Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » स्कुटरमा बिके पछि युवती प्रहरी हिरासतमा
«
Next
Newer Post
»
Previous
Older Post

२२ असोज, काठमाडौं । रातारात धनी हुनका लागि देशका ठुला ठुला शहरहरुमा धेरै युवा युवतीहरु अपराधको दुनियाँमा लागेर बिग्रने गरेका छन् । बिना दु:ख धनी हुन चाहने युवतीहरुको पनि सहरमा कमी छैन । आफ्नो सोख पुरा गर्ने सपनामा युवतीहरु गलत संगतका कारण बिग्रन गरेका छन् ।
स्कुटर चढ्ने सपनाको पछाडी लाग्दा लतिलपुरमा एक युवती प्रहरी हिरासतमा पुगेकी छिन् । ललितपुरकी २१ वर्षिय रिना महर्जनलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।
प्रहरीका अनुसार ठगीमा उनको प्रत्यक्ष संलग्नता छैन । तर, स्कुटर चढ्ने र राम्रो लगाउने लोभमा फस्दा उनी यतिबेला पक्राउ परेकी हुन् । पैसाको लोभमा उनी एक नामुद ठगको संगतमा परिन् । ती ठगले उनलाई स्कुटर पनि किनिदिए । महंगा कपडाहरु पनि किनिदिए । तर त्यसको पछाडी स्वार्थ थियो । उनै युवतीलाई प्रयोग गरेर पछि उनले लाखौं रुपैयाँ ठगी गर्न सफल भए ।
लतिलपुर प्रहरी स्रोतका अनुसार युवतीलाई राजस्व अनुसन्धान विभागको अधिकृतको कार्ड बनाइदिएका थिए । त्यही कार्ड देखाएर युवतीले आफ्ना साथीहरुलाई सरकारी जागिर खाएको धाक लगाउन थालिन् । उनका साथीहरुले पनि आफुहरुलाई जागिर लगाइदिन आग्रह गरे । त्यसका लागि उनले तीनै ठगलाई भेटाइदिन् । विभिन्न बहानामा ती व्यक्तिले सरकारी जागिर लगाइदिने भन्दै एकै व्यक्तिबाट २५ लाख रुपैयाँसम्म ठगी गरे । त्यसरी विभिन्न बहानामा एक दर्जन भन्दा धेरै व्यक्तिलाई ठगी गरेको खुलेको छ । ठगी गर्न युवतीलाई सम्पर्क व्यक्तिको रुपमा प्रयोग गरिएको थियो । युवतीसँगै कलेजमा पढ्नेहरु समेत सरकारी जागिरको प्रलोभनमा ठगिएका छन् । ठगी गरेपछि ती व्यक्ति युवतीलाई छाडेर फरार भइसकेका छन् । युवती चाही प्रहरी खोरमा परेकी छन् ।
ठगहरुले यसरी धेरै युवतीहरुलाई प्रयोग गर्दै आएका छन् । जडिबुटीको कारोबारको बहानामा ५० लाख रुपैयाँ ठगी गर्ने इन्दिरा रिमाललाई महानगरीय अपराध महाशाखाले गत महिना मात्र पक्राउ गरेको थियो । अर्काको करा बन्धक बनाई ऋण दिएर पछि घर नै कब्जा गर्ने पुष्पा दाहाललाई पनि महाशाखाले गत जेठ २४ गते पक्राउ गरेको थियो । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply