काठमाडौँ, बैशाख १९– मुलुकले भूकम्पका झट्का महसुस गर्नेक्रम बढिरहेको छ । आज बिहान ३ः५५ देखि ११ः३० बजेसम्ममा चारपटक पराकम्पन भएको छ ।
गोरखा र लमजुङको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ११।३० मा ५।१ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि सिन्धुपाल्चोकलाई दुईपटक र दोलखालाई एकपटक केन्द्रबिन्दु बनाएर भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । रासस



No comments