२४ असोज, काठमाण्डु, – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन सम्पूर्ण शक्तिका साथ लागिपरेको दक्षिण छिमेकी मुलुक भारतले प्रधानमन्त्री निर्वाचनमा खुलेआम आर्थिक चलखेल गरेको खुलासा भएको छ ।
दिल्लीले सांसद् खरिदका लागि शुक्रबार ९३ करोड भारतीय रुपैयाँ एकैपटक बैंकमार्फत नेपालस्थित दूतावास पठाएको छ ।
चेन्नइको एक बैंकबाट नेपालस्थित भारतीय दूतावासका कर्मचारी टुराई मार्गनको नाममा एसबीआई बैंकको खाता नम्बर ७७००८९०३६१ मा ९३ करोड भारु टान्सफर भएको देखिएको छ ।
उक्त परिमाणको रकम एकैसाथ नेपाल आएपछि बैंकका अधिकारीसमेत अचम्ममा परेका थिए ।
एमाले–एमाओवादी गठबन्धनले भारत सुशील कोइरालालाई प्रधानमन्त्री जिताउन सांसद् किनबेचको खेलमा लागेको आरोप लगाइरहेका बेला दूतावासले त्यति ठूलो परिमाणमा रकम नेपाल भित्र्याएको हो ।
प्रधानमन्त्रीमा ओलीलाई जसरी पनि हराउन भारतले गुप्तचर संस्था ‘रअ’ का पूर्वप्रमुख एबी माथुर र नेपालस्थित राजदूत रञ्जित रायलाई खटाएको छ ।
भारतकै उक्साहटमा अन्तिम समयमा आएर सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका थिए ।
No comments