको मर्यादा नाघेर असहयोग गर्नुभयो,’ मन्त्री नीधिको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरु विकास विरोधी हो ।’
मन्त्री निधीले आफूविरुद्ध सर्वोच्च अदालतलाई समेत प्रयोग गरिएको भन्दै बैठकमा आक्रोश व्यक्त गरे ।
गत शुक्रबारको बैठकमा मुख्यसचिव विरुद्ध खनिएका मन्त्री निधीले आजको बैठकमा पनि मुख्य सचिवमाथि नै विभिन्न आक्षेपहरु लगाए ।
‘सरकारको कर्मचारी भएर मन्त्रीको प्रस्तावको विरोधमा बोल्न मिल्छ ?’ भन्दै मन्त्री निधीले घुमाउरो रुपमा मुख्यसचिवमाथि कारवाहीको मागसमेत राखेका थिए ।
मन्त्री निधीले निकैबेरसम्म आक्रोशित मुद्रामा बोलिरहँदा अन्य मन्त्रीहरुले भने कुनै प्रतिक्रिया जनाएनन् ।
‘सर्वोच्चले अन्तरिम आदेश नदिएको भए आज कुनै पनि हालतमा पास गराउने मन्त्री निधीको योजना रहेछ,’ एमालेका एक मन्त्रीले अनलाइनखबरसित भने, ‘योजना असफल भए पनि मनको तुष पोखे ।’

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply